Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘प्रदेश सरकारले सत्ता टिकाउनलाई मन्त्रालयको संख्या थप्यो’ : सभापति पुन
‘प्रदेश सरकारले सत्ता टिकाउनलाई मन्त्रालयको संख्या थप्यो’ : सभापति पुन
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ ४, २०८१

नेपालगन्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या नबढाउन कांग्रेसले दिएको सुझावलाई सत्तारुढ दलले लत्याएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्रकाशन गरेको भित्तपात्रो विमोचन कार्यक्रमलाई नेपालगन्जमा शुक्रबार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पुनले लुम्बिनी प्रदेश सरकारले जनताका पैसामा मनपरी गरेको बताए ।

‘लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउन कांग्रेसले ध्यानाकर्षण गराएको हो, तर अहिलेको सरकारले सत्ता टिकाउनलाई मन्त्रालयको संख्या थप्यो, प्रदेश सरकार मनपरी ढंगले चलिरहेको छ,’ उनले भने । पद बाँड्नलाई राज्य कोषबाट पैसा हिनामिना गर्ने छुट कसैलाई नभएको सभापति पुनले चेतावनी दिए ।

प्रमुख प्रतिपक्ष दल भएपछि प्रदेश संसदभित्र कांग्रेसले विकृति विरुद्ध जोडदार रुपले आवाज उठाउन नसकेको सभापति पुनको भनाई छ । ‘कतै पछि मन्त्री बन्न पाइएला, झण्डा हल्लाउँला भन्ने आशाले हाम्रा सांसदहरु बस्नु भएको छ की भन्ने लागेको छ,’ उनले भने । अर्को प्रसंगमा पुर्वमन्त्री समेत रहेका पुनले सहकारी काण्डका विषयमा संसदिय छानविन समिति बनाउनमा एमाले बढी आत्तिएको बताए ।

‘देशभरका सहकारी संस्थामा एमालेका ९० प्रतिशत कार्यकर्ता संलग्न छन्, कतै समिति बन्यो भने हाम्रा कार्यकर्तालाई जोगाउन सकिदैन कि भन्ने डरले गर्दा एमाले पहिल्यै झस्किएको हुनुपर्छ, त्यही भएर जो ब्यक्ति सहकारी काण्डमा मुछिएको छ, त्यो भन्दा बढी आक्रामक एमाले बनेको छ,’ सभापति पुनले भने । 

उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रिय अध्यक्ष अर्जुन गिरी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतले पनि मन्तब्य राखेका थिए ।

युनियन लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा स्वागत मन्तब्य सदस्य गौरव गिरीले गरेका थिए, भने सञ्चालन महासचिव नविन गिरीले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्