Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँके क्षेत्र नम्बर २ मा महामन्त्री थापाको कार्यक्रम सफल बनाउन सुझाव
बाँके क्षेत्र नम्बर २ मा महामन्त्री थापाको कार्यक्रम सफल बनाउन सुझाव
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, चैत २६, २०८०

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थालेको संवाद यात्राका क्रममा बाँकेको क्षेत्र नम्बर २ मा हुन लागेको कार्यक्रमलाई सफल बनाउन आवश्यक सुझाव दिइएको छ । कांग्रेस क्षेत्र नम्बर २ बाँकेको आयोजनामा आगामी २०८१ साल बैशाख १ गतेका दिन बाँकेको कम्दी र नेपालगन्जको त्रिभुवन चोकमा हुन लागेको कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सुझाव दिइएको हो । 

कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सोमबार सम्पन्न छलफलमा उपस्थित पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता र शुभेच्छुक संस्थाका प्रतिनिधि लगायतले सुझाव दिदै कार्यक्रमलाई सफल पार्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । पार्टीका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले महामन्त्री थापाको संवाद यात्रालाई सफल पार्न सम्बन्धित क्षेत्रभित्र रहेका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । ‘पार्टीका सबै तहका कार्यकर्तालाई जिम्मेवार बनाउन जरुरी छ,’ बाल्मिकीले भने । 

यस्तै राष्ट्रिय सभाका सदस्य एवम् कांग्रेस बाँकेका पूर्वसभापति युवराज शर्माले महामन्त्री थापाले संवाद यात्राका क्रममा पार्टीको हितमा बोल्ने र त्यसले कार्यकर्तामा उत्साह थप्ने विश्वास गरे । यात्राका क्रममा महामन्त्री थापाले गुटको बैठकभन्दा आमपार्टी कार्यकर्तालाई समय दिएर उनीहरुका समस्या र मर्का बुझ्नुपर्ने सुझाव दिए ।

यसैगरी कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले विगतको भन्दा ब्यापक सहभागितामा महामन्त्री थापाको कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए । ‘महामन्त्री ज्यूको कार्यक्रमलाई विगतको जस्तो खल्लो हुन नदिऔं, हामीले कहाँनिर के सहयोग गर्नुपर्छ, सहयोग गर्न जिल्ला समिति तयार छ,’ उनले भने । 

सो क्रममा नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वजिल्ला उपसभापति सुनिल नरसिंह राणा, जिल्ला सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेताहरु राजकुमार बर्मा, सुदिप नरसिंह राणा, मुकुन्द केसी, प्रहलाद लखेर, महासमिति सदस्य सुलोचना शर्मा, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी,  जिल्ला सदस्य अमृतकुमार आचार्य, नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक सभापति धनराज बर्मा, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लोकतान्त्रिक खेलकुद संघ बाँकेका अध्यक्ष बदुरुद्धिन अन्सारी, प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, कांग्रेस युवा नेता अरुणकुमार शाह लगायतले सुझाव दिएका थिए । 

क्षेत्रीय सभापति गुप्ताले महामन्त्री थापाको कार्यक्रमलाई भब्य रुपमा सफल पार्न क्षेत्रीय कार्यसमितिले पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग छलफल गर्ने बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको उक्त छलफलमा प्रदेश सभा-२ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव प्रदिप शाहसहित कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 

Congress-2-Number-Chhalfal-Photo-2-1712577296.jpeg

Congress-2-Number-Chhalfal-Photo-3-1712577295.jpeg

Congress-2-Number-Chhalfal-Photo-4-1712577294.jpeg

Congress-2-Number-Chhalfal-Photo-5-1712577297.jpeg


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्