Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश वनमन्त्री हमाललाई गृह जिल्लामा भब्य स्वागत –(भिडियो सहित)
प्रदेश वनमन्त्री हमाललाई गृह जिल्लामा भब्य स्वागत –(भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक १, २०७८

नेपालगन्ज : लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्लामा भब्य स्वागत गरिएको छ । मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला बाँके आइपुगेका उनलाई कांगे्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले स्वागत गरेका हुन् । स्थलमार्ग हुदै आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, कोहलपुर, हवल्दारपुर, राँझा र नेपालगन्जमा सोमबार भब्य रुपले स्वागत गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी मन्त्री हमाललाई बाजागाजासहित स्वागत गरिएको थियो । कोहलपुरमा आयोजित कार्यक्रममा सहभागी भएपछि उनले लखनास्थित एक मन्दिरको दर्शन गरेका थिए । त्यसपछि नेपालगन्ज आएर प्रशिद्ध शक्तिपीठ बागेश्वरी लगायत विभिन्न मन्दिरको दर्शन गरे । 

ओलम्पियन समेत रहेका मन्त्री हमाललाई बागेश्वरी मन्दिर परिसरमा खेलाडीको एक समुहले स्वागत गरेको थियो । घरबारी टोल क्षेत्रमा मन्त्री हमाल आफै घर–घरमा पुगेर भेटघाट समेत गरे । ठुलो संख्यामा उपस्थित भएका कांग्रेस नेता तथा कार्यकर्ता, आफन्त तथा शुभेच्छुकले माला, खादा र अबिर लगाएर उनको स्वागत गरे । 

स्वागत पश्चात मन्त्री हमालले आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै आफुमाथी आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पर्वक काम गरेर देखाउने प्रतिवद्धता जनाए । ‘एउटा ठुलो जिम्मेवारी म माथी थपिएको छ, म माता बागेश्वीसँग प्रार्थना गर्दछु, उहाँले जुन म माथी विश्वास गर्नु भएको छ, त्यो विश्वासमा म खडो र इमान्दारीपुर्वक काम गरेर देखाउनेछु,’ उनले भने । 

मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको बताए । ‘अब अगाडी हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउन राम्रो हुन्छ, त्यसकारणले भन्नुभन्दा गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने ।  

आगामी दिनमा बाँके जिल्लाको तीन वटै क्षेत्रमा नेपाली कांग्रेसलाई जिताउन सम्पुर्ण कार्यकर्तालाई एकवद्ध भएर अगाडी बढ्न उनले आग्रह पनि गरे । स्वागत पाउनु राजनीतिककर्मीका लागि खुसीको कुरा भएको बताउँदै मन्त्री हमालले भने, ‘मैले यतिखेर आफ्नो दाई स्वर्गिय रणेन्द्रबहादुर हमाललाई सम्झिरहेको छु, जसरी रणेन्द्रबहादुर हमालले हिजो पञ्चायतकालमा नेपाली कांग्रेसलाई अगाडी डोर्याए, जुन माया र ममता मेरोे माइलो दाई रणेन्द्रबहादुर हमालले पाए, उहाँले देखाएको बाटोमा म हिड्छु ।’ आफुलाई स्वागत गर्ने नेपाली कांग्रेस र प्रजातन्त्रप्रेमी सबैप्रति उनले आभार प्रकट गरे ।

स्थलमार्ग भएर नेपालगन्ज आएका उनलाई आइतबार पनि विभिन्न ठाउँमा स्वागतसँगै बधाई दिएका थिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।

नेपालगन्ज-२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका थिए । गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ । उनी बाँकेमा रहँदा विभिन्न कार्यक्रम तथा भेटघाटमा ब्यस्त हुनेछन् । 

यो पनि पढ्नुस् :

लुम्बिनी प्रदेशका वनमन्त्री हमाललाई ठाउँ-ठाउँमा स्वागत

स्वागत गरेको भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल 
किसान महासंघ क्षेत्रीय समिति घोषणा, सभापतिमा श्रेष्ठ र सचिवमा मल्ल  सोमबार, असार २, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh Narainapur Gaupalika ko Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्