Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, जेठ ५, २०८१

नेपालगन्ज : नेकपा (एमाले) बाँकेको जिल्ला अधिवेशन चलिरहेको छ । अधिवेशन सुरु भएसँगै एमाले बाँकेमा चहलपहल ब्यापक बढेको छ नै पदाधिकारी र जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ ।

पदाधिकारी, जिल्ला कमिटी सदस्य र विभिन्न आयोगका लागि उम्मेदवारी घोषणा गर्नेले जिल्ला प्रतिनिधिसँग भेटघाट गरि रिझाउन ब्यस्त देखिन्छन् । आफूलाई पदाधिकारीमा चयन गरे पार्टी, कार्यकर्ता र आमजनताका लागि गर्ने कामको योजना सार्वजनिक गर्ने काम पनि आकांक्षीले गरिरहेका छन ।

अधिकांशले सतही रुपमा आफ्नो योजना सार्वजनिक गरिरहेका बेला उप-सचिव पदका बलियो मानिएका यूवा नेता किशोर थापाले सिंगो पार्टी र एमालेमा आवद्ध सहकर्मीका लागि गर्बिलो आधार सार्वजनिक गरेका छन् । उनले मिसन २०८४ लाई आत्मसाथ गरि ‘समृद्ध बाँके, सुखी बाँकेबासी’ मा जोड दिएका छन ।

बाँकेमा एमालेलाई एक नम्बरको पार्टी बनाउन रातदिन खटिने प्रतिवद्धतासहित उनले खुला नाकाका कारण बाँकेबासीले भोग्दै आएको समस्यालाई सहज बनाउन राजनीतिक दलहरुसँग समन्वय गर्ने जनाएका छन । पार्टीले दिएको जिम्मेवारी सहज रुपमा पूरा गर्ने क्षमता भएका किशोरले हरेक दुख, सुखमा नेता, कार्यकर्तालाई सघाउने स्पष्ट पारेका छन ।

पार्टीको जिम्मेवारी पाएपछि जनता माझ नजाने, पार्टीभन्दा आफ्नो लागि गर्ने र जनताका कुरा नसुन्ने प्रबृत्तिको अन्त्य गर्ने उद्घोष गर्दै उनले ‘एमालेसँग जनता’ अभियान चलाउने बताएका छन । ‘बर्खामा मात्र उम्रिने च्याउ जस्तै अधिवेशनका बेलामात्र पार्टी कार्यालय र जनता माझ जाने प्रबृत्ति अन्त्य गरि दिनमा ८ घण्टा पार्टी र जनताको काममा खटिने सिस्टम बसाल्ने योजनाका साथ उप-सचिवमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने, ‘म अहिले पनि अधिकांश समय पार्टी र जनताको काममा बिताउँछु । उप-सचिवको जिम्मेवारी पाएँ भने पार्टीलाई बलियो बनाउन दिनरात नभनी काममा खटिने छु ।’

पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउन प्रविधिको विकास गर्ने योजना पनि उनले बनाएका छन । ‘पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउने प्रविधिको विकास मैले मेरो कार्यकालमा गर्ने छु,’ उनले भने । किशोर थापा एमालेका नेता, कार्यकर्ता माझ लोकप्रिय छन । यूवा पुस्तालाई रोजगारमा लाग्न प्रेरणा दिने उनी समस्यामा परेकालाई दिल खोलेर सहयोग गर्छन ।

आफ्ना नेता, कार्यकर्तालाई जोगाउन जुनसुकै परिस्थितिको सामना गर्न उनी पछाडी हट्दैनन । उनले एमालेका यूवा पुस्ताको समस्यालाई नजिकबाट नियालेका छन । उनले यूवा पुस्तालाई आवश्यक परेको बेलामात्र प्रयोग गर्ने परिपाटीको अन्त्य गर्न आफूले उप-सचिवमा उम्मेदवारी घोषणा गरेको बताउँछन ।

