Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्ती सोनारीका मतदाता भन्छन्, ‘चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस्’
राप्ती सोनारीका मतदाता भन्छन्, ‘चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस्’
अर्जुन ओली
अर्जुन ओली सोमबार, वैशाख २६, २०७९
बाँकेको राप्ती सोनारी ४ बैजापुरमा चुनावी गफ चुट्दै गरेका स्थानीय ।

बाँके, (राप्ती सोनारी) :
स्थानीय निर्वाचन नजिक आइरहँदा ‘कस्तो ब्यक्तिलाई छान्ने ? भनेर स्थानीय ६८ वर्षीय खलबहादुर भण्डारीको मनमा अचेल अनेक प्रश्न उठिरहन्छ । अहिले सम्म धेरै जना उम्मेदवार घरमा आएर भोट मागेपनि कस्तो उम्मेदवारलाई जिताउने भन्ने सोच्न भ्याएका छैनन् । 

‘कस्लाई भोट हाल्ने भनेर सोच्न भ्याएको छैन, तर जसले विकास गर्न सक्छ, त्यसलाई नै भोट हाल्ने विचार गरेको छु,’ उनले भने । राप्ती सोनारी गाउँपालिकामा यसपटक कांग्रेस, माओबादी र एमालेबीच कडा प्रतिस्पर्धा हुने उनको बुझाई छ । 

राप्ती सोनारी भौगोलिक रुपले ठुलो र टाढा रहेको गाउँपालिका हो । आसन्न निर्वाचनका लागि कांग्रेसबाट तप्तबहादुर पौडेल, नेकपा (माओबादी केन्द्र)का पट्टु थारु, नेकपा एमालेका रामदास थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट भुपेन्द्र ओली लगायत उम्मेदवार अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । 

कुल ९ वटा वडा रहेको उक्त गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षमा लाहुराम थारु र उपाध्यक्षमा धनीकुमारी खत्रीसहित ५ वटा वडा जितेको थियो । यसपटक चुनावी प्रतिस्पर्धा कांग्रेस, माओबादी केन्द्र र एमालेबीच हुने देखिएपनि कस्ले जित्छ भन्नेमा अहिले नै एकिन गर्न गाह्रो भएको स्थानीय बताउँछन् ।  

राप्ती सोनारी ४ बैजापुरका स्थानीय खलबहादुर विगतमा गाउँपालिका अध्यक्षले अगाडी बढाएका विकास योजनालाई निरन्तरता दिन सक्ने ब्यक्ति अब निर्वाचित भएर आउनुपर्ने तर्क गर्छन् । ‘हाम्रो लागि त लाहुरामले पनि राम्रै काम गर्नु भएको थियो, उहाँले टिकट नपाएपनि अब जितेर आउने गाउँपालिका अध्यक्षले विकासका कामलाई निरन्तरता दिनुपर्यो,’ उनले थपे । 

राप्ती सोनारी गाउँपालिकालाई राप्ती नदीले बीचबाट अलग गरिदिएको छ । स्थानीयका अनुसार राप्तीपारी माओबादीको बलियो पकड मानिन्छ, भने राप्तीवारी क्षेत्रमा कांग्रेसको बलियो जनाधार रहेको छ । राप्तीपारी क्षेत्रमा विशेषगरी थारु समुदाय र राप्तीवारी पहाडी समुदायको बढी बसोबास छ । हरेक चुनावमा थारु मतदाता निर्णायक मानिन्छन् । राप्तीपारी र राप्तीवारी दुबै क्षेत्रमा एमालेले पनि आफ्नो बलियो उपस्थिती देखाएको छ । 

२०७४ को निर्वाचनमा दोस्रो स्थानमा आएको एमाले यसपटक जित्ने दाउमा छ । कांग्रेस आफ्नो पुरानै विरासत जोगाउने रणनीतिमा छ, भने विगतमा तेस्रो स्थानमा आएको माओबादी केन्द्र पनि माथी उक्लिने प्रयासमा छ ।

२०७४ को निर्वाचनमा हारेका एमालेका तुलसीराम थारुले यसपटक टिकट पाएनन्, भने २०७४ को निर्वाचन हारेका पट्टुलाई माओबादी केन्द्रले यसपटक पुनः उम्मेदवार बनाएको छ । माओबादी नेता पट्टु २०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट सभासद भएका थिए । 

निर्वाचनका सन्दर्भमा खलबहादुरले भनेझै राप्ती सोनारी ४ का अर्का स्थानीय मनिराम थारुको बुझाई पनि उस्तै छ । राप्ती सोनारीमा यसपटक मुख्य प्रतिस्पर्धा कांग्रेस, माओबादी केन्द्र र एमाले बीच नै हुने ठोकुवा गर्छन्, उनी । ‘अहिले चर्चामा कांग्रेसका तप्त पौडेल, माओबादीका पट्टु थारु र एमालेका रामदास थारु हुनुहुन्छ, तर मेरो विचारमा यि तीन जनाबीच कडा प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

यो चुनावमा पार्टी, जात र धर्म नहेरी काम गर्ने क्षमतावान ब्यक्तिलाई जनताले भोट दिने मनिराम बताउँछन् । ‘अहिले सम्म जातीयता र भुगोलको नारा कसैले पनि लगाएको छैन, उम्मेदवारी पाइसकेपछि ब्यक्ति हेर्ने, वास्तविक जनताले मागेका विकास पुर्याउन सक्नेलाई यसपटक भोट दिन्छौं,’ उनले थपे । 

निर्वाचित भएर अब आउने ब्यक्तिले पैसा हुँदा हुदैपनि विकास बजेट फ्रिज गराउन नहुने उनको आग्रह छ । यसका साथै बाटो निर्माण र सुकुम्वासीका समस्या समाधान गर्न पहल गर्न सक्ने ब्यक्तिको खाँचो रहेको मनिरामले सुनाए । राप्ती सोनारीका सार्वजनिक चौतारा, चियापसल जस्ता सार्वजनिक स्थानमा अचेल स्थानीय निर्वाचन कै चर्चा–परिचर्चा हुने गरेको छ । 

राप्ती सोनारी ४ बैजापुरस्थित एक चियापसलमा कुम्भर गाउँका नरबहादुर थारु भन्दै थिए, ‘पार्टीभन्दा ब्यक्तिलाई चिन्नुपर्ने कण्डिसन छ अहिले, जो नेता जितेर आएपनि हाम्रो ठाउँको विकास गरिदिने हुनुपर्यो, चाहे जो सुकै पार्टीको किन नहोस्, हाम्रो यत्ति चाहना छ, चुनाव जितेपछि कसैले पनि गद्धारी नगरोस् ।’ जसले चुनाव जितेपनि विकास निर्माण हुनुपर्ने र सबैको साझा जनप्रतिनिधी भएर काम गर्नुपर्ने अधिकांस स्थानीयको सुझाव छ । 


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १७:२५
#स्थानीय तह निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्