Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक ३०, २०७९

नेपालगन्ज : उनले राजनीति सुरु गर्दा बोल्नकै लागि लड्नुपर्ने अवस्था थियो । प्रशासनबाट आमालाई धम्की आइरहन्थ्यो, ‘पन्चायतविरुद्धका गतिविधि छोडिनस् भने श्रीमान्को जागिर जान्छ !’ बाँके क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार सुदीप नरसिंह राणा (रवि) भन्छन्, ‘केही आफन्त, शुभचिन्तकले पनि सचेत गराउँथे, तर आमा डराउनुभएन । पन्चायतविरुद्धको आन्दोलनमा सरीक हुन महिलाहरुलाई संगठित गर्न सक्रिय भइरहनुभयो ।’ 

३० वर्षदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय सुदीप जनप्रतिनिधिका रुपमा पहिलो पटक आफ्नो लागि जनतासँग मत माग्दै निर्वाचनमा होमिएका छन् । ‘यसअघिका हरेक चुनावमा अवसर पाएका अरु नेता, साथीहरुका निम्ति मत माग्दै हिँडियो, यसपालि आफ्नो  निम्ति मत माग्दै हिँड्दा राम्रै साथ पाइएको छ, ‘उत्साहित सुदीप भन्छन् । २१ वर्षको युवा उमेरमा औपचारिकरुपमै राजनीतिमा जोडिइ सकेका सुदीपको छवि पार्टीभित्र एक प्रतिबद्ध, निष्ठावान, इमानदार र धैर्यता भएका नेताका रुपमा रहेको छ । 

औपचारिकरुपमा राजनीतिमा २१ वर्षको उमेरमा जोडिएपनि राजनीति आफ्नो रगतमै रहेको सुदीप बताउँछन् । समाजसेवीका रुपमा परिचित आमा कमल राणा पन्चायतकालमा बहुदलको पक्षमा महिलाहरुलाई संगठित गर्ने भूमिका गरिरहेकी थिइन् । तत्कालीन समयमा राजनीतिमा सक्रिय गन्तीका महिलामा कमल पर्थिन् । कोलेनिकाका हाकिम बुवा सुदर्शन नरसिंहको जागिरका सिलसिलामा ठाउँ-ठाउँमा सरुवा भइरहन्थ्यो । तर, आमा भने अधिकतम नेपालगन्जमै  बस्ने हुनाले राजनीतिमा सक्रिय महिलाहरुको जमघट राणा निवासमा हुने गर्दथ्यो । 

सुदीप १२, १३ वर्षको उमेर छँदा उनका दाई सुनिल नरसिंह राणा नेविसंघ बाँकेको सभापति भइसकेका थिए । घरमा जम्मा भएर राजनीतिक चर्चा गरिरहने आमा र आमाका साथीहरुका कुरा सुनेर सुदीपलाई पनि तत्कालीन राजनीतिक परिवेशका बारेमा बुझ्ने अवसर मिल्यो । त्यही कारणले पनि सानै उमेरदेखि उनको मन-मस्तिष्कमा ‘पन्चायत गलत र बहुदल ठिक’ भन्ने बुझाइ गहिरिएर बस्यो ।

‘जानीनजानी स्कुलिङ भएझै  भयो, सुदीप भन्छन्, ‘आमाको त्यो राजनीतिक सक्रियता र उहाँको लगाव साथै ठूल्दाई सुनिलको राजनीतिक संलग्नताले प्रभावित बनाएरै हुनुपर्छ, किशोर उमेरमै कांग्रेसप्रति आकर्षण आफै हुँदै गयो ।’ उसोत सुदीपका माइला दाइ सुभाष (अनिल) पनि कांग्रेस राजनीतिमै संलग्न छन् । 

Sudip Rana_Banke 21667732246.JPG

सुदीपको पढाई भने एउटै विद्यालयमा हुन पाएन । एसएलसी परीक्षा काठमाडौंबाट दिएका उनले त्यस अघि फरक-फरक समय गरी नेपालगन्जका नारायण, महेन्द्र र एमपी स्कुलमा पनि अध्ययन गरे । एसएलसी उत्तीर्ण भएपछि उनी उच्च अध्ययनका लागि काठमाडौं गए ।

