Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन १८, २०८२

नेपालगन्ज : बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल थालेको छ । नेपाल किसान महासंघ बाँकेले आइतबार विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पहल गरेको हो ।

सानलाई समयमै रासायनिक मल उपलब्ध गराउन महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेको थियो । मानो रोपी मुरी फलाउने बेला रासायनिक मल अभावमा बर्षेनी किसानले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै मल तथा वितरण प्रणालीका बारेमा उक्त टोलीले जानकारी समेत लिएको थियो । नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेको ती कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराएको हो । 

‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत नआउला भन्न सकिँदैन, रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गरेका छौं, सचिव रौनियारले भने, ‘च्याउसरी खुलेका सहकारीका कारण समेत मल वितरणमा समस्या देखिएको पाइयो, उनीहरुले आफ्ना शेयर सदस्यलाई प्राथमिकता दिदाँ अन्य किसानले मल पाउने गरेका छैनन् ।’

कृषि सामाग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले वर्षेनी खेती गर्ने क्षेत्रफल बढ्दो र माग अनुसारको मल प्राप्त नहुँदा मलको अभाव देखिएको बताए । उनले यसका लागि केन्द्र सरकारबाटै आवश्यक पहल भएमा समस्या नहुने भन्दै आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको र केही दिनमा थप मल आउने र तत्कालै वितरण गर्ने बताए ।

यता अनुदानको मल वितरण गरिरहेको अर्को निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा ५ हजार बोरा युरिया स्टक रहेको तर, लिमिटेडको प्रदेश कार्यालयबाट पत्र नआउँदा वितरण गर्न नपाएको निमित्त कार्यालय प्रमुख धु्रबमान श्रेष्ठले बताए । केही मल आउने क्रममा रहेको बताउँदै श्रेष्ठले यसका लागि पहल गरिरहेको जनाए । साल्टले किसानलाई अनुदानको मल उपलब्ध गराइरहेको दावि गरेको छ । तर, अधिकांस सहकारी र किसानले भने साल्टबाट उपलब्ध हुने मलको कुनै लेखाजोखा नहुने र कम गुणस्तर हुने गरेको गुनासो छ ।

यसैबीच उक्त टोलीले आईतबार नै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरलाई समेत भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकोले त्यसमा मितब्ययिता अपनाउन आग्रह गरेको थियो । नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी सम्मलित महासंघ बाँकेको उक्त टोलीले गरेको मागलाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख घर्तीमगरले किसानको पहिचान खुल्ने गरी जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए । 

उनले भने,‘भारतबाट आउने मलको रेकर्ड राख्न जग्गाको पुर्जाको फोटोकपी अनिवार्य गरेका हौं, असली किसानले यो सुविधा पाओस् भन्ने हाम्रो मान्यता हो, तर त्यसको नाममा कालोबजारी गरिएको भेटिए कारबाही गर्ने उनले बताए । उनले भने,‘मलको चरम अभावबाट केही राहत प्रदान गर्नका लागि आवश्यक परामर्शपछि यो खुकुलोपना गरिएको हो तर, यसलाई कसैले कालोबजारीका रुपमा लिए कानूनी कारबाही हुनेछ ।’

सरकारले मल आपूर्ती गर्न नसकेको, वितरण प्रणालीमा पारदर्शिता नरहेको र किसानहरु मलको अभावमा वर्षेनी समस्या झैल्दै आएको प्रति गम्भीर आपत्ती जनाउँदै नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति अधिकारीले मलको कालो बजारी रोक्न, किसानको नाममा आएको मल उनीहरुलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । सोक्रममा नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का सभापति सुरेन्द्र कुमार श्रेष्ठ, नेपालगन्ज नगर कार्यसमितिका अध्यक्ष लोकबहादुर शाहले सरकारको ढिलासुस्ती, स्थानीय निकायको मौनता र संवेदनशील विषयमा केन्द्रले आवश्यक ध्यान नदिदाँ किसानले सास्ती खेप्नुपरेको भन्दै रासायनिक मलको सहज उपलब्धता र वितरणका लागि माग गरेका थिए ।

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन आवश्यक पहल गर्न नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीमा नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति अधिकारी, महासंघ केन्द्रिय प्रतिनिधी कुन्तलाराज शर्मा, नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का अध्यक्ष सुरेस कुमार श्रेष्ठ, सचिव विजय मल्ल, नगर अध्यक्ष लोकबहादुर शाह, महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह र १४ का अध्यक्ष भल्लु कोरीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै शनिबार, कात्तिक १, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल बिहीबार, असोज ३०, २०८२
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश बुधबार, असोज २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्