Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • नेपालगन्जको सुर्खेतरोडमा भत्काएको कल्भर्ट निर्माणमा ढिलाई
नेपालगन्जको सुर्खेतरोडमा भत्काएको कल्भर्ट निर्माणमा ढिलाई
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, भदौ ३०, २०८०

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ ।

कल्भर्ट निर्माणको काम पुरा नहुँदा सुर्खेतरोडस्थित रत्न राजमार्ग (चारलेन सडक) मा दैनिक रुपमा ट्राफिक समस्या उत्पन्न गरेको छ, भने सडक नै अस्तब्यस्त बन्ने गरेको छ । साघुँरो सडकमा सवारी साधन आवत–जावत गर्नुपर्दा दुर्घटनाको जोखिम बढिरहेको यहाँका नागरिक अगुवा बताउँछन् ।

स्थानीय नागरिक अगुवा मिनबहादुर मल्लले ढिलोमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने आश्वासन सहित सडक डिभिजन कार्यालयले पुरानो कल्भर्टलाई भत्काएकोमा अहिले दुई महिना बितिसक्दा पनि नयाँ कल्भर्ट बनाउने कुनै सुरसार नगरेको बताए ।

‘यो गैरजिम्मेवारीपनको पराकाष्ठा हो, कुनैपनि राष्ट्रिय राजमार्गमा यति लामो समयसम्म खाल्डो खनेर छाड्न पाईदैन, कामको उद्धेश्य हेरेर ठुलै पुल बन्ने भए अन्यत्र डाईभर्सन दिनुपर्छ,’ मल्लले भने ‘सुरक्षाको दृष्टिकोणले वरिपरीबाट घेरा लगाउनुपर्छ, यहाँ कुनैपनि सुरक्षाका उपाय अपनाइएको छैन, राष्ट्रिय राजमार्गको काम बीचमै अलपत्र अवस्थामा छाडिएको छ ।’

सडक डिभिजन कार्यालयले कामै नगरेर समय बर्बाद गर्नु गैरजिम्मेवारीपनको पराकाष्ठ भएको उनको आरोप छ । सडकले अलपत्र पारेको कल्भर्ट समयमा सम्पन्न गर्न समन्वयकारी भूमिका खल्नुपर्ने भन्दै नागरिक स्तरबाट करिव दुईमहिना अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई दवाव दिइएको थियो ।

सामाजिक सञ्जालमार्फत पनि बिरोध जनाइएको थियो । मल्लले थपे, ‘त्यतिबेला हामीले मेयर साबलाई भेटेर ध्यानाकर्षण गराउँदा ढिलोमा एक महिनाभित्रमा सम्पन्न हुन्छ, भनेर भन्नु भएको हो, अहिले दुई महिनाभन्दा बढी भईसक्यो, कल्भर्ट निर्माणको काम सुरु नै भएको छैन ।’ उक्त चारलेन सडकमा निर्मित साविकको साँघुरो कल्भर्टबाट पानीको निकास सहज रुपमा हुन नसकेको भन्दै नयाँ निर्माण गर्न डिभिजन कार्यालयले बर्खायाम सुरु हुदै गर्दा कल्भर्टको आधा भाग भत्काएको थियो ।

स्थानीय न्युरोड, बागेश्वरी मन्दिर हुँदै शिक्षा समन्वय इकाई कार्यालय भएर बग्ने नालामा निर्मित उक्त कल्भर्ट बर्खाको समयमा भत्काउँदा विगत दुई महिनादेखी सडक नै हिलाम्य भइरहेको छ ।

सडक डिभिजन कार्यालयले उक्त कल्भर्ट निर्माण गर्न ठेकेदार कम्पनी श्री कार्की साक्षी जेभीलाई ३२ लाख ५ हजार ४ सय ५२ रुपैयाँ ४४ पैसा ठेक्का दिएको छ । सम्झौता अनुसार ठेकेदार कम्पनीले उक्त कल्भर्ट आगामी मंसिर १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

सडक डिभिजन कार्यालय बाँकेका निमित्त प्रमुख सुरेश चौधरीले निर्माणको काम दु्रत गतिमा अगाडी बढ्न नसकेको स्वीकार गरे ।

‘निर्माण सम्पन्न गर्नुपर्ने समय नजिक आईसक्यो, नागरिक स्तरबाट पनि गुनासो आईरहेको छ,’ उनले भने ‘नालामा पानी बगिरहेको छ, टेका लगाएर ढलान गर्न मिल्दैन भनेर ठेकेदार कम्पनी भन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिक स्तरबाट गुनासो आइरहेको हुँदा आफुले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराइरहेको बताए ।

‘सडक डिभिजन कार्यालयको कार्यक्षेत्र भएपनि जनप्रतिनिधि भएको नाताले नागरिक स्तरबाट म कहाँ गुनासो आउँछ, मैले पनि सडकलाई नै भन्ने हो, सडकलाई बेला बेलामा भनिरहन्छु,’ उनले भने ।


प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन बिहीबार, वैशाख २५, २०८२
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित बिहीबार, वैशाख २५, २०८२
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन 
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन  बिहीबार, वैशाख २५, २०८२
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध बुधबार, वैशाख २४, २०८२
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो शनिबार, वैशाख २०, २०८२
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती शुक्रबार, वैशाख १९, २०८२
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका शुक्रबार, वैशाख १९, २०८२
राप्ती नदीमा डुबेर बालकको मृत्यु 
राप्ती नदीमा डुबेर बालकको मृत्यु  शुक्रबार, वैशाख १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्