Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके कांग्रेसको निर्वाचनमा संस्थापनबाट हमाललाई उम्मेदवार बनाउने तयारी
बाँके कांग्रेसको निर्वाचनमा संस्थापनबाट हमाललाई उम्मेदवार बनाउने तयारी
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस १६, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन(शेरबहादुर देउवा) पक्षबाट सुरेन्द्र हमाललाई आधिकारीक उम्मेदवार बनाउने तयारी भएको छ । यही पुस २७ गते नेपाली कांग्रेस बाँकेको निर्वाचन हुदैछ । 

उक्त निर्वाचनका लागि देउवा पक्षबाट लुम्बिनी प्रदेशका वन, वातावरण तथा भु-संरक्षण मन्त्री समेत रहेका हमाल, बादशाह कुर्मी, निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाह आकांक्षी देखिएका छन् । संस्थापन इतर (शेखर कोइराला) पक्षबाट भने नारायणप्रसाद गौडेलले प्रचार-प्रसार नै सुरु गरिसकेका छन् ।

सभापति पदमा ६ जना आकांक्षी देखिएपछि देउवा पक्षलाई पदाधिकारी र कार्यसमिति सदस्यको प्यानल तयार गर्न सकस परिरहेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा उक्त पक्षले उम्मेदवार छनोटदेखी चुनावी रणनीति बनाउन सकिरहेको छैन । 

उच्च स्रोतका अनुसार कांग्रेस बाँकेको निर्वाचनमा संस्थापन पक्षबाट नेता हमाललाई नै आधिकारीक उम्मेदवारका रुपमा अगाडी सार्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ । ‘बाँकेको निर्वाचनका लागि देउवा पक्षबाट आधिकारिक उम्मेदवारका रुपमा सुरेन्द्र हमाललाई नै अगाडी सार्ने कुरामा पार्टी सभापति शेरबहादुर देउवाले संकेत दिइसक्नु भएको छ,’ उच्च स्रोतले भन्यो ‘अब एक/दुई दिनभित्रमा सबै कुरा फाईनल हुन्छ ।’

संस्थापन पक्षबाट जिल्ला सभापतिका अन्य सबै आकांक्षीको चित्त बुझ्ने गरी सबैलाई ब्यवस्थापन गर्ने देउवाको सोच रहेको स्रोतले बतायो । ‘अहिले जति पनि आकांक्षी छन्, उनीहरुलाई शेरबहादुर दाईले कतै न कतै ब्यवस्थापन गर्ने भन्नु भएको छ, यसमा कसैले पनि अस्वीकार गर्ने अवस्था नहोला,’ स्रोतले भन्यो । 

बाँकेको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण पनि बनाउने कोसिस भइरहेको एक नेताले सुनाए । ‘निकट भविष्यमा हुन गइरहेको स्थानीय, प्रदेश र संघिय निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा पनि छलफल भइरहेको छ, यदी त्यो सम्भव भएन भने संस्थापन पक्षबाट एउटा मात्र प्यानल बनाउने हरसम्भव प्रयास हुनेछ,’ ति नेताले भने । 

हमालको नेतृत्वमा लोकप्रिय ब्यक्तिलाई उपसभापति, सचिव र सह-सचिव तथा कार्यसमिति सदस्यको उम्मेदवार बनाएर चुनाव लडाउने उनले सुनाए । ‘हामीले प्यानल बनाउने लिष्ट लगभग तयार गरिसकेका छौं, धेरै लोकप्रिय ब्यक्ति संस्थापनको प्यानलमा अटाउँदैछन्, जसलाई आमकार्यकर्ताले राम्ररी चिन्दछन् र जिताउँनेछन् ।’ 

सभापतिका आकांक्षी एवम् वन मन्त्री हमालले आफुलाई एक वर्षअघि नै पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला चुनावको तयारीमा लाग्न वचन दिइसकेको बताएका छन् । ‘शेरबहादुर दाईले मलाई झण्डै एक वर्षअघि नै बाँकेको पार्टी सभापतिको तयारी गर्न वचन दिनु भएको हो, तर १४ औं महाधिवेशनमा उहाँ (शेरबहादुर दाई ) पनि चुनाव लड्ने भएको हुँदा उहाँलाई असर पर्ला भनेर यो कुरा मैले कतै सार्वजनिक गरेको थिएन,’ हमालले दूरसञ्चार डटकमसँग भने ‘जिल्ला सभापतिकै लागि म पार्टीको केन्द्र र प्रदेशमा नलडेको हुँ ।’ यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका संस्थापन पक्षकै कुर्मीले पनि आफुलाई पार्टी सभापति शेरबहादुर देउवाले वचन दिइसकेको कुरा पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । 

आफु काम विशेषले गर्दा अहिले जिल्ला बाहिर रहेपनि एक/दुई दिनभित्रै बाँके आएर चुनावी अभियानमा जुट्ने हमालले बताए । पार्टीमा योगदान गरेका नेता, कार्यकर्ता जोपनि उम्मेदवार हुन सक्ने भन्दै उनले संस्थापन पक्षका अन्य सबै आकांक्षीले आफुलाई सर्वसम्मत उम्मेदवार बनाउनेमा आशावादी रहेको बताए । ‘ज-जसले उम्मेदवार बन्ने आकांक्षा राख्नु भएको छ, यो कुरा स्वभाविक हो, म उहाँहरु सबैलाई सम्मान गर्छु, तर यसपटक मलाई सबै नेता, कार्यकर्ताले सहयोग गर्नुहुनेछ भन्नेमा आशावादी छु,’ उनले भने । 

को हुन् सुरेन्द्र हमाल ?