‘२०४२ सालतिर हो, मैले नेपाली कांग्रेस पार्टीको औपचारिक सदस्यता लिएको, ‘मुसुक्क हाँस्दै सुदीप भन्छन्, ‘२१ वर्षे युवकले पार्टीको सदस्यता लिँदा त्यतिबेला धेरै ठूला सपना थिएनन्, ख्ला रुपले तत्कालीन व्यवस्थाका विषयमा वा नेताहरुका विषयमा टीकाटिप्पणी गर्नेलाई अराष्ट्रिय तत्वमा गन्ती गर्ने गरिएको सुन्दा  बोल्न नै नपाउने कस्तो देश हो भन्ने लाग्थ्यो । आमाहरुलाई बेलाबखत प्रशासनका तर्फबाट  धम्क्याइएको पनि सुनिन्थ्यो । अनि त्यतिबेला पन्चायत नढालेसम्म यस्तै अवस्था रहन्छ भन्थे सबैले । मेरो सपना पनि त्यही भयो– पन्चायत ढलोस् र कमसेकम बोल्न त पाइयोस् ।’

यसरी बोल्ने अधिकारको सपनाबाट सुरु भएको उनको राजनीतिक यात्रा पन्चायत ढाल्नेदेखि गणतन्त्र र संघीयता स्थापना गर्नेसम्मका राजनीतिक परिवर्तनहरुमा निरन्तर रह्यो । ३० वर्षको अवधिमा उनले नेपाली कांग्रेसको संगठन निर्माणमा विभिन्न पदीय भूमिकामा रही सक्रिय योगदान दिए । मनोविज्ञानमा प्रमाणपत्र तहसम्म अध्ययन गरेका राणाले २०४९ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सघंको नेपालगन्ज नगर अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको बाँके जिल्ला अध्यक्ष हुँदै तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । 

२०६६ सालमा नेपाली कांग्रेस बाँकेको जिल्ला सह-सचिव रहेर पनि उनले कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् । ‘संगठन विस्तार र जनताको घरदैलोमा जाने क्रममा बाँकेको कुनै यस्तो गाउँ सायदै होला, जहाँ म पुगेको छैन’ सुदीप भन्छन् । तीन दशकको अवधिमा पार्टी तथा कार्यकर्ताले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका सुदीपले अवसरकै लागि हतार र मरिहत्ते गरेनन् । त्यसका पछाडि सुशील कोइरालाको एक अर्तिलाई सम्झिन्छन् उनी ।

उनलाई एक मौकामा सुशीलले भनेका थिए, ‘हेर राजनीतिमा हतार नगर्नु ।  भविष्य तिमीहरुको काँधमा आउँदै छ । त्यसका लागि तयारी गर्नु । आफूलाई निखार्नु । ताकि जिम्मेवारी आएको बेला कुशलतापूर्वक निभाउन सकियोस्  ।’ कोइरालाको त्यही भनाईलाई हृदयंगम गर्दै संगठन निर्माणमा खटिइरहने उनले केही निर्वाचनमा आफ्नो दाबेदारी प्रस्तुत गरेपनि अवसर नपाएपछि असन्तुष्ट भएर बसेनन् । निर्वाचनमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै रहन्थे ।

यसपटक पार्टीले सुदीपलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उनी भन्छन्, ‘कांग्रेसमा अरु पार्टीजस्तो कुनै व्यक्तिले म उम्मेदवार हुँ भनेर घोषणामात्र गरेर पुग्दैन । पार्टीभित्र पनि स्वच्छ प्रतिस्पर्धा हुन्छ । छनोटमा परेकामध्ये योग्य, उपयुक्त कुनै एकले टिकट पाउँछ । जसले टिकट पाउँछ, उसमा क्षमता छ भन्ने बुझ्दा हुन्छ ।’  

बोल्ने स्वतन्त्रतासहितको व्यवस्थाको सपना बोकेर राजनीतिक क्षेत्रमा पाइला चालेका सुदीप अहिले जनताको अवस्था परिवर्तन गर्नुपर्ने राजनीतिको मुख्य कार्यभार रहेको बताउँछन् । भन्छन्, ‘मैले यहाँका हरेक घरको कथा बुझेको छु । म हावामा महल बनाउने कुरा गर्दिनँ । गरिब जनताको झुपडी हेरेर योजना बनाउनेछु र त्यसका लागि लड्न दृढ संकल्पित छु ।’

यो पनि पढ्नुस् :

‘काँग्रेस कार्यकर्ताबाट इमान्दारिता भएमा चुनाव जित्नेमा विश्वस्त छु’


प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्