Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट 
अर्जुन ओली
अर्जुन ओली बुधबार, कात्तिक ३०, २०७९

नेपालगन्ज : दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको सह-महामन्त्रीको पदमापुग्न सफल भए । 

अहिले उनी बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार भएका छन् । यसअघि उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । किशोर यो ठाउँसम्म सजिलै पुगेका होइनन् । ‘अनेक थरी उतार चढाव भोग्नु पर्यो । सोचेजस्तो सधैं कहाँ हुन्छ र ?, आफ्ना बारे किशोर भन्छन्, ‘साढे तीन दशक निरन्तर लागेर बल्ल अहिलेको ठाउँ बनाउन सकेको छु ।’

२०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जन्मेका किशोरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरे । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो ।

‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन् । त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण किशोर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सचिवमा निर्वाचित भए । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए । लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह-महामन्त्रीर २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर उनले संगठनको नेतृत्व सम्हाले । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नं. २ लाई केन्द्र विन्दुमा राखी राजनीति गरिरहेका थिए । 

Kishor_Arjun1668603119.jpg

आफ्नो घर नेपालगञ्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाउने मन्सुबा राख्दै किशोर २०५८ तिर त्यता सक्रिय भए । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’उनी भन्छन् ‘एक जनाले एउटामात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।’

नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका किशोरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्ण थियो ।  सरकार-माओवादी द्वन्द्वकालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांग्रेसले सांगठनिक काम गर्न सक्ने अवस्था सहज थिएन पनि । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन किशोर प्रयत्नशील रहे ।

जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । काँग्रेसले किशोरलाई पनि समानुपातिक उम्मेदवार बनायो । 

पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ नै उम्मेदवार बनाउँदा किशोरका निम्ति परिणाम प्रतिकूल रह्यो । २०७४ सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सांसदमा चयन भएका किशोरले बर्दियासँगै बाँकेको विकास-निर्माण गतिविधि र पार्टी संगठनका विषयमा चासो लिंदै आवश्यक भूमिका गरिरहे ।

गतवर्ष सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट सह-महामन्त्री पदमा निर्वाचित किशोरलाई आसन्न मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि काँग्रेसले बाँके क्षेत्र नं. ३ बाट अवसर दिएको छ । किशोरको उम्मेदवारीबाट बाँकेलाई अभिभावक मिलेको महसुस गरिरहेका स्थानीय उत्साहित देखिएका छन् । 

बाँके क्षेत्र नं. ३ मा चुनाव लड्ने निश्चित भएपछि उनीविरुद्ध विपक्षीले ‘टुरिष्ट उम्मेदवार’ भन्दै अनर्गल प्रचारबाजी गरे । तर, आफुविरुद्ध गरिएको प्रचारबाजीलाई चिर्न किशोर सफल भए । ‘पुख्र्यौली घर सल्यान भएपनि बुवाले ६० वर्ष अगाडी नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौंमा घर बनाउनु भएको थियो, मेरा विषयमा थाहा नै नपाएकालाई के दोष दिनु र हैन ?, हाँस्दै उनी भन्छन् ‘म बाँकेबासी भएपनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले ब्यापार ब्यवसाय गर्थें होला । तर, सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीति तर्फ डोरिएँ ।’

व्यक्तिगत केही स्वार्थ भन्दापनि मुलुक र जनताका लागि आफुले राजनीति गरेको धारणा राख्ने किशोर अहिले सोचेजस्तो राजनीति नभइरहेको बताउँछन् । ‘राजनीति भनेको प्राप्त गर्ने कुरा जस्तोमात्र भएको देखिएको छ, ‘उनी भन्छन्, राजनीति त एक किसिमको सामाजिक सेवा हो भन्ने मान्यता स्थापित हुनुपर्ने थियो ।’

Kishor Sing Rathaur1668011667.jpg

बाँके क्षेत्र नं. ३ बाट चुनाव लड्दै गर्दा बाँकेबासीले आफुबाट ठुलो अपेक्षा गरेको किशोरको बुझाइ छ । ‘म बाँकेबासी भएपनि सुशील दाई र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले  गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं. ३ बाट पार्टीले अवसर दिएकोलाई एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आएको छु,’ उनी भन्छन्, ‘अब यही जिल्लाबाट निर्माण विकासका काम गर्ने सोच बनाएको छु, सुशील दाईको अभाव साथीहरुलाई महसुस नहुने गरि अब बाँके जिल्लाको लागि अभिभावकीय भूमिका निभाउँछु, सुशील दाईको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाईभर्सन जस्ता ठुला योजनालाई अगाडी बढाउने र परम्परागत भन्दा निर्माण-विकासतर्फ केही नयाँ गरि देखाउने अठोट लिएको छु ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्