थापा भन्छन, ‘हाम्रो पार्टी एमालेमा यूवाको ठूलो जमात छ, तर यूवा पुस्तालाई आवश्यक परेको बेला मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गर्ने परिपाटी छ । यसको अन्त्य गर्ने आवाज मैले पहिले पनि उठाउँदै आएको छु । उप-सचिवको जिम्मेवारी पाएँ भने यूवालाई स्वरोजगार बनाउने र यूवाको समस्या सुल्झाउने अभियान थाल्नेछु । यूवाको हरेक समस्यामा साथ दिने र यूवालाई सक्रिय बनाउँदै पार्टीसँग जोड्ने पुलको काम मैले गर्ने छु ।’ 

कम बोल्ने स्वभावका किशोर अध्ययनशिल पनि उत्तिकै छन । फुर्सदको समयमा विभिन्न थरिका पुस्तक पढेर ज्ञान आर्जन गर्ने उनको बानी छ । कम बोलेर धेरै काम गर्न सक्ने उनको स्वभावले यूवा पुस्तामा उनले राम्रो दखल बनाएका छन । ‘मलाई धेरैथरिका कुरा गर्न आउँदैन, म कम बोलेर धेरै काम गर्न चाहन्छु । मलाई कम बोल्छ भन्ने आरोप लगाउने पनि गरिन्छ, तर त्यस्तो होइन, कम बोलेर धेरै काम गर्ने मेरो बानी छ, मेरो बानीलाई सबैले बुझिदिनु होला,’ उनले भने ।

एमाले बाँकेको सचिवालय सदस्य थापाले राष्ट्रिय यूवा संघको केन्द्रिय सदस्य भई कुशलताका साथ जिम्मेवारी पूरा गरिसकेका छन । राष्ट्रिय यूवा संघको जिल्ला कमिटी सदस्यबाट एमालेको राजनीति थालेका उनी यूवा संघ बाँकेको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, बाँके जिल्ला इन्चार्ज लगायत भूमिका निभाइसकेका छन । किशोरसँग पाएको जिम्मेवारी पूरा गर्ने क्षमता, दक्षता र कुशलता छ ।आन्दोलनको कापबाट राजनीतिमा उदायका उनीसँग राजनीतिसँगै कुटनीति छ ।

शान्त, भद्र स्वभाव भएका किशोर कहिलै रिसाउँदैनन । जस्तोसुकै असहज परिस्थितिमा पनि सहज रुपमा प्रस्तुत हुने उनी यूवा पुस्तामा लोकप्रिय छन नै पार्टीमा पनि बलियो पकड बनाएका छन । सबैको भलो चिताउने उनी सहयोगी छन । स्वभाब नम्र छ । आफूभन्दा सानालाई औधि माया गर्ने किशोर आफूभन्दा ठुलालाई शिर झुकाएर सम्मान गर्छन ।

राजनीतिलाई समाज सेवाको रुपमा लिएर मैदानमा उत्रिएका उनले राजनीतिबाट फाइदा कहिलै लिएका छैनन । सबैमाझ लोकप्रिय किशोर थापा एमाले बाँकेको आसन्न ९ औँ अधिवेशनमा उप-सचिव पदमा उम्मेदवारी दिने घोषणा गरि प्रतिनिधिसँगको भेटघाटलाई तीब्र पारेका छन । नेता, कार्यकर्ताको हितमा ज्यान दिन तयार हुने किशोरसँग विवाद सुल्झाउने, प्रहरी, प्रशासनसँग कुरा गर्ने कौशलता पनि उत्तिकै छ । उनीसँग राजनीतिक संस्कार छ । उनले भने, ‘मैले राजनीतिलाई सदैव समाज सेवाको रुपमा लिएको छु र लिइरहने छु । पार्टीको शिर सदैव उच्च राख्ने प्रण गर्दछु ।’ 


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना मंगलबार, कात्तिक २२, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्