२०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले बाँकेको अन्य सबै निर्वाचन क्षेत्रमा हार बेहोर्दा पार्टीको तर्फबाट निर्वाचित हुने जिल्लाका एकमात्र सांसद थिए, सुरेन्द्र । यिनैले बाँके-२ (ख) बाट चुनाव जितेर बाँकेमा नेपाली कांग्रेसको ‘बीउ’ जोगाएका थिए । परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र ।

नेपालगन्ज-२ घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ का सहोदर भाई हुन् । भाइराजा २०३३ देखी २०४४ सालसम्म नेपाली कांग्रेस बाँकेको सभापति भएका थिए । १३ वर्षको कलिलै उमेरमा खेलकुद क्षेत्रमा प्रवेश गरेका सुरेन्द्रले खेलकुद र राजनीतिलाई सँगै अगाडी बढाए ।

पारिवारीक वातावरणका कारण उनलाई पनि राजनीतिको नशाले छोयो । नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट उनी प्रभावित भए । ‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गिय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, मैले खेलकुद र राजनीतिलाई सँग-सँगै अगाडी बढाए,’ हमाल सम्झन्छन् ।

२०३५ सालको बिद्यार्थी आन्दोलनले झनै उनलाई राजनीतिमा डोर्यायो । बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सचिव हुदै सभापति भएका थिए । २०३७ सालमा म.ब. क्याम्पसको पहिलो सचिव र त्यसपछि २०४१ मा स्ववियु सभापति भएका थिए, उनी ।  

२०४४ सालमा युवराज शर्मा नेतृत्वको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा उनी सदस्य भएका थिए । २०४४ सालमै पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे, तर वडाअध्यक्ष हारेका थिए । त्यसपछि युवक संगठनको सभापति जितेर नगर पञ्चायतको सदस्य भए ।

‘पार्टीले खटाएपछि म वडाको चुनाव लडे, वर्गिय संगठनको चुनाव लडे, युवक संगठनको नगर सभापति भए,’ हमालले भने ‘पढेर जागिर खानुभन्दा पनि राजनीतिलाई सेवकको रुपमा अगाडी बढाउन म अग्रसर भएको हुँ ।’ २०५१ सालतिर कांग्रेस जिल्ला कार्यसमितिको उनी कोषाध्यक्ष भएका थिए । पार्टीले टिकट दिएपछि नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए । उनले २०४९ देखी २०५४ सम्म उपमेयर भएर काम गरेका थिए । गत असोजमा हमाल लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भु-संरक्षण मन्त्रीमा नियुक्त भएका हुन् । 

खेलकुदमा संघर्ष :
हमालले खेलकुद क्षेत्रमा पनि धेरै नै संघर्ष गरे । परिणाम स्वरुप उनी ओलम्पियन बन्न सफल भए । उनी २०३२ सालमा खेलुकुद क्षेत्रमा छिरेका हुन् । सोही वर्ष पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा उनले सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएका हमालको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको रुची भारत्तोलन खेलतिर गयो ।

प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान २०४१ मा वेष्ट लिफ्टर भए । सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप २०४१ मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए ।

हमालले २०४५ देखि २०४८ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल ल्याएका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद सन् १९८२, लास्एन्जेल्स ओलम्पिक सन् १९८४ र एशियन गेम बेजिङ सन् १९९० मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि प्राप्त गरेका थिए ।

२०४८ सालमा नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगिता खेलेर उनले खेलबाट शन्यास लिए । ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडे, तर खेलकुदको विकासका लागि व्यवस्थापकिय रुपमा सहभागी हुदै आएको छु,’ उनले भने । हमाल राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भएका थिए ।

राखेप कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गरे । आफ्नो कार्यकालमा पश्चिम क्षेत्रको खेलकुद पुर्वाधार जोड्न आवश्यक पहल गरेका थिए । उनकै सक्रियतामा नेपालगन्ज रंगशाला क्षेत्रमा भारत्तोलन एकेडमी निर्माण भएको छ । ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि निस्वार्थ रुपले लड्नुपर्छ भन्ने मेरो मान्यता हो,’ हमाल भन्छन् ।

हमालले क्यान्सर जस्तो रोगलाई समेत जित्न सफल भएका थिए । क्यान्सरको लामो उपचारपछि उनी पूर्ण रुपले निको भएका थिए । जसका कारण उनी शारिरीक, आर्थिक, मानसिक रुपले पीडित बन्न पुगे । आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात बाँच्न सफल भएका ब्यक्ति हुन् ।

विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘मलाई क्यान्सर लागेपनि सबैको माया, सद्भाव प्रेम पाएर मैले जित्न सफल भएको हुँ ।’ हमाल यस्तो व्यक्ति हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा पनि लेखिसकेका छन् ।


प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्