Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’ 
दोस्रो जनआन्दोलनमा युवाको मोर्चा सम्हाल्ने ‘प्रशान्त’ 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख २६, २०७९

नेपालगन्ज : २०५० सालतिर बिद्यार्थी राजनीतिमा संलग्न हुन थालेका प्रशान्त विष्टलाई राजनीतिको असली चस्का त्यतिबेला लाग्यो, जब देशमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए । एकातिर तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धले देश आक्रान्त थियो । 

अर्कोतिर राजाले शासन हातमा लिएपछि उनलाई जनताको सबै अधिकारहरु खोसिएको अनुभूती भयो । २०६२/०६३ को आन्दोलन घोषणा भएपछि नेपालगन्जका सडकमा आएर राजाको प्रत्यक्ष शासनविरुद्ध उत्रिने हिम्मत भएका मानिसहरुको कमी थियो । त्यसबेला सडकमा देखिने केही अनुहारमध्ये एउटा परिचित अनुहार थियो, प्रशान्त विष्ट ।

यिनै प्रशान्तले दोस्रो जनआन्दोनलमा युवाको मोर्चा सम्हालेका थिए । युवासहित आन्दोलनको अग्रपंक्तीमा उभिएका प्रशान्तले दोस्रो जनआन्दोलनमा निभाएको भुमिकाको जहिले पनि प्रशंसा हुन्छ ।  २०६२/०६३ सालको जनआन्दोलनमा नेपाल बिद्यार्थी संघ (नेविसंघ) का तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर बनेका प्रशान्त आन्दालनकारीको नेतृत्व गर्दै लगातार सडकमा आएर राजाको प्रत्यक्ष शासन विरुद्ध आवाज उठाउन थाले । त्यसपछि तत्कालिन सुरक्षाकर्मीको निग्रानीमा पर्न थाले ।

सुरुका पाँच दिनपछि उनीसहित आन्दोलनमा अग्रपंक्तिमा देखिने नेताहरुलाई पक्राउ गरी सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राख्न थाल्यो । ‘एकदिन त म (प्रशान्त), डा. अरुण कोइराला, रत्न खत्री लगायतका नेतालाई समातेर सुरक्षाकर्मीले बङ्करमै राख्यो, त्यतिखेर खुल्ला रुपमा नआइसकेको माओबादीसँग सम्पर्क गर्ने जिम्मा मेरै भएकोले पनि मलाई सेना र प्रहरीले टार्गेटमा राख्ने गरेको थियो,’ प्रशान्त सम्झिन्छन् ।

दोस्रो जनआन्दोलन २०६२/०६३ मा लोकतन्त्र प्राप्तिका निम्ति गरेको संघर्ष अहिले पनि मन, मस्तिष्कमा ताजा रहेको उनी सुनाउँछन् । दोस्रो जनआन्दोलनले नै प्रशान्तलाई राजनीतिमा थप परिपक्व बनाइदियो । त्यसपछि उनी नेता र जनतामाझ थप परिचित हुदै गए । ‘मैले पनि अब पूर्ण राजनीति गर्नुपर्छ भनेर निर्णय गरेको यतिबेलै हो, त्यस आन्दोलनले मलाई राम्रैसँग राजनीतिमा स्थापित गरिदियो,’ प्रशान्त भन्छन् । 

राजनीतिमा संघर्षशिल युवा नेता यिनै प्रशान्त अहिले नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट नगर प्रमुख पदको उम्मेदवार छन् । उनको संघर्ष, त्याग र योगदानको कदर गर्दैै गठबन्धन दल मात्र नभएर स्वतन्त्र मतदाताले समेत जिताउने अभियान नै चलाइरहेका छन् । सामाजिक सञ्जाल, टिकटक जस्ता माध्यमबाट उनको स्वःस्र्फुत रुपमा प्रचार प्रचार गरिरहेका छन् ।  

संयोग नै मान्नुपर्छ, २०६२/६३ को दोस्रो जनआन्दोलनमा प्रशान्तले सडकमा युवाको मोर्चा सम्हाल्दा त्यसबेला लोकतान्त्रिक ब्यवस्थाविरुद्ध राजा ज्ञानेन्द्रसँगै जोडिएका ब्यक्ति अहिले मुख्य दलबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।

तसर्थ, नेपालगन्ज उपमहानगरपालिकामा यसपटक हुन लागेको स्थानीय निर्वाचनलाई लोकतन्त्र ल्याउन लड्ने ब्यक्ति र लोकतान्त्रिक ब्यवस्थाविरुद्ध लाग्ने ब्यक्ति बीचको प्रतिपस्र्धाका रुपमा समेत विश्लेषण गर्न थालिएको छ । 


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १४:२५
#स्थानीय तह निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्