Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नेपालगन्जको सुर्खेतरोडमा भत्काएको कल्भर्ट निर्माणमा ढिलाई
नेपालगन्जको सुर्खेतरोडमा भत्काएको कल्भर्ट निर्माणमा ढिलाई
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ ३०, २०८०

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ ।

कल्भर्ट निर्माणको काम पुरा नहुँदा सुर्खेतरोडस्थित रत्न राजमार्ग (चारलेन सडक) मा दैनिक रुपमा ट्राफिक समस्या उत्पन्न गरेको छ, भने सडक नै अस्तब्यस्त बन्ने गरेको छ । साघुँरो सडकमा सवारी साधन आवत–जावत गर्नुपर्दा दुर्घटनाको जोखिम बढिरहेको यहाँका नागरिक अगुवा बताउँछन् ।

स्थानीय नागरिक अगुवा मिनबहादुर मल्लले ढिलोमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने आश्वासन सहित सडक डिभिजन कार्यालयले पुरानो कल्भर्टलाई भत्काएकोमा अहिले दुई महिना बितिसक्दा पनि नयाँ कल्भर्ट बनाउने कुनै सुरसार नगरेको बताए ।

‘यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो, कुनैपनि राष्ट्रिय राजमार्गमा यति लामो समयसम्म खाल्डो खनेर छाड्न पाईदैन, कामको उद्धेश्य हेरेर ठुलै पुल बन्ने भए अन्यत्र डाईभर्सन दिनुपर्छ,’ मल्लले भने ‘सुरक्षाको दृष्टिकोणले वरिपरीबाट घेरा लगाउनुपर्छ, यहाँ कुनैपनि सुरक्षाका उपाय अपनाइएको छैन, राष्ट्रिय राजमार्गको काम बीचमै अलपत्र अवस्थामा छाडिएको छ ।’

सडक डिभिजन कार्यालयले कामै नगरेर समय बर्बाद गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको उनको आरोप छ । सडकले अलपत्र पारेको कल्भर्ट समयमा सम्पन्न गर्न समन्वयकारी भूमिका खल्नुपर्ने भन्दै नागरिक स्तरबाट करिव दुईमहिना अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई दवाव दिइएको थियो ।

सामाजिक सञ्जालमार्फत पनि बिरोध जनाइएको थियो । मल्लले थपे, ‘त्यतिबेला हामीले मेयर साबलाई भेटेर ध्यानाकर्षण गराउँदा ढिलोमा एक महिनाभित्रमा सम्पन्न हुन्छ, भनेर भन्नु भएको हो, अहिले दुई महिनाभन्दा बढी भईसक्यो, कल्भर्ट निर्माणको काम सुरु नै भएको छैन ।’ उक्त चारलेन सडकमा निर्मित साविकको साँघुरो कल्भर्टबाट पानीको निकास सहज रुपमा हुन नसकेको भन्दै नयाँ निर्माण गर्न डिभिजन कार्यालयले बर्खायाम सुरु हुदै गर्दा कल्भर्टको आधा भाग भत्काएको थियो ।

स्थानीय न्युरोड, बागेश्वरी मन्दिर हुँदै शिक्षा समन्वय इकाई कार्यालय भएर बग्ने नालामा निर्मित उक्त कल्भर्ट बर्खाको समयमा भत्काउँदा विगत दुई महिनादेखी सडक नै हिलाम्य भइरहेको छ ।

सडक डिभिजन कार्यालयले उक्त कल्भर्ट निर्माण गर्न ठेकेदार कम्पनी श्री कार्की साक्षी जेभीलाई ३२ लाख ५ हजार ४ सय ५२ रुपैयाँ ४४ पैसा ठेक्का दिएको छ । सम्झौता अनुसार ठेकेदार कम्पनीले उक्त कल्भर्ट आगामी मंसिर १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

सडक डिभिजन कार्यालय बाँकेका निमित्त प्रमुख सुरेश चौधरीले निर्माणको काम दु्रत गतिमा अगाडी बढ्न नसकेको स्वीकार गरे ।

‘निर्माण सम्पन्न गर्नुपर्ने समय नजिक आईसक्यो, नागरिक स्तरबाट पनि गुनासो आईरहेको छ,’ उनले भने ‘नालामा पानी बगिरहेको छ, टेका लगाएर ढलान गर्न मिल्दैन भनेर ठेकेदार कम्पनी भन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिक स्तरबाट गुनासो आइरहेको हुँदा आफुले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराइरहेको बताए ।

‘सडक डिभिजन कार्यालयको कार्यक्षेत्र भएपनि जनप्रतिनिधि भएको नाताले नागरिक स्तरबाट म कहाँ गुनासो आउँछ, मैले पनि सडकलाई नै भन्ने हो, सडकलाई बेला बेलामा भनिरहन्छु,’ उनले भने ।


प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्