Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' !
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक २८, २०७९

बाँके : नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज (अथक) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चित्रण गर्ने गरीन्छ । शान्त तर विकासशिल चेत भएका गहतराज अर्थात वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट पुन दोहोरीने तयारीमा छन ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाम-लोकतान्त्रीक गठबन्धनबाट साझा उम्मेदवारी दिएका अथकलाई जिल्लावासीले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन । बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अथकले पछिल्लो पाँच वर्षको अवधिमा बिकासशिल नेताका रुपमा आम मतदातामाझ आफ्नो छबी स्थापित गर्न सफल भएका छन । 

पहिलो पटक निर्वाचित भएलगत्तै थुप्रै दिर्घकालिन महत्वका योजनालाई अगाडी बढाएकै कारण उनको चर्चा जिल्लाभरी नै छ । बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनको जित निश्चित जस्तै रहेको स्थानियको भनाई छ । 

राप्तीसोनारी ६ का रामप्रसाद थारुले २०७४ सालमा उम्मेदवार हुँदा अथकको हो, भनेर चिनाउनु परेपनि अब अथक बारे सबै जनता जानकार रहेको प्रतिक्रिया दिए ।

सँसदका रुपमा अथकले राप्तीसोनारी र नरैनापुरमा विद्युत विस्तार गर्न सफल भएका अथकले राप्ती नदिमा पक्कि तटबन्धसँगै त्यस क्षेत्रमा ब्यापक सडक संजाल बिस्तार गरेको थारु बताउँछन । राप्तीसोनारी र नरैनापुरलाई जोड्ने उत्तर-दक्षिण र पुर्व-पश्चिम तर्फका दर्जनौं बाटो निर्माण गरेर अथकले पछिललो पाँच वर्षमा बिकासको जग तयार पारेको उनको भनाई छ ।

पाँच वर्ष पहिले राप्ती सोनारीका जनतालाई बिरामी भए अस्पताल पु¥याउन नसकेर घरमै मृत्यु हुने हो की ? भन्ने चिन्ता थियो । तर अथकको कार्यकालमा सडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल गाँउमै बनेपछि आधा घन्टा भित्र अस्पताल पुग्न सकिने अवस्था सृजना भएको उनको भनाई छ ।

अथक साँसद र मन्त्री भई सकेपछि हुलाकी सडकको काम सम्पन्न भएको, राप्ती सोनारीको मेहमानपुर देखी अगैया जोड्ने सडक निर्माण भएको, नरैनापुरलाई महेन्द्र राजमार्गसँग जोड्न नरैनापुर देखि अगैयासम्म ट्रयाक खोलिएको लगाएत सडक संजाल बिस्तारको अभियानलाई प्राथमिकताको साथ अगाडी बढाईएको थारुले बताए ।

यसैगरी अगैया देखि राप्तीसोनारीको मध्यभाग हुँदै राँझा बिमानस्थल र त्यहाँदेखी बर्दियाको बढैयाताल हुँदै राजपुरसम्म पुग्ने सडक निर्माण कार्य समेत अथककै पहलमा सुरु भएको थारुले बताए । सदियौं देखि दुर्गम क्षेत्रेको रुपमा रहेको नरैनापुरलाई अथकले नै सुगम क्षेत्रका रुपमा परिणत गरिदिएको नरैनापुर १ का मोलेह यादव बताउँछन ।

आफुहरुले पहिलो पटक बिकासको चाहना भएको नेता पाएको बताउदै उनले बिगतमा समेत उक्त निर्वाचन क्षेत्रले साँसद र मन्त्री पाएपनि अथक निर्वाचित भएपछि मात्र नरैनापुरको मुहार फेरीएको बताए । पोल गाडेको ३० वर्ष पछि अथककै पहलमा गाँउमा बिद्युुत पुग्दा आफुहरु दङ्ग भएको उनको भनाई छ । विद्युत पुगेसँगै नरैनापुरमा कृषि उत्पादन बढ्नुका साथै साना तथा घरेलु उद्योगहरु समेत स्थापना हुने क्रम बढेको उनी बताउँछन ।

“विद्युत नहुँदा गाँउमा सामान्य उद्योग खोल्न पनि गाह्रो थियो” उनले भने “विद्युतको सहज पहुँच भएदेखी गाँउमै उद्योग कलकारखाना खोल्ने क्रम बढ्दै गएको छ ।” विद्युतको उपलब्धताले धारामा मोटर जडान गरेर तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ । सरकारले यस क्षेत्रका कृषकहरुकालागि डिप बोरिङको ब्यवस्था गरीदिए बाह्रै महिना कृषि उत्पादन गर्न सकिने यादव बताउँछन ।

