Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन महासंघको पहल
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन १८, २०८२

नेपालगन्ज : बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल थालेको छ । नेपाल किसान महासंघ बाँकेले आइतबार विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पहल गरेको हो ।

सानलाई समयमै रासायनिक मल उपलब्ध गराउन महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेको थियो । मानो रोपी मुरी फलाउने बेला रासायनिक मल अभावमा बर्षेनी किसानले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै मल तथा वितरण प्रणालीका बारेमा उक्त टोलीले जानकारी समेत लिएको थियो । नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेको ती कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराएको हो । 

‘समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई, खाद्य सुरक्षामा समेत नआउला भन्न सकिँदैन, रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरेर सहज रुपमा मल उपलब्ध गराउन माग गरेका छौं, सचिव रौनियारले भने, ‘च्याउसरी खुलेका सहकारीका कारण समेत मल वितरणमा समस्या देखिएको पाइयो, उनीहरुले आफ्ना शेयर सदस्यलाई प्राथमिकता दिदाँ अन्य किसानले मल पाउने गरेका छैनन् ।’

कृषि सामाग्री केन्द्र नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले वर्षेनी खेती गर्ने क्षेत्रफल बढ्दो र माग अनुसारको मल प्राप्त नहुँदा मलको अभाव देखिएको बताए । उनले यसका लागि केन्द्र सरकारबाटै आवश्यक पहल भएमा समस्या नहुने भन्दै आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको र केही दिनमा थप मल आउने र तत्कालै वितरण गर्ने बताए ।

यता अनुदानको मल वितरण गरिरहेको अर्को निकाय साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा ५ हजार बोरा युरिया स्टक रहेको तर, लिमिटेडको प्रदेश कार्यालयबाट पत्र नआउँदा वितरण गर्न नपाएको निमित्त कार्यालय प्रमुख धु्रबमान श्रेष्ठले बताए । केही मल आउने क्रममा रहेको बताउँदै श्रेष्ठले यसका लागि पहल गरिरहेको जनाए । साल्टले किसानलाई अनुदानको मल उपलब्ध गराइरहेको दावि गरेको छ । तर, अधिकांस सहकारी र किसानले भने साल्टबाट उपलब्ध हुने मलको कुनै लेखाजोखा नहुने र कम गुणस्तर हुने गरेको गुनासो छ ।

यसैबीच उक्त टोलीले आईतबार नै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरलाई समेत भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकोले त्यसमा मितब्ययिता अपनाउन आग्रह गरेको थियो । नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी सम्मलित महासंघ बाँकेको उक्त टोलीले गरेको मागलाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख घर्तीमगरले किसानको पहिचान खुल्ने गरी जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए । 

उनले भने,‘भारतबाट आउने मलको रेकर्ड राख्न जग्गाको पुर्जाको फोटोकपी अनिवार्य गरेका हौं, असली किसानले यो सुविधा पाओस् भन्ने हाम्रो मान्यता हो, तर त्यसको नाममा कालोबजारी गरिएको भेटिए कारबाही गर्ने उनले बताए । उनले भने,‘मलको चरम अभावबाट केही राहत प्रदान गर्नका लागि आवश्यक परामर्शपछि यो खुकुलोपना गरिएको हो तर, यसलाई कसैले कालोबजारीका रुपमा लिए कानूनी कारबाही हुनेछ ।’

सरकारले मल आपूर्ती गर्न नसकेको, वितरण प्रणालीमा पारदर्शिता नरहेको र किसानहरु मलको अभावमा वर्षेनी समस्या झैल्दै आएको प्रति गम्भीर आपत्ती जनाउँदै नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति अधिकारीले मलको कालो बजारी रोक्न, किसानको नाममा आएको मल उनीहरुलाई सहजरुपमा उपलब्ध गराउन आग्रह गरेका थिए । सोक्रममा नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का सभापति सुरेन्द्र कुमार श्रेष्ठ, नेपालगन्ज नगर कार्यसमितिका अध्यक्ष लोकबहादुर शाहले सरकारको ढिलासुस्ती, स्थानीय निकायको मौनता र संवेदनशील विषयमा केन्द्रले आवश्यक ध्यान नदिदाँ किसानले सास्ती खेप्नुपरेको भन्दै रासायनिक मलको सहज उपलब्धता र वितरणका लागि माग गरेका थिए ।

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन आवश्यक पहल गर्न नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीमा नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति अधिकारी, महासंघ केन्द्रिय प्रतिनिधी कुन्तलाराज शर्मा, नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ का अध्यक्ष सुरेस कुमार श्रेष्ठ, सचिव विजय मल्ल, नगर अध्यक्ष लोकबहादुर शाह, महासंघ वडा नम्बर–१३ का अध्यक्ष अरुण शाह र १४ का अध्यक्ष भल्लु कोरीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्