Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘आन्तरिक संघर्ष समाप्त भइसक्यो, अब पार्टी निर्माणमा लागौं’ : राठौंर-(भिडियो सहित)
‘आन्तरिक संघर्ष समाप्त भइसक्यो, अब पार्टी निर्माणमा लागौं’ : राठौंर-(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १५, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले पार्टीभित्रको आन्तरिक संघर्ष समाप्त भएको बताएका छन् । कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको अधिवेशन सिद्धिसकेकाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।  

‘नेतृत्वमा जाने विषयमा पार्टीभित्र १५ औं अधिवेशनमा संघर्ष गरौंला,  तर पार्टीलाई एक ढिक्का बनाएर, मत मतान्तरको अन्त्य गरेर प्रतिपक्षसँग लड्ने तयारीमा लागौं,’ उनले भने । मुलुकमा अन्य कुनैपनि पार्टीले वडादेखी केन्द्रसम्म भब्य महाधिवेशन नगरेको र त्यो कांग्रेसले मात्र गरेको दाबी गरे ।

आउने निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई नेता राठौंरले निर्देशन पनि दिए । ‘तीनै तहको निर्वाचन एकै चोटी गर्ने कि भन्ने कुराहरु पनि उठिरहेको छ, बैशाखमा गर्ने कि भन्ने कुरा भइरहेको छ, यस विषयमा केन्द्रिय समितिले कुनै टुंगो लगाएको छैन,’ उनले भने ‘छिट्टै केन्द्रिय समितिको बैठक बस्छ, केन्द्रिय समितिको बैठकमा छलफल हुन्छ, विचार र दृष्टिकोणहरु आउँछन् ।’ 

आसन्न निर्वाचनमा पार्टी एक्लै जाने कि मिलेर जाने भन्ने कुरा चलिरहेको भन्दै सह-महामन्त्री राठौंरले गठबन्धन नगर्ने भनि चर्को कुरा गरेर मात्र केही नहुने बताए । ‘गठबन्धनले गर्दाखेरी कांग्रेसभित्र दुःख पाएका नेता युवराज शर्मा राष्ट्रिय सभाको माननीय हुनु भएको छ, यो उपलब्धी हो कि होईन ?’ राठौंरले प्रश्न गर्दै भने ‘अहिले गठबन्धन नभएको भए युवराज शर्मा राष्ट्रिय सभा सदस्य बन्न सक्नु हुन्थ्यो ? त्यसैले चर्का र पपुलर कुरा गर्न सबैलाई आउँछ, सत्य कुरा गर्नलाई मुटु चाहिन्छ मुटु ।’ 

कांग्रेसले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सकेमा गठबन्धनको आवश्यकता नपर्ने नेता राठौंरले बताए । उनले थपे, ‘त्यही भएर संगठन गर्नुस्, वडामा एक्लै जान सक्ने अवस्था सिर्जना गर्नुस् । गठबन्धन किन गर्नुपर्यो ? देशभर कांग्रेसका साथीहरुले एक्लै जित्न सक्ने अवस्था सिर्जना गर्न सक्नु भयो भने गठबन्धनको आवश्यकता छैन ।’ 

अहिलेसम्म गठबन्धनमै सरकार चलेको र राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेरै उपलब्ध प्राप्त गरेको भन्दै सह-महामन्त्री राठौंरले भने, ‘गठबन्धन गरेर जाने कि एक्लै जाने कि त्यो तपाईहरुमा निर्भर हुन्छ, तपाईहरुले संगठन बलियो बनाउनु भएन भने गठबन्धन हुन्छ, अहिले पाँच जनाले अवसर पाउनु भएको छ भने भोली एक जनाले मात्र पाउनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसकारण संगठन गर्न लाग्नुस् ।’ 

कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, कांग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्व सभापति एवम पुर्वमन्त्री गजेन्द्र हमाल, जिल्ला उपसभापति सुनिलनरसिंह राणा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, प्रदेश सभा २ ‘ख’ का सभापति जितेन्द्र हमाल, पुर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटा, नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्ट लगायत अतिथीको उपस्थिती रहेको थियो ।

कांग्रेस वडा सचिव हिमनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा क्षेत्र नम्बर २ कास सचिव सुनिल सिंह हमालले स्वागत गरेका थिए । त्यस क्रममा क्रियाशिल सदस्यहरुबीच अन्तरक्रिया समेत गरिएको थियो । उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी सुनिलकुमार गुप्ता कांग्रेसमा प्रवेश गरेका थिए । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्