Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन १, २०८२

नेपालगन्ज : छोटो समयमा चर्चा कमाएका नेता मध्ये कमरुद्दिन राई पनि एउटा हुुन् । बोलीमा मिठास अनि जनताको काममा निरन्तर खटिएकै कारण उनी सबैको मन, मस्तिष्कमा बस्न सफल भएका हुन् । बि.सं. २०३४ सालमा नेपालगन्जमा जन्मिएका कमरुद्दिन सरल स्वभावका मात्र नभई असत्यका बिरुद्ध खरो रुपमा उत्रिन्छन् ।

'हुने बिरुवाको चिल्लो पात' भने झैं उनी सानै उमेरदेखी समाजसेवामा लागे । उनी १९ बर्षको उमेरदेखि नै राजनीति सुरु गरे, तर पद र शक्तिको लालच कहिल्यै गरेनन् । लामो समय राजनीति गरे पनि उनी पदभन्दा सेवालाई प्राथमिकतामा राखेर काम गरे । ‘मलाई पदभन्दा बाहिर बसेर जनताको सेवा गर्न औधि रुची लाग्छ,’ उनले भने । पदमा नहुँदा जनताको सेवामा केही समस्या हुने बुझेका उनी अहिले जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सचिवको जिम्मेवारीमा छन् ।

उनी अहिले गरिव, निमुखा जनताको अधिकार स्थापित गर्ने सपना बोकेर संघीय सांसदको चुनावी प्रतिस्पर्धामा छन् । ‘नीति बनाउने ठाउँमा पुग्ने बित्तिकै मधेसी, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृति समुदायको अधिकार स्थापित गराउन लाग्छु,’ उनले भने । उनी जिल्ला अध्यक्ष भएका बेला २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा जसपा नेपालका उम्मेदवार विजयी भएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवारले सम्मानजनक जित हासिल गरेका थिए ।

उनी नेपालगन्जमा मात्रै नभैइ समग्र बाँके जिल्लामा एउटा परिचित नाम अनि युवाहरुको रोजाईमा पर्न सफल भएका छन् । ‘मैले अरुको लागि धेरै गरे । अझ धेरै गर्न बाँकी छ । यो ज्यान रहँदासम्म गरिरहन्छु,’ उनले भने । उनी नामका लागि नभई कामका लागि पनि उत्तिकै खारिएका नेता हुन् । ‘म नेता नभई जनताको सेवक भन्न रुचाउँछु,’ उनले भने । दुई दशक बढी समय राजनीतिक यात्राको संघर्षपछि उनी नेपालगन्जको उप-मेयरमा विजयी भए ।

उनी उपमेयरमा विजयी भएपछि पनि पदको घमण्ड कहिलै गरेनन् । गरिव होस् या अमिर सबैलाई समान व्यवहार गरेका उनी निकट र बिकटको व्यवहार देखाएनन् । ‘उपमेयर हुँदा कमरुद्धिन राईले कहिलै काखा पाखा गरेको देखेनौ,’ नेपालगन्ज-२० का शिवकुमार बर्माले भने । उनको शालिन व्यवहारले अन्य पार्टीमा आस्था राख्ने र फरक बिचार भएकाहरुले पनि साथ दिएका छन् ।

नेपालगन्जको विकास र सेवामा प्रत्यक्ष जोडिएका राईले मुस्लिम समुदाय मात्र नभई समग्र बाँके क्षेत्र नम्बर २ को विकासमा होमिने योजना बनाएका छन् । उनको प्राथमिकतामा जहिले पनि महिला, बालबालिका युवा अनि उनीहरुले पाउने शिक्षाको विषय नै रह्यो । यसका साथै राज्यद्वारा पछाडि पारिएका समुदायको अधिकारको विषय नै उनको राजनीतिक जीवनको एउटा अभिन्न अंग बनेको छ । ‘जनताको काममा दिन रात खटिने छु । चुनावी नारा अनि प्रतिवद्धतालाई पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैनन्,’ उनले भने ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्