Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ को तयारी पुरा 
‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ को तयारी पुरा  गठबन्धनका उम्मेदवार चुनाव जित्नेमा ढुक्क 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १९, २०८०

नेपालगन्ज : उच्च अदालत बार एशोसियशन नेपालगन्जको निर्वाचनका लागि ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ ले आफ्नो तयारी पुरा गरेको छ । 

बार एशोसियशनमा आगामी दुई वर्षे कार्यकालका लागि शनिबार बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान हुदैछ । बाँके जिल्ला अदालत परिसरमा रहेको बार एशोसियशनको भवनमा हुने मतदानमा २ सय १४ जना मतदाताले मतदान गर्नेछन् ।

उक्त निर्वाचनका लागि बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा अधिवक्ता चित्रबहादुर शाही मैदानमा उत्रिएका छन् । सोही समुहबाट उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । यि उम्मेदवारहरु चुनाव जित्नेमा ढुक्क देखिएका छन् । 

उक्त समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य(महिला) भने निर्विरोध निर्वाचित भईसकेका छन् । बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र सम्वद्ध आरपिएलए लगायत संगठनहरु आवद्ध छन् । 

उक्त समुहबाट अध्यक्षसहित कोषाध्यक्ष र ५ जना सदस्य डिएलएको भागमा परेको छ । यस्तै सचिव सहित ३ जना सदस्य पिपिएलएले पाएको छ, भने उपाध्यक्ष र सदस्य(महिला) पद आरपिएलएलाई दिइएको छ । 

चुनावको पुर्वसन्ध्यामा शुक्रबार बेलुका आयोजित बृहत भेलामा बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका उम्मेदवारले आफुहरुको जित सुनिश्चित भईसकेको बताए । अध्यक्ष पदका उम्मेदवार शाहीले ब उच्च अदालत बार एशोसियशनलाई सशक्त रुपमा अगाडी बढाउन आफ्नो टिमले जित्नुपर्ने बताए । ‘यो अस्तित्वको लडाई हो, आफ्नो मतलाई जोगाएर चुनावमा होमिनु हाम्रो लागि च्यालेन्जको विषय छ,’ उनले भने । 

Brihat Loktantrik Teem_Layers_Election_Chitra Shahi1685722550.jpg

२०६१ सालमा तत्कालिन पुनरावेदन बारको साधारण सदस्य भएर कानुन ब्यवसायी पेशा सुरु गरेका अधिवक्ता शाही २०६६ सालमा तत्कालिन अध्यक्ष सुनिलकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिमा सदस्य भएका थिए । २०७१ सालमा उच्च अदालत बारको कोषाध्यक्ष भएका उनी २०७६ सालमा सचिव पदमा निर्वाचित भएका थिए । 

भेलालाई सम्बोधन गर्दै डिएलएका केन्द्रिय सदस्य लोकबहादुर शाहले चित्रबहादुर शाही नेतृत्वको टिम निर्वाचित हुने सुनिश्चित भईसकेको र यो टिमले अबको बार कस्तो बनाउने, जितेपछि के के काम गर्ने भन्ने उद्देश्य राख्नुपर्ने सुझाव दिए । एमाले निकट पिपिएलएका केन्द्रिय सदस्य बसन्त गौतमले तीन वटा संगठन उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिएको हुँदा जित निश्चित भएको बताए । चुनावमा होमिएपछि एकतावद्ध रुपले लाग्नुपर्ने उनको आग्रह छ ।

डिएलए बाँकेका अध्यक्ष जनकबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भेलामा आरपिएलएका मोहनविक्रम अर्यालले स्वागत गरेका थिए । उक्त भेलामा नेपाल बारका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, पुर्वकेन्द्रिय उपाध्यक्ष प्रहलादबहादुर कार्की र शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता श्यामप्रसाद गौतम र दिपककुमार रेग्मी, उच्च अदालत बारका पुर्वअध्यक्ष झविन्द्रप्रसाद पौडेल, धु्रबप्रसाद बस्याल, लोकबहादुर शाह, ईश्वरी ज्ञवाली, बलबहादुर चन्द र वर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, अग्रज कानुन ब्यवसायी बासुदेव ज्ञवाली, वर्तमान कार्यसमिति पदाधिकारी, विभिन्न संगठनमा आवद्ध कानुन ब्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २१:४४
#उच्च अदालत बार नेपालगन्जको निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो मंगलबार, असोज ९, २०८०
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता  सोमबार, असोज ८, २०८०
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो  आइतबार, असोज ७, २०८०
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शनिबार, असोज ६, २०८०
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह 
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह  बिहीबार, असोज ४, २०८०
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन बिहीबार, असोज ४, २०८०
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल बिहीबार, असोज ४, २०८०
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी 
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी  बुधबार, असोज ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्