साँसद अथकले सुख्खा क्षेत्रकालागी दर्जनौ डिप बोरीङ गाड्ने योजनाहरु आगाडी सारेको बताउँदै यादवले पुर्बी नरहको काम पनि अथककै योजनामा अगाडी बढेको बताए । नरैनापुर ६ मा उच्च शिक्षा अध्ययन गर्दै आएका स्थानिय रामशंकर धोबिले अथक साँसद भएपछि आफुहरुले रहर लाग्दा बिद्यालय भवन र प्राबिधीक धारको शिक्षा अध्ययन गर्न पाएको बताउँछन ।

उनले भने “यस क्षेत्रका जिर्ण बिद्यालय भवनलाई अथकले पक्कि भवनमा परिणत गरीदिनुभएको छ ।” अथकले शिक्षा क्षेत्र परिर्वतका लगी ठुलो जग बसालेको उनको भनाई छ । उनले यस क्षेत्रकालागी अथक निर्बिकल्प उम्मेदवार भएको बताए । पहिलो कार्यकालमा ठुला र दिर्घकालीन महत्वका योजना अगाडी सारेका अथकको आगमी कार्यकालमा यस क्षेत्रले मुहार फेर्नेमा आफु विश्वस्त रहेको उनले बताए । 

अथककै पहलमा बाँके क्षेत्र नं. १ मा टिनको छानो रहित बिद्यालय बनाउने अभियान द्रुत गतिमा अगाडी बढेको छ । अथकले पुर्वाधार बिकास कार्यक्रमको अधिकाशं बजेट शिक्षा क्षेत्रमा लगानी गरेका छन । कोहलपुर क्षेत्र नं १ मा अथकले झण्डै २ सय बिद्यालयको पक्कि कक्षा कोठा निर्माण गराएका छन । जसबाट त्यस क्षेत्रका झण्डैं ८ हजार बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन ।

उनको पहलमा यस क्षेत्रका ४ विद्यालयमा प्राबिधीकधारको पढाईको सुरु भएको छ । नरैनापुरको जय किसान मा.वि., कोहलपुरको लक्ष्मी मा.वि. र ज्ञानज्योती मा.वि. र राप्तीसोनारीको लक्ष्मी मा.वि.मा अहिले प्राबिधीक धारका कक्षाहरु संचालन भईरहेका छन । केन्द्रिय सरकारको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत साँसद अथककै पहलमा कोहलपुर १३ भरैयामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय छनौट भएको छ । 

खेलकुद मन्त्री भईसकेपछि अथकले कोहलपुरमा महिला क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । कोहलपुर ११ मा निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडमिको काम अगाडी बढेको छ । डिपिआर सम्पन्न भएको छ भने जग्गाको भोगाधिकारको काम सम्पन्न भएसँगैै निर्माण प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ ।

उनकै पहलमा कोहलपुर २ मा कवर्डहल र फुटबल एकेडेमी निर्माणको प्रक्रिया सुरु भएको छ भने कोहलपुरमा आधुनिक सिटीहल निर्माण गर्ने अथकको योजना छ । नेपालगंज रंगशालाको क्षमता बिकास, सेन्थेटीक ट्रयाक निर्माण, फल्ड लाईट जडान गर्ने योजना समेत टेण्डर प्रक्रियामा छ ।

कोहलपुरलाई ट्रन्जीट आधुनिक शहर, राप्ती सोनारी र नरैनापुरलाई कृर्षि र पर्यटनको हवको रुपमा बिकास गर्ने उनको सोच छ । बिकास पहुँचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका अथक साँसद भईसके पश्चात हरेक महिना आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न आउनले नियम नै बनाएका थिए ।

महिनामा २ पटक अनिर्वाय आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने उनि सरल स्वभावका नेता हुन । स्थानिय स्तरका ठुला तथा साना र सार्वजनिक महत्वका विषयमा संसदलाई सधैं ध्यानाकर्षण गराउने अथकले आफ्नो पाँच वर्षिय कार्यकालमा सार्वजनिक महत्वको विषयमा ३७ पटक संसदमा कुरा उठाएका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २२:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्