Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, फागुन २६, २०८०

नेपालगन्ज : परिवारकी एक्ली छोरी सरिता खनाललाई पढेर राम्रो सरकारी जागिर खाएको देख्न चाहन्थ्ये, बुवाआमा । बर्दिया, बढैयाताल गाउँपालिका वडा नम्बर २ शिवशक्तिपुरमा २०४७ साल फागुन २३ गते बुवा यमकान्त खनाल र आमा बन्दना खनालको कोखबाट जन्मिएकी सरिताले स्थानीय सरस्वती माध्यामिक बिद्यालयबाट एसएलसी उतीर्ण गरिन् ।

शारदा उच्च माध्यामिक बिद्यालय मैनापोखर बर्दियामा ‘प्लसटु’ सकेर स्नातक तह अध्ययन गर्न महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भइन् । स्नातक अध्ययन गर्ने क्रममै उनको मनमा दिनदुःखीको सेवा गर्ने सोच जाग्यो । अध्ययनकै शिलशिलामा २०७१ सालतिर आफ्नै खर्चमा सरिता जापान पुगिन् । त्यहाँ बसेर करिव दुई महिनाजति ‘सिनियर सिटिजन्स केयर’ नामक तालिम लिइन् ।

नेपाल, थाईल्याण्ड, फिलिपिन्स र जापानका समेत गरी करिव ७० जनासँग तालिम लिएर फर्केपछि पशुपति बृद्धाआश्रममा केही समय स्वयं सेवा गरिन् । जापान जाने तयारीमा रहेका सरिताका एक मात्र भाई बिदुर खनालको २०७२ मंसिर २९ गते सवारी दुर्घटनामा परी ज्यान गयो । जिवित रहँदा बिदुरले सरितालाई सधैं भन्ने गथ्र्ये, ‘दिदी हामीले एकदिन बृद्धाआश्रम खोलेर दिन दुःखीको सेवा गर्नुपर्छ है ।’

भाईले बोलेका यि शब्दहरु सरिताका मनभित्र खेलिरहे । त्यसपछि उनले बृद्धाश्रम नै खोल्ने निधो गरिन् । तर, घर परिवारले अनुमति नै दिएन । घरबाट निस्केर भएपनि २०७३ असोज १२ गतेबाट नेपालगन्जस्थित विपी चोक नजिकै ‘निलसागर सेवा आश्रम’ औपचारिक रुपमा सञ्चालन गरिन् । मासिक ५० हजार घर भाडामा लिएर आश्रम खोल्दा अध्यक्ष सरिता खनाल, उपाध्यक्ष अमन सुवेदीसहित ११ जना आवद्ध थिए ।

‘सुरुमा ९ जना बुवाआमालाई ल्याएर आश्रम खोलेको अहिले पनि मलाई स्मरण छ,’ सरिता भन्छिन् ‘त्यो बेला धेरै दुःख, संघर्ष गरियो ।’ आश्रमलाई पछि विपी चोक नजिकबाट फुलटेक्रातिर सारियो । अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ शान्तिनगरमा भाडामै आश्रम सञ्चालनमा छ ।

आश्रमको मुख्य कार्यालय नेपालगन्जमा मात्रै अहिले २ सय २५ जना बालबालिका, असहाय, जेष्ठ नागरिकले आश्रय लिइरहेका छन् । ‘आश्रम चलाउँदा कुनै दिन त यस्तो पनि भयो, मैले आफ्नो सुनको औठी र सिक्री बेचे, घरमा आमाको मंगलशुत्र(सुन) बेचेर पनि आश्रमको खर्च टारेको छु,’ सरिता स्मरण गर्छिन् ।

आश्रमको नेपालगन्ज बाहेक करिव आधा दर्जन ठाउँमा पनि शाखा खुलेका छन् । आश्रमको कोहलपुर शाखामा ३८ जना, दाङमा ५०, बर्दियामा ३५, पाल्पामा २९ र पोखरामा ४० जनाले आश्रय लिइरहेका छन् । आश्रमको केन्द्र र शाखामा गरेर ७० जना बालबालिका छन् । यि मध्ये ६० जना बालबालिकाले बोर्डिङ स्कुलमा र ५ जनाले कलेज पढ्छन् । बाँकी ५ जना पढ्ने उमेर नपुगेका बालबालिका छन् ।

सडकमै गर्भ बोकेका ८ जना महिलाबाट जन्मेका शिशु यही आश्रममा जन्मे, हुर्केर अहिले पढ्न बिद्यालय जान्छन् । आश्रमको केन्द्र र शाखाको घर भाडा, खाना, औषधी उपचार, शिक्षा लगायतमा मासिक रुपमा करिव २२ लाख खर्च हुने सरिता बताउँछिन् । नेपालगन्जमा मात्रै आश्रमका १२ जना कर्मचारीलाई मासिक १ लाख ४० हजार तलब दिनुपर्छ । ‘सरकारी निकायबाट आश्रमलाई २५ प्रतिशत मात्रै अनुदान आउँछ, अरु रकम दाताबाट उठ्छ, कतिले जन्मदिन, बैबाहिक उत्सव जस्ता कार्यक्रम आश्रममा आएर मनाउनु हुन्छ र खाना खुवाउनु हुन्छ,’ उनले भनिन् ।

