Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • ‘काँग्रेस कार्यकर्ताबाट इमान्दारिता भएमा चुनाव जित्नेमा विश्वस्त छु’ 
‘काँग्रेस कार्यकर्ताबाट इमान्दारिता भएमा चुनाव जित्नेमा विश्वस्त छु’ 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, कात्तिक ३०, २०७९

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचन जति निजिकदै छ, बाँकेको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा त्यति चर्चित हुदैछन् । पछिल्लो समयमा तात्तेका काँग्रेसी नेता, कार्यकर्तासहित मतदाताको राम्रो साथ पाएका राणा आफ्नो पक्षमा परिणाम ल्याउने दाउमा छन् । दैनिक रुपमा भेटघाट, छलफललाई निरन्तरता दिइरहेका उनीसँग चुनावका सन्दर्भमा गरिएको संवाद :-

चुनावी प्रचार-प्रसार कस्तो भईरहेको छ ?
निर्वाचनमा सबै उम्मेदवारको चुनावी प्रचार-प्रसार राम्रै हुन्छ । सबैले आफूले सक्ने प्रचार गरिरहनु भएको छ । मेरो पनि राम्रौ भईरहेको छ । चुनावी प्रचारका क्रममा क्षेत्र नम्बर २ मा रहेको नेपालगन्ज र  डुडुवामा सबैको घरदैलोमा म पुग्ने प्रयास गरेको छु । चुनावी माहोल पनि राम्रै पाएको छु । सबैले साथ सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

यताकदा छोडेर प्रत्येक मतदाताको घरदैलोमा पुगेको जस्तो लाग्छ । नेपाली कांग्रेसका नेता, कार्यकर्ता सबैले साथ, सहयोग गरिहुन भएको छ । यसले गर्दा मलाई धेरै खुसी लागेको छ । विशेषगरी डुडुवावासीले मलाई चनावमा साथ दिएका छन् । मेरो माहोल राम्रो भएको छ र चुनावमा पनि राम्रै परिणाम आउँछ भन्ने आशा व्यक्त गर्न चाहन्छु । 

मतदातामाझ पुग्दा केही फरक अनुभुती भयो ?
यसमा चाही मलाई के अचम्म लागेको छ भने क्षेत्र नम्बर २ मा, म कसैको नाम लिन चाहान्न । यसको जित निश्चित छ, यसले जित्छ भन्ने कुरा सुनिरहेको छु । तर घरदैलो गर्ने क्रममा नेपालगन्ज बजारमा पनि धेरै मतदाताले अहिलेसम्म कोही पनि भोट माग्न नआएको बताउनु हुन्छ । तपाई कहाँ कोही मत माग्नु आउनु भएको छ ? भनेर मैले धेरैलाई सोधेको पनि छु । तर धेरैले तपाई नै पहिलो उम्मेदवार भन्नु हुन्छ । 

चुनावी मैदानमा उत्रिरहँदा कतिले तपाईलाई नयाँ अनुहार भनेका पनि छन्, यसमा के भन्नु हुन्छ ?
यसका के छ भने, म चुनावका लागि नयाँ अनुहार हुँला । तर, यस क्षेत्रको लागि सायद म जतिको पुरानो अनुहार अरु उम्मेदवार हुनुहुन्न । किनकी म कहि बाहिरबाट आएको व्यक्ति हैन, न त राजनीतिमा म नयाँ हो । २०४२ सालबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो ।

सुरुमा नेपाल बिद्यार्थी संघ हुँदै नेपाल तरुण दल र नेपाली कांग्रेसमा ३८ वर्षदेखी मेरो निरन्तर सहभागिता रहेको छ । मेरो बुबाहरु ६० वर्षदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्छ । म कहिले पनि पदको लागि लोभ नगर्ने व्यक्ती भएकाले प्रतिनिधी सभाको निर्वाचन मेरो लागि नयाँ मात्र हो । त्यसकारण मलाई नयाँ ब्यक्ति भन्नुमा कुनै सत्यता छैन । 

क्षेत्र नम्बर २ का मतदाताले तपाईलाई विजयी गराउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
विश्वास, अविश्वासको कुरा भन्दापनि कुनै उम्मेदवारले १ भोट पाउँछ भने पनि त्यहाँ एक जनाको विश्वासको कुरा हुन्छ । हार जित स्वभाविक हो । सबैलाई केही न केही संख्याका मतदाताले विश्वास गर्ने हो । जसलाई धेरै मतदाताले विश्वास गरे, उसले जित्ने कुरा मात्र हो । तर हाम्रोमा के चलन छ, भने हार्ने व्यक्तिलाई जति मतदातले विश्वास गरेर मत दिन्छन्, त्यसको सदुपयोग हुँदैन ।

कमसेकम निर्वाचन पछि पनि त उम्मेदवारले बाहिर बसेर काम गर्नुपर्छ । उसलाई विश्वास गरेका मतदाताका लागि भने पनि लड्नुपर्ने हुन्छ । त्यसो भएको म देख्दिन । त्यसैले मेरो जित वा हार मंसिर ४ गतेपछि आउने कुरा हो । यो क्षेत्रमा नेपाली काँग्रेसको संगठन बलियो छ । स्वर्गिय सुशिल कोइरालाको योगदान यहाँ धेरै छ । स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार हाम्रो पार्टी क्षेत्र नम्बर २ मा सबैभन्दा ठुलो पार्टी भएको कुरा पुष्टी भइसकेको छ ।

हामी भन्दा पछाडी रहेको एमालेले १५ हजार मत प्राप्त गरेको थियो । त्यस भन्दा पछाडी रहेका पार्टीका साथीहरु मेरा प्रतिस्पर्धी हुनुहुन्छ । त्यसकारण, मलाई नेपाली काँग्रेसका नेता, कार्यकर्ताले रुख चिन्हमा भोट हाल्नु त हुन्छ नै पाँच दलबीच गठबन्धन पनि भएको हुँदा गठबन्धनभित्र रहेका दलका कार्यकर्ता र अन्य शुभेच्छुकहरुले पनि मलाई मतदान गर्नुहुन्छ, त्यसकारण मेरो जित निश्चित छ ।

तपाईले निर्वाचन जित्ने आधार के हो ? 
निर्वाचन जित्नेमा म पूर्ण रुपले विश्वस्त छु । यसमा जनताको विश्वासको कुरा हुन्छ र मलाई जनताले विश्वास गरेर अत्याधिक मतले जिताउनु हुन्छ भन्नेमा म विश्वस्त छु । यसमा धेरै आधारहरु छन् । पहिलो कुरा, मैले अघि पनि भनेको छु, क्षेत्र नम्बर २ मा भोटको संख्या हेर्ने हो भने नेपाली कांग्रेसको संख्या धेरै छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्यको संख्या पनि धेरै हो ।

यो पटक नेपाली कांग्रेसका साथीहरुले आफ्नै चुनाव चिन्ह रुखमा मतदान गर्न पाउँदै हुनुहुन्छ । सबै क्रियाशिल सदस्यहरुले इमान्दारी गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । अर्को कुरा देशका हरेक निर्णायक परिवर्तनका लागि नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ, जसमा नेपालगन्ज पनि पर्छ ।

जसको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । अर्को कुरा मैदानमा आउनु भएका साथीहरुको काम यहाँका जनताले देखिसक्नु भएको छ । अब उहाँहरु नयाँ अनुहारलाई देख्न चाहनुहुन्छ । प्रचार प्रसारको काम पनि नेपाली कांग्रेसले एकजुट भएर गरिहेको छ । यस्ता धेरै आधारहरु हेर्दा म निर्वाचित हुनेमा विश्वस्त छु । 

अब अन्त्यमा, तपाईले कस्ता एजेण्डालार्ई प्राथमिकता दिनु भएको छ ?
मेरो प्रमुख एजेण्डा भनेको यस क्षेत्रलाई शैक्षिक हब बनाउने हो । हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने हो । अर्को कुरा नेपालगन्ज सहरलाई सौन्दर्यकरण गर्ने, यहाँको पूर्वाधार विकासलाई जोड दिने मेरो एजेण्डा छ । यस क्षेत्रमा खाली रहेका सरकारी भवनलाई प्रयोगमा ल्याउने, हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने, पर्यटन प्रवद्र्धनका लागि ठोस योजना बनाएर अघि बढ्ने जस्ता विषयलाई मैले प्राथमिकतामा राखेको छु । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्