नेपालगन्ज : गतिशील लोकतान्त्रिक पार्टीले आफ्नो एजेण्डालाई जनतामाझ प्रस्तुत गर्न देश दौडाहा अभियान थालेको छ ।अभियानका क्रममा बिहीबार नेपालगन्ज आईपुगेका पार्टीका केन्द्रिय पदाधिकारीले आफ्ना शुभेच्छुक, नागरिक समाजका अगुवा, ब्यापारी, शिक्षक, पत्रकार लगायतलाई भेटेका हुन् ।
सो भेटघाटमा पार्टी अध्यक्ष दिनेश प्रसाईले अरु भन्दा फरक ढंगले जनताका मुद्दालाई उठाउन आफुहरु राजनीतिक दल खोलेर होमिएको बताए । ‘धेरै राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन्, तर अरु दल भन्दा हामी भिन्न तरिकाले जनताका मुद्दालाई उठान गर्नेछौं,’ उनले भने ।
यस्तै पार्टीका केन्द्रिय सदस्य बीरेन्द्रबहादुर बस्नेतले कृषि, पर्यटन र शिक्षामा मुख्य रुपमा काम गर्ने योजनासहित जनतामाझ रोजगारी प्रर्बद्धनका कार्यक्रम ल्याइने बताए । अरु राजनीतिक दलसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि जनताको जीवन स्तर माथी उठाउने खालका काम गरेर राजनीतिक गतिविधिलाई अगाडी बढाउने नीति रहेको सुनाए ।
भेटघाट कार्यक्रममा अर्का केन्द्रिय सदस्य रामचन्द्र खनालले रियाक्टिभबाट प्रोयाक्टिभ रुपले राजनीतिक गतिविधिमा होमिने पार्टीको स्पष्ट नीति रहेको बताए । सो क्रममा उपस्थित ब्यवसायी, शिक्षक, नागरिक समाजका अगुवा लगायतले विभिन्न जिज्ञासा राखेका थिए । उक्त पार्टीले बिहीबार नै बर्दियाको राजापुरमा पनि विभिन्न क्षेत्रका सरोकारवाला, किसान लगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको बताइएको छ ।