Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाँकेमा कांग्रेसको निर्वाचन गराउन वडामा खटिए मतदान अधिकृत
बाँकेमा कांग्रेसको निर्वाचन गराउन वडामा खटिए मतदान अधिकृत
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, कात्तिक २६, २०७८
जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रम । तस्बिर : दूरसञ्चार

नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेको थियो । 

अभिमुखिकरण कार्यक्रम पश्चात सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री दिएर पठाइएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखिकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले भने । 

अभिमुखिकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठुलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको बताए । ‘पार्टीको निर्वाचन सम्पन्न गर्न तपाईहरु वडा-वडामा खटिदै हुनुहुन्छ, तपाईमाथी ठुलो जिम्मेवारी छ, त्यसकारण निश्पक्ष र विवाद रहित ढंगले चुनाव सम्पन्न गराउनु होला,’ उनले भने । 

समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिसकेपछि तटस्थ भूमिका खेल्नुपर्ने बताए । ‘तपाईहरुले निर्वाचन सम्पन्न गर्दासम्म आफुलाई पार्टीभन्दा बाहिर राखेर काम गर्नुस्, तपाईहरुलाई कुनैपनि खालको आरोप र समस्या आउँदैन,’ उनले भने ‘तपाईको निश्पक्षतामाथी प्रश्न उठ्नु भनेको सिंगो शिक्षक संघ नै बद्नाम हुनु हो, यसमा विशेष ध्यान दिनुहोला ।’

अभिमुखिकरण कार्यक्रममा स्वागत मन्तब्य दिदै निर्वाचन परिचालन समितिका सदस्य(प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपाली कांग्रेसको निर्वाचनलाई सफल बनाउने दायित्व सबैको भएको बताए । शुभेच्छुक संस्था भएको नाताले प्रजातान्त्रिक कानुन ब्यवसायी संघ(डिएलए), नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र प्रजातान्त्रिक प्राध्यापक संघलाई पार्टीले ठुलो विश्वास गरेको उनको भनाइ थियो । ‘बाँकेको निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गरेर देशभर सन्देश दिन जरुरी छ, यसका लागि निर्वाचन विवादरहित ढंगले सम्पन्न गर्नुपर्छ,’ उनले भने ।  

निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले निर्वाचनका प्राविधिक पक्षबारे जानकारी गराएका थिए । समितिका सदस्य तथा शिक्षक संघ बाँकेका सचिव ऋषिराज शर्माले सञ्चालन गरेको अभिमुखिकरण कार्यक्रममा सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाही, प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेत, निर्वाचन परिचालन समितिका(सचिव) एवम् अधिवक्ता प्रभाकर भट्टराई लगायत उपस्थित भएका थिए । 

निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुनेछन् । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्