Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • आज गौरा पर्व, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
आज गौरा पर्व, सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, भदौ ७, २०८०

काठमाडौं : उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ ।

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।

शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् ।

‘यो पर्वका लागि श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेँडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ,’ उनले भने । यसरी दुई तीन दिन पूजा गरिसकेपछि मंगल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ ।

देवीलाई विसर्जन गरेपछि मागल अर्थात माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् ।   

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाज
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर) बुधबार, असोज १०, २०८०
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला  बुधबार, असोज १०, २०८०
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया  मंगलबार, असोज ९, २०८०
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या मंगलबार, असोज ९, २०८०
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते 
दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना, १० जना घाईते  मंगलबार, असोज ९, २०८०
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’  आइतबार, असोज ७, २०८०
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर)
नेपाल प्रहरीको आधारभुत तालिमबाट ३ सय जवान दीक्षित-(फोटो फिचर) आइतबार, असोज ७, २०८०
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया
बाँकेमा युवा उद्यमी मञ्चको शाखा बिस्तार, अध्यक्षमा डा. कनोडिया शनिबार, असोज ६, २०८०
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप 
राहत शिक्षक आन्दोलित, शिक्षक महासंघले धोका दिएको आरोप  शनिबार, असोज ६, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्