Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • ‘देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्छ’ : मन्त्री खान
‘देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्छ’ : मन्त्री खान
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत ४, २०७९

नेपालगन्ज : खानेपानी मन्त्री अब्दुल खानले देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने बताएका छन् । जनमत पार्टी नगर कमिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने धारणा राखे । 

‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा बाहिरका देशमा पुर्याउन सकिने र देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले जोड दिए । उनले भने, ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसकेपनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ ।’ 

भिडियो हेर्नुस् :

जनतालाई स्वच्छ खानेपानी पुर्याउने आफ्नो नैतिक जिम्मेवारी रहेको खानले बताए । नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संबिधानमै ब्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रुपमा काम गरिरहेको दाबी गरे । 

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संबिधानमा ब्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालय अन्तगतका निकायले जनतालाई कुनैपनि अप्ठ्यारो नपारी, राजनीतिकरण नगरी घर-घरमा स्वच्छ खानेपानी पुर्याउनु कर्तब्य भएको बताए । 

Abdul Khan_ Khanepani Mantri 21679125677.jpg

आफु एक/डेढ वर्ष मात्रै मन्त्रालयमा बस्न पाएमा काठमाडौं उपत्यकामा पानीको अभाव अन्त्य गर्ने दाबी गरे । यस्तै दुई देखी तीन वर्ष बस्न पाएमा तराई मधेसका सम्पूर्ण जिल्लामा आर्सिनिक न्युनिकरण गरेर स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताए । उनले भने, ‘यदी म मन्त्रालयमा चार वर्ष बस्न पाए भने पहाड र हिमालका जनतालाई म स्वच्छ पानी पुर्याउँछु, यदी म मन्त्रालयमा पाँच वर्ष बस्न पाए भने देशको पानी विदेशमा निर्यात गर्ने मेरो योजना छ ।’ 

यसका लागि विभिन्न निकाय, अन्र्तराष्ट्रिय स्तरका दातृ संस्थासँग एक चरणमा परामर्श गरिसकेको बताए । सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी जनताको घर-घरमा पुर्याउने अन्र्तराष्ट्रिय स्तरमा गरेको हस्ताक्षर अनुसार काम गर्ने प्रतिवद्धता जनाए । 

पत्रकार भेटघाटका क्रममा जनमत पार्टीका युवा नेता तेजनारायण कँडेल, जनमत पार्टीका नगर अध्यक्ष शुभम गुप्ता, महिला संगठनका अध्यक्ष रेखा झा, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुनाखर भुसाल लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर  मंगलबार, चैत १४, २०७९
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया
सुरू भयो इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने प्रक्रिया सोमबार, चैत १३, २०७९
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी 
प्रतिनिधिसभा बैठक आज बस्ने तयारी  आइतबार, चैत १२, २०७९
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल  शनिबार, चैत ११, २०७९
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने 
माओवादी निर्णय : सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने  शनिबार, चैत ११, २०७९
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा
‘मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुत बनाउन लागेको छु’ : महामन्त्री थापा शनिबार, चैत ११, २०७९
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ
'विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण' : प्रदेश सभामुख गुरुङ शनिबार, चैत ११, २०७९
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल
'सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको अहम भूमिका' : प्रधानमन्त्री दाहाल बिहीबार, चैत ९, २०७९
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन'
काँग्रेस महामन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन' बिहीबार, चैत ९, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्