नारायण वली/रुपन्देही : शेयर सदस्य संख्या ५ सय ३४ जना रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-२ शंकरनगर वनबाटिका स्थित चोकमा स्थापित छ । कम्पनीले २०७६ साल पुस १० गतेसम्म अधिकृत पुँजी जम्मा गर्यो। तिलोत्तमा नगरपालिकाको योगीकुटी देखि रोहिणी ड्याम सम्मको १५ किलोमिटर दुरीमा पहिलो चरणमा रेल सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
पहिलो स्थानिय तह पश्चात तिलोत्तमा नगरपालिकाले २०७६ साल असोज ९ गते आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा राखिएको योजना अनुसार डिपिआर सम्पन्न गरी सोही डिपिआर बमोजिम तिलोत्तमा रिङरोड ट्राम रेल्वे निर्माण गर्न अनुमति दिईएको रेल्वे कम्पनीले राखेको दस्तावेजमा उल्लेख छ ।
उक्त रेल सञ्चालनका लागि निर्माण गरिने भौतिक संरचनाको वातावरणीय प्रभाव मुल्यांकनको नेपाल रेल विभाग बाट सिफारिस भई वन मन्त्रालयमा स्विकृतीको प्रक्रियामा रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्धक भोलानाथ शर्माले बताएका छन । उनका अनुसार २०७८ साल पुस २६ गते सम्पन्न दोस्रो पहिलो साधारण सभाले नयाँ सञ्चालक समिति समेत गठन गरेको बताइएको छ ।
हालसम्म तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले सिभिल कन्स्ट्रक्सन वर्क, ट्रयाक कन्स्ट्रक्सन वर्क, इलेक्ट्रिक कन्स्ट्रक्सन वर्क र स्टेशन कन्स्ट्रक्सन वर्क लगायत कार्यको कम्पनीमा सूचिकृत गरी प्रक्रिया अगाडि बढाईएको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले बताएको छ ।
पहिलो चरणको योजनामा रेल्वे कम्पनीले जम्मा ५० किलोमिटर दुरीमा नगरभित्र पर्ने योगीकुटी देखि वनबाटिका हुँदै रोहिणी ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर रेल्वे निर्माण पक्रिया अन्र्तगत सिभिल वर्कको प्रारम्भिक कार्यहरु यही साउन देखि शुरु गरिने तयारी थालिएको रेल्वे कम्पनीका प्रबन्धक शर्माले जनाए ।
बुटवल, भैरहवा देखि लुम्बिनी सम्म रेल सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, योजना आयोगको कार्यालय र यातायात मन्त्रालय प्राविधिक सर्वे तथा अध्ययनका लागि आवश्यक बजेट निकासा गर्ने बारेमा सकारात्मक रहेको साथै संघिय सरकार संग पनि वजेटको लागि समन्वय प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।
यद्यपी उद्देश्य पूरा गर्न आर्थिक संकट पैदा भए कम्पनीको शेयर सदस्य बढाउन नयाँ सदस्यता खोलिने, स्थानीय, प्रदेश र संघिय सरकार समेत शेयर सदस्य हुनेगरी लगानी गर्ने वातावरण तयार गरिने र अरु विकल्पका रुपमा राष्ट्रिय÷अन्तराष्ट्रिय संस्थाबाट ऋण लिन सकिने व्यवस्था गरेर भएपनि योजना पूरा गरेरै छाड्ने कम्पनीले जनाएको छ ।
रेल सञ्चालनपछि हुने फाईदा :
–कम भाडामा यात्रुहरुलाई ओसारपसार हुने ।
–पर्यटकहरुलाई सहज र आकर्षणको केन्द्र ।
–स्थानिय स्तरमा उत्पादन वस्तुको वजारीकरण एंव ढुवानीमा सहज ।
आम्दानी/यात्रुहरुको सम्भावना के छ ?
योगीकुटी देखि रोहिणी ड्याम सम्म १