Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • बालबालिकाको स्वस्थ भविष्यका लागि सिसायुक्त पेन्टहरु उन्मुलन गरौं
बालबालिकाको स्वस्थ भविष्यका लागि सिसायुक्त पेन्टहरु उन्मुलन गरौं लेड र लेडयुक्त रङ, पेन्ट, खेलौना र सामाग्रीले पार्ने असर
विजय मल्ल
विजय मल्ल सोमबार, असोज २२, २०८०

नेपालगन्ज : नेपाल भुपरिवेष्ठित राष्ट्र हो । यहाँ साँस्कृतिक र भौगोलिक विविधता पाइन्छ । करीव तीन करोड जनसंख्या भएको यस देशको लगभग आधा जनसंख्या तराईमा बसोबास गर्छन्, भने ४३% पहाडमा र बाँकी ७% उत्तरी हिमाली भेगमा बस्दछन् ।

सन् २०१७ मा नेपाल एकात्मक शासन पद्धतिबाट संघीयतामा प्रवेश गर्यो जसको फलस्वरूप देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार स्थापित भयो । यस प्रक्रिया अन्तर्गत बालबालिकासम्बन्धी धेरै सरकारी सेवाहरू स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण भए ।

बालबालिकाको अवस्था सुधार्नका लागि सार्वजनिक महत्वका कामहरू गर्न नयाँ संरचनाले अवसरहरु प्रदान गरेको छ । यसका लागि, विभिन्न तहमा सम्बन्धित नीति, नियम, संयन्त्र र क्षमताको सुदृढिकरण गर्न उल्लेखनीय प्रयासको आवश्यकता छ । 

अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन् । वर्तमानका साझेदार र भविष्यका कर्णधार बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लेड (सिसा) को विषाक्ततालाई पूर्णतया रोक्नुपर्ने आजको आवश्यक्ता पनि हो । 

सिसा (लेड) प्रकृतीमा पाईने एक गह्रुँगो विषाक्त धातु हो । लेडयुक्त विभिन्न स्रोतहरुको सम्पर्कमा आउँदा वा लेडयुक्त सामग्रीहहरूको शेवनबाट शरीरमा जम्मा हँुदै जाने एक प्रकारको विष हो जुन हाम्रो शरीरका विभिन्न शारीरिक प्रणालीहरुमा र विशेषगरी बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । लेड विभिन्न स्रोतहरुबाट श्वासप्रश्वास, खाना तथा छालाको माध्यमद्वारा मानव शरीरमा प्रवेश गरी स्वास्थ्यमा समस्याहरु निम्त्याउने गर्दछ ।

यो मानव स्वास्थ्यका दृष्टिकोणले घातक छ । यसले रक्तनलीमा रातो रक्त कोषिकाहरु मार्नुका साथै विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी गराई रक्त अल्पता, मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउने, वाकवाक लाग्ने, खान मन नलाग्ने, अशान्ती हुने, चिडचिडापन हुनुका साथै अपराधिक गतीविधी, उच्च रक्त चापकोे समस्या एवम पढ्ने लेख्ने र स्मरण गर्ने क्षमता नै ह्रास गराउँछ ।

बालबालिकाहरुमा थोरै मात्रामा पनि लेडको मात्रा देखिए स्वास्थ्यमा जोखिम पु¥याउनुका साथै नकरात्मक असर जीवनभर रहने, आफ्नो पुर्व अवस्थामा फर्कन नसक्ने तथा उपचार गर्न नसकिने प्रवृतिका हुन सक्दछन् । विभिन्न अध्ययन अनुसन्धानबाट समेत यसकोे पुष्टि भइसकेकोछ । प्राप्त जानकारी अनुसार बालबालिकाको शरीरमा लेडको बढ्दो उपस्थितिले गर्दा शारीरिक, मानसिक तथा बौद्धिक क्षमता घट्ने भएकोले विश्व स्वास्थ्य संगठनद्वारा ‘लेडद्वारा सुस्त मनस्थिती’ नामक रोग पहिचान गरिएको छ, जुन १० खतरनाक रोगहरुमध्ये एउटा प्रमुख रोगको रुपमा पहिचान गरिएको छ ।

नेपालको कूल जनसंख्याको एक तिहाई करीब ३२% बालबालिकाहरु लेडको उच्च जोखिममा रहेकाछन् । विगतमा नेपालमा आयात, उत्पादन हुने पेन्टहरुको संख्याको आधारमा ७०% भन्दा बढी पेन्टहरुमा लेड सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ९० पिपिएम भन्दा बढी लेड पाईने गरेकाले नेपालमा पनि मापदण्ड बनाई प्रभावकारी कार्यान्वयन गर्न गराउन अति आवस्यक भैसकेको थियो ।

नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनिएको छ ।

उक्त संवैधानिक प्रावधान अनुसार बालबालिकाको शिक्षा तथा मनोरञ्जन दुवै पक्षमा सघाउन पु¥याउन कक्षाकोठा, स्कुल(विद्यालय), खेलौना आदिको ठूला महत्व रहेको हुन्छ । संविधान २०७२ को धारा ३० मा हरेक मानिसलाई स्वच्छ वातावरणमा बाँच्न पाउने र संविधान २०७२ को धारा ३५ मा सबैमा स्वास्थ्यको पहुँचको हक हुनेछ भनिएको छ । 

कलिलो उमेरमा सिसाको सम्पर्कमा आउनाले प्रत्येक वर्ष विश्वभर लगभग ६,००,००० बालबालिकाहरु वौद्धिक असक्तता समस्यासम्बन्धी नयाँ रोगबाट ग्रसित हुने गर्दछन् । सिसाको सम्पर्कमा आउनाले प्रत्येक वर्ष विश्वभर लगभग १,४३,००० मानिसको मृत्यु हुन्छ र जसमध्ये हामी जस्तो विकासोन्मूख मूलुकहरुमा सबैभन्दा बढी हुने गर्दछ ।

बालबालिकाहरु घरमा पुराना पेन्टहरुका उप्केका पाप्रा, सिसायूक्त धुलो, खेलौनाहरुको सतहमा टाँसिएका घातक रसायनयूक्त धुलो, खेलौना मुखमा टोक्दा वा चुस्दा र हातमुखको निरन्तर सम्पर्कबाट पनि त्यसमा भएको रसायनहरुको सम्पर्कमा आई प्रभावित हुने गर्दछ ।

सिसा हाम्रो शरीरमा प्रवेश गरिसकेपछि मस्तिष्क, कलेजो, मृगौला र हाडमा जम्मा भै बस्दछ । खासगरी यो दाँत र हाडमा गएर जम्मा हुन्छ र समय बित्दै जाँदा यसको मात्रा बढ्दै जानेगर्छ । साधारणतया रगतमा सिसाको मापनबाट शरीरमा सिसा भए नभएको कुरा थाहा पाउन सकिन्छ । मानव स्वास्थ्यको लागि सिसाको कुनै सुरक्षित मात्रा हुँदैन । सिसा विषाक्ततालाई पूर्णतया रोक्न सकिन्छ ।

पेन्ट्समा लेडको सरकारी बाध्यकारी मापदण्ड
लेड सम्बन्धि असरहरुलाई न्यूनिकरण गर्न गराउन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन–२०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड निर्धारण गरेको हो । २०७१ पौष ७ गते राजपत्रमा सूचना प्रकासन गरी पेन्ट्समा लेडको अधिक्तम बाध्यकारी मापदण्ड ९० पिपिएम तोकी २०७२ असार ५ गतेबाट विधिवत लागु भैरहेको छ । उक्त मापदण्ड अनुसार रङ तथा पेन्टको हरेक बाटामा लेडको मात्रा र सावधानिमूलक सन्देश समेत उल्लेख गर्नुपर्ने प्रावधान समेत रहेकोछ । 

तर, घर, विद्यालय एवम सार्वजनिक स्थानमा प्रयोग गर्ने रङ तथा पेन्ट लेड मुक्त हुनुपर्छ । किन भने बालबालिकाहरु यही माध्यमबाट लेडको सिकार बनिरहेकाछन् । सरकारले घर, फर्निचर, स्कुल रङ्ग्याउने पेन्टमा लेडको मापदण्ड तोकेको भएपनि यसको प्रभावकारी ढंगमा कार्यान्वयनमा आउन सकेको छैन ।

मापदण्ड अनुसार नभएका पेन्टहरु देशभित्र आयात, भण्डारण, विक्री वितरण, उत्पादन मात्र नभई प्रयोगमा समेत प्रतिबन्ध लगाएको भएपनि सीमावर्ती जिल्लामा भने यसको प्रभाव नगन्य अवस्थामा छ । यहाँ राज्यको उपस्थिती भएतापनि राज्यले ब्यवस्था गरेको बाध्यकारी प्रावधानको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

सीमावर्ती जिल्ला भएको बाँके र आसपासका जिल्लाहरुमा सस्तो तथा सहजरुपमा उपलब्ध हुने लेडयुक्त रङ्ग, पेन्ट, खेलौनाहरु तथा अन्य सामाग्रीहरुको आयात र प्रयोग हुने गरेकोछ । यस विषयमा यहाँका सरोकारवालाहरु अनभिज्ञ छन् । जसका कारण कुनै रोकटोकबिनै सहजै आयात हुने र विक्रि वितरण तथा ब्यापक प्रयोग समेत हुने गरेको छ । 

यहाँ सस्तो र सर्वत्र उपलब्ध हुने विभिन्न रङ तथा पेन्टहरुको वर्चश्व रहँदै आएकोछ । चाडबाडमा प्रयोग गरिने रङ तथा भवन रङ्गाउन प्रयोग गरिने पेन्टहरुमा पनि सरकारले तोकेको अधिक्तम मापदण्ड ९० पिपिएम भन्दा बढि सिसा (लेड) पाइएका छन् । नेपालमै उत्पादन हुने कतिपय राष्ट्रिय कम्पनीहरुले उत्पादन गर्ने पेन्टहरुमा लेडको उच्च मात्रा अझैं पाइरहेकाले यसले बालबालिकासंगै समग्र मानव समाजलाई समेत जोखिम तुल्याइरहेकोछ । 

नेपालमा पाईने पेन्टसमा लेडको अवस्था 
नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारीता सम्बन्धि अध्यन मापदण्ड आएको पहिलो पल्ट सबै सातै प्रदेशहरुबाट संकलित ३७ पेन्ट्स उधोगहरुका ६२ विभिन्न रंगका ईनामेल पेन्ट्सहरु (Enamel Paints) मा गरीएको अध्ययन प्रतिवेदनसंगै नेपालमै पहिलो पटक बृहतरुपमा आठ विभिन्न पेन्ट्सका २१ विभिन्न रंगका स्प्रे पेन्ट्स (Spray Paints), नमुनाहरुमा गरीएका लेड सम्बन्धि अध्ययन ले नेपालमा अत्यधिक लेडयुक्त पेन्टहरु आयात, उत्पादन, विक्रीवितरण तथा प्रयोग भैरहेकोछ । 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (CEPHED) काठमाण्डौले २०७८ मा गरेको ईनामेल पेन्ट्सहरुमा लेडको मापदण्डको परीपालना सम्बन्धि अध्ययनको परीणाम मापदण्ड प्रभावकारी भएको छ वर्ष भन्दा बढी भईसकेको भएपनि कार्यान्वयन निकै कमजोर रहेको पाईएको छ ।

जसअनुसार कुल ६२ नमूना मध्ये ३२ वटा (५२%) पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको छ । भने ६२ नमूना मध्ये ३० वटा (४८%) पेन्टमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो ।

अध्यनले देखाएको मापदण्डको परीपालनाको अवस्थामा पहिला भन्दा सुधार देखीए पनि कुनै कुनै पेन्टहरुमा अझै अत्यधिक मात्रामा (२२८५० पिपिएम सम्म लेड पाईएको, अर्थात मापदण्ड भन्दा झण्डै २५३ गुणा बढी) सम्म लेड पाईरहेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पुर्ण परीपालना र प्रभावकारी कार्यान्वयन गरी सिसाका विषाक्ततालाई रोक्न नितान्त आवस्यक रहेको उक्त अध्ययनको निस्कर्ष रहेको थियो । 

साथै अध्यनमा सम्मिलित कुल १७ वटा नेपाल गुणस्तर चिन्ह (ल्क् ःबचप०  प्राप्त पेन्टहरुको नमूना मध्ये ११ वटा (६५%) पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो भने ६ वटा (३५%)मा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो । 

त्यसैगरी अध्यनमा सम्मिलित कुल २६ वटा लेड मूक्त वा लेड नमिसाईको -Lead Free and/or No Added Lead)  लोगो अंकित पेन्टहरुको नमूना मध्ये २० वटा (७७% ) पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो भने ६ वटा (३५%)मा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो । 

अर्को महत्वपूर्ण तथा नेपालमा सर्बप्रथम विभिन्न सात अन्तर्राष्ट्रिय एव एक राष्ट्रिय स्प्रे पेन्ट्स उधोगका गरी जम्मा २१ वटा स्प्रे पेन्ट्समा गरीएको लेडको अध्यनले पनि मापदण्डको परीपालनाको स्थिती त्यति उत्साहजनक पाईएन । २१ मध्ये १४ वटा (६७% ) स्प्रे पेन्टमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पि.पि.एम.भन्दा कम लेड पाईएको थियो भने ७ वटा (३३%)मा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो ।

यी स्प्रे पेन्ट्सका सात नमूनाहरुमा लेडको मात्रा ७५१.१ देखी १५६१८.६२ पिपिएमसम्म लेड पाईएको थियो । समग्र रुपमा हेर्दा अध्यन अनुसार मापदण्डको कार्यन्वयनको अवस्था अझँै कमजोर रहेको पाईएको छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान नितान्त आवस्यक छ । 

लेडको विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह
नेपालमा लेड यूक्त पेन्ट्सहरुको, खाद्य पदार्थ, सौन्दर्य प्रशाधनका सामग्रीहरु, आर्यूवेदिक औषधीहरु आदिको उत्पादन, आयात, विक्रि वितरण, प्रयोग र सेवनबाट आम जनस्वास्थ्य र खासगरी बालबालिकाहरुको शारीरीक, मानसिक एवं बौद्धिक विकासमा नकारात्मक असर पारिरहेको छ । विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वब्यापीरुपमा जनस्वास्थ्यमा असर पु¥याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै शुरक्षित मात्रा हुँदैन भने तथ्य पनि स्थापित गरेको छ ।

लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा अबरोध पु¥याउदछ । संसारभरी लेडकोकारण १०६०००० मानसिको मृत्यहुने गरेको, २४४००००० बर्ष बराबरको समय मनिसको जीवन असक्तताको कारण गुमने, ६३.२ प्रतिशत बौधिक्ता अशक्तता र १०.३ प्रतिशत उच्च रक्तचाप सम्बन्धि समस्याको कारण लेडको सम्पर्कमा आउनुबाट भएको तथ्य रहेको छ ।  

नेपाल लगायत विश्वका विभिन्न मध्यम तथा निम्न विकशित मुलुकहरुमा लेड बाट ५ वर्ष मुनीका वालवालिकाहरुमा पर्ने असरहरुले हुने आर्थिक क्षतीको विश्लेषणले नेपालमा मात्र कुल अमेरीकी डलर १,५३,३२,४५,१२५ (१.५ खर्व ) बराबरको वार्षिक रुपमा आर्थिक क्षती हुने तथ्य प्रकाशन गरेको छ ।

जुन रकम नेपालको कूल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत हुने अनुमान गरीएको छ । जुन राज्यले सम्पूर्ण लेडसंग सम्बन्धित ब्यापार र व्यवसायबाट पाउने राजस्व भन्दा धेरै गुणाले बढी छ । हालै सन् २०२० मा जारी प्रतिवेदन अनुसार विश्वका हरेक तीन बच्चामा एक बच्चा अर्थात ८० करोड बालबालिकाको रगतमा लेडको मात्रा श्रछµनरमी रहेको पाईएको छ ।

यसै अध्यनले नेपालका ६७,१९,२३५ बालबालिकाको रगतमा लेडको मात्रा श्रछµनरमी रहेको पाईएको छ । जुन नेपालमा गरीएको अध्ययनको परीणामसंग मेल खान्छ । नेपाल स्वास्थ्य अनुसन्धान परीषद् लगायतका सरकारी तथा निजी संस्थाहरुबाट चार-चार पटकको बालबालिकाको रगतमा लेडसम्बन्धि गरीएका विभिन्न अध्यनहरुले ६५ देखी १००% सम्म बालबालिकाहरु लेडको उच्च जोखीममा रहेको अध्ययनहरुले देखाएका तथ्याङ्कहरुले औल्याएका छन् । 

नेपालमा पेन्ट्समा लेडको बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्वयन गरी लेड विषको विषाक्तता घटाई भावी पुस्ता बालबालीकाको भविष्य सुनिस्चित गर्न विश्व स्वास्थ्य संगठन  र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले हरेक वर्ष  ‘लेडको विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह  मनाई लेडयूक्त पेन्ट्स, लेड (सिसा) विषाक्तता, बचावट र मापदण्डबारे ब्यापक प्रचार-प्रसार गरी जनस्वास्थ्य तथा वातावरण जोगाउने पुनित कार्य गर्दै आइरहेकोछ । यसपालि पनि २०२३ अक्टोवर २२ देखी २९ (२०८० कार्तिक ५ देखी ११ गते) सम्म लेडको विषबाट बचावटका लागि एघारौं  अन्र्तर्राष्ट्रीय सचेतना सप्ताह नेपालमा भब्यताका साथ मनाऔं ।

लेड र लेडयुक्त रङ, पेन्ट, खेलौना र सामाग्रीले पार्ने असर 
पेन्ट्समा रहेको सिसाले बालबालिको आइक्यु (बौद्घिक) क्षमता कम गर्नुको साथै शारीरिक  मानसिक र बौधिक विकासमा समेत अवरोध पु¥याउँछ । मस्तिष्क द्रुत गतिमा विकास हँुदै गरेका स–साना बालबालिकाहरुले यस्ता पेन्ट्सका पाप्राहरु, धुलो र खेलौनाहरु प्राय मुखमा समेत राख्ने बानी भएकाले यी घातक रसायनहरु सजिलै बालबालिकाहरुको शरीर भित्र प्रवेश गर्न सक्ने सम्भावना बढी रहन्छ । ५ वर्ष मुनिका बालबालिकाहरु यी हानिकारक रसायनहरुको सम्पर्कमा आई प्रभावित हुनसक्ने अवस्था झन् जोखीमपूर्ण हुन्छ ।

रंगीचंगी पेन्ट्समा प्रयोग हुने रसायन लेड (सिसा) छाला, स्वासप्रस्वास, धुलो, खाने कुरा तथा छालाको माध्यमबाट शरीरमा प्रवेश गरी विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । रक्तनलीमा यसले रातो रक्त कोषिकाहरूलाई मार्दछ । फलस्वरूप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भई आवश्यक अक्सिजन पुग्न सक्दैन । लेडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउँछ ।

रक्तअल्पता यसको साधारण लक्षण हो । टाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर बृद्घिमा कमी आउने, बानी व्यहोरामा परिवर्तन आउने, श्रवण शक्ति गुम्ने साथै अचेत अवस्थामा पुग्ने जस्ता लक्षण पनि देखा पर्छन् । लगातार लामो समयसम्म लेडको सम्पर्कमा आयो भने यसले मृगौलाको कार्यमा असर पु¥याउँछ । नपुंसक बनाउन सक्छ । लेड अत्याधिक मात्रामा बिषालु हुने भएकाले लेडका केवल सानो डोजले पनि धेरै रोगका आकस्मिक लक्षणहरू देखा पर्न थाल्छन् । 

निस्कर्ष :
पेन्ट्समा लेडको सरकारी बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न गराउन सबै तहका सरकारी निकायहरु, उद्योगी, व्यापारी लगायत सबै सरोकारवालाहरु एकजुट हुनुपर्दछ । निजी क्षेत्रले पेन्ट्समा लेडको सरकारी बाध्यकारी मापदण्डलाई कमजोर पार्ने प्रयासहरुलाई सम्बोधन गर्न नेपाल सरकारले उद्योगी एवं ब्यापारीको फाईदालाई जनस्वास्थ्य र बालबालिको स्वास्थ्य भन्दा उच्च प्राथमिक्ता कदापी दिनु हुदैँन ।

पेन्ट्सहरुमा हानीकारक रसायन लेडको उपस्थिती अझैँ भैरहेको, राम्रो र बलियो मापदण्डलाई कमजोर पार्ने प्रयास नेपालको संविधानद्वारा प्रदत स्वास्थ्य सम्बन्धि मौलिक अधिकार र ३० वर्षभन्दा बढी समयदेखी पक्षधर रहेको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिद्वारा प्रदत स्वास्थ्य र सुरक्षा सम्बन्धि अधिकारको समेत उल्लङघन भइरहेकोछ ।

निजी क्षेत्रले बालबालिकाको स्वास्थ्यको लागि महत्वपूर्ण सुरक्षालाई कसरी कमजोर पार्ने बारेमा योजना बनाउनुको साट्टो पेन्ट्स र खेलौनाबाट मानव शरीरमा हर्मोनमा परीर्वतन गर्नसक्ने रसायनहरुलाई उन्मूलन गर्ने गराउने तर्फ सरकारलाई सहयोग गर्नु पर्दछ ।

नेपालमा बालबालिकाहरु बस्ने, खेल्ने, पढ्ने घर, फर्निचर, स्कुलहरुमा लगाउने पेन्ट्स र खेल्ने खेलौनाहरु, खेल मैदान र अन्य बस्तुहरुमा पाइने हानीकारक रसायनहरुको बारेमा पुर्ण जानकारी लेवलिङ्गको माध्यमबाट प्रदान गर्नु पर्ने आवस्यक्तालाई रसायन विशेषज्ञहरुले प्रोत्साहन गरिरहेकाछन् । हाल लेवलिङ्गको शून्यतामा कुनै पनि वस्तुहरुको रसायन सुरक्षाबारे उपभोक्ताहरुको जान्न पाउने अधिकारलाई कुन्ठित गराइदैछ ।

पेन्ट्स र खेलौनाबाट भयावह अवस्था आउने देख्दादेख्दै पनि नेपालमा सरोकारवाला निकायबाट खासै चासो दिइएको पाइदैन । तसर्थ सबै सरकारी तथा अन्य सरोकारवालाहरु एकजुट भएर नेपालबाट लेडयुक्त पेन्ट्स, खेलौना, खाद्य सामाग्रीको पूर्णतया उन्मुलन गर्नुपर्दछ । 

लेडयूक्त पेन्ट उन्मुलनका निम्ती अन्तर्राष्ट्रीय सञ्जाल सन् २०२३ अक्टोवर २२ देखी २९ (२०८० कार्तिक ५ देखी ११ गते) सम्म लेडको विषबाट बचावटका लागि एघारौं  अन्र्तर्राष्ट्रीय सचेतना सप्ताह नेपालमा भब्यताका साथ मनाऔं र यसपालीको भ्लम ऋजष्मिजययम ीभबम एयष्कयलष्लन  सम्बन्धि नारालाई सबै मिलि चरितार्थ पारौं ।

सुझावहरु :
नेपाली बजारमा आयात, उत्पादन, विक्रिवितरण तथा प्रयोग हुने पेन्टहरु र खासगरी ईनामेल पेन्टमा अन्तराष्टिय मापदण्ड ९० पिपिएम भन्दा बढी लेड भएको पेन्टहरु आवस्यक ऐन, कानून, र मापदण्डभित्र ल्याई बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी लेडको सम्पर्कमा आउनबाट जोगाउनेतर्पm आवश्यक पहल गर्नुपर्छ ।

–सरकार निकायहरुद्वारा तोकिएको मापदण्ड भन्दा बढि लेड मिसाइएको रङ्ग पेन्टको उत्पादन, आयात, निर्यात, बिक्री बितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउन निती नियम तथा कानून निर्माण गरि कडारुपमा कार्यान्वयन गर्नुपर्ने । 

–रङ्ग तथा पेन्ट उद्योग, नेपाल रङ्ग उत्पादक संघ, नेपाल चेम्बर अफ कमर्सहरुद्वारा रङ्गको उत्पादन क्रममा लेडको प्रयोगलाई निरुत्साहित गर्दै अन्य बिकल्पको प्रयोगलाई प्रोत्साहन गर्ने ।

–शिक्षा बिभाग, शिक्षा मन्त्रालय तथा निजि विद्यालय संगठनहरुद्धारा रङ्ग, पेन्ट तथा खेलौना खरिद गर्दा रसायन सम्बन्धी जानकारी एवम लेबलिङ लिने साथै सरकारी तथा निजी विद्यालय तथा कलेजहरुमा लेड नमिसाइएको रङ्ग मात्र खरिद तथा प्रयोग गर्न निर्णय गरी सम्पूर्ण सदस्य विद्यालयलाई जानकारी गराउने ।

–उपभोक्ताद्वारा सुरक्षित आवासको लागि लेड नमिसाइएको रङ्गको माग गर्ने तथा व्यापारिलाई लेड मिसाइएको रङ्गको बिक्री बितरण नगर्न सरसल्लाह दिने तथा आफ्नो बालबालिकाको नियमित रुपमा रगत परीक्षण गर्ने ।

–विज्ञापन निकाय, सञ्चार जगत तथा कलाकारद्वारा रङ्गको सामाग्री रसायनहरुको बारेमा जानकार रहनुपर्ने तथा बालबालीकाको स्वास्थ्यलाई हानी गर्ने रङ्ग र अन्य बस्तुहरुको प्रचार प्रसार गर्न बन्द गर्नुपर्ने । आदी ।


प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्