कोहलपुर : कोहलपुरमा विभिन्न पार्टी परित्याग गरेर ५२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।नेपाली काँग्रेस वडा कार्यसमिति काेहलपुर २ का वडा सभापति झुमलाल सुनारकाे अध्यक्षतामा आइतबार बिहान आयाेजित शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हरी बि.सी, टेकेन्द्र बि.सी, युवा संघ बाँकेका नेता शेखर खत्री, बिबेक गुरुङसहित ५२ जना काँग्रेसमा प्रवेश गरेका हुन। साे कार्यक्रममा प्रमुख अतिथी एवम काँग्रेस बाँकेका उपसभापति फुलराम थारु र विशिस्ट अतिथी तथा बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति माधवराम खत्रीले प्रवेश गराएका हुन् ।
उक्त कार्यक्रममा महासमिति सदस्य तथा नेपाल किसान संघका जिल्ला अध्यक्ष भानुभक्त भट्टराई, जनजाती महासंघ बाँके जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, काेहलपुर नगरपालिकाका उप-प्रमुख सन्जुकुमारी चाैधरी,उधाेग बाणिज्य संघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, काेहलपुर उधाेग बाणिज्य संघका सदस्य तेजु अधिकारी, बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मनप्रसाद आचार्य, नेपाल ट्रेड युनियन बाँकेका सभापति रामबहादुर मल्ल, बिमल आचार्य, लुम्बिनी प्रदेशका ट्रेड युनियन सह-सचिव सुमन पाैडेल, काँग्रेस काेहलपुर नगरका प्रवक्ता यज्ञबहादुर महराको उपस्थिति रहेको थियो ।
नेपाल तरुण दल काेहलपुर नगर कार्य समितिका सभापती हरी कठायत, नेपाल बसाेबासका बस्ती संरक्षणका केन्द्रीय महासचिव रेशम गिरी, त्रिभुवन नमुना उच्च माध्यमिक बिद्यालय व्यवस्थापन समितिका सदस्य संगीता कुमारी बुढा, अपाङ्ग नवजीवन केन्द्र बाँकेका अध्यक्ष जंग डाँगी, काँग्रेस काेहलपुर नगरपालिका २ का वडा उप-सभापती दल बहादुर कार्की लगायत पनि उपस्थित थिए ।