नेपालगन्जकी दाता छत्रकुमारी राणाले नेपालगन्ज–६ फुलटेक्रामा दान गरेको २ कठ्ठा जमिनमा आश्रमले आफ्नै भवन बनाउँदैछ । तर बजेट अभाव हुँदा भवन निर्माणको काम अधुरै रहेको छ । आश्रममा ध्यान, योग, खेलकुद, नृत्य, तालिम दिइन्छ । ‘आश्रम सञ्चालन भएदेखी हालसम्म ३ हजार २ सय जनालाई हामीले पारिवारीक पुर्नमिलन गराएका छौं, आश्रममा निधन भएका २ सय १४ जनाको आफैले दाह संस्कार गरेका छौ,’ ३३ बर्षिया सरिता भन्छिन् ।

राम्रो सरकारी जागिर र राम्रो घरमा बिबाह गरिदिने बुवाआमाको सपना विपरित सरिताले आश्रम चलाउन थालेपछि केही वर्षसम्म त घर परिवारसँग आवत–जावत नै बन्द भयो । परिवारको एक मात्र छोरा गुमाउनु पर्दाको पीडा भुल्न नसकेका बुवाआमालाई छोरी (सरिता) को यो कामले थप पीडा दिइरहेको थियो । जीवनभर बिबाह नगर्ने र आश्रम चलाएरै बस्ने छोरी (सरिता)को अडानका अगाडी अन्ततः बुवाआमाको पनि केही सिप चलेन । मानव सेवामा छोरीको सक्रियता देखेर बिस्तारै बुवाआमा पनि सहमत भए ।

‘अहिले त बुवाआमाले हामी बुढो भएपछि छोरीकै संरक्षणमा बस्छौं भनेर भन्नुहुन्छ, बेला–बेलामा यहाँ आश्रमका लागि घरबाटै चामल र तरकारी बोकेर ल्याईदिनुहुन्छ, मैले अंगालेको बाटो सही रहेछ भन्ने कुराको महसुस भएको छ,’ उनी भन्छिन् । सामान्य रुपले सुरु गरेको आश्रमले अहिले ठुलो आकार लिइसकेको छ ।

सरिताको दैनिकी बिहानदेखी बेलुकासम्म आश्रममै बित्छ । यस बाहेक कहिले काँही सडकमा आश्रित मानवहरुको उद्धार गर्न पुग्छिन् । दिनभरीको तनाव र थकानलाई बेलुका आश्रमका बालबालिका र बृद्ध बृद्धासँग खेलेर भुल्छिन् । यहाँ आश्रित बालबालिकादेखी जेष्ठ नागरिकसम्मले सरितालाई ‘आमा’ भनेर सम्बोधन गर्छन् । ‘सानो बच्चादेखी ९० वर्षको बृद्ध आमाबुवाले पनि मलाई आश्रममा ‘आमा’ भनेर बोलाउनु हुन्छ, आश्रम चलाउँदा जति समस्या आएपनि मलाई उहाँहरुबाट हौसला मिलेको छ,’ सरिता भन्छिन् ।

आश्रम सञ्चालन गर्ने क्रममा आफ्नो ब्यक्तिगत जग्गा समेत धितो राखेर २५ लाख रुपैयाँ ऋण लिएको उनले सुनाइन् । उनी भन्छिन्, ‘वास्तवमा मान्छेले आफ्नो जीवनमा गर्नुपर्ने सबैभन्दा पवित्र काम नै दिन दुःखीको सेवा गर्ने रहेछ ।’ आश्रममा बसेर सेवा गर्दा सरिताले धेरै अवसर पनि गुमाईन् । गीत गाउने कला र गला भएपनि उनले त्यसलाई चटक्कै छाडिन् । अमेरिकाको डिभी परेपनि आश्रमलाई चटक्कै छाडेर जान सकिनन् । मानविय काममार्फत समाजसेवामा लागेकी सरिताले छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन् ।

उनले नेपाल सरकारबाट युवा प्रतिभा पुरस्कार, प्रदेश सरकारबाट समाजसेवा पदक, भारतको शुकरात अन्तराष्ट्रिय विश्वविद्यालयबाट मार्नाथ विद्यावारिधी उपाधी लगायत ४० भन्दा बढी संघ, संस्थाबाट सम्मान पाएकी छन् । आश्रमलाई दिगो रुपले सञ्चालन गर्नका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्ने र आश्रममा आश्रित बृद्धबृद्धा, महिला तथा बालबालिकालाई सुविधायुक्त भवनमा राखेर संरक्षण गर्ने सरिताको ठुलो सपना छ ।

‘राज्यले बुवाआमाहरुको ब्यवस्थापनमा निरन्तर सहयोग गरिदिने हो भने हामीलाई पनि गाह्रो हुने थिएन । हामीले अहिलेसम्म ऋण खोजेर गरिरहेका छौं,’ उनी भन्छिन् । अहिलेका नयाँ पुस्तालाई समाजसेवा र हाम्रो कर्तब्य र दायित्व के हो ? भन्ने नसिकाउनु नै ठुलो विडम्वना भएको सरिता बताउँछिन् । ‘मान्छे जन्मेपछि अरुलाई गर्ने कर्तब्यबारे स्कुलमा सिकाइदैन, मात्र पैसा कमाउन सिकाइयो,’ उनी भन्छिन् ‘मान्छे जन्मेपछि एकदिन मर्नुपर्छ, बाँचुञ्जेल मैले कसैका लागि केही गर्नुपर्छ भन्ने सोच सबैमा जाग्न आवश्यक छ ।’ नेपालगन्ज क्षेत्रमा यिनै सरिता अहिले सफल समाजसेवीका रुपमा स्थापित भइसकेकी छन् । ‘महिलाले केही पनि गर्न सक्दैनन्’ भन्ने नेपाली समाजको गलत मानसिकतालाई तोड्न उनी एक उदाहरण बनेकी छन् ।


प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना मंगलबार, कात्तिक २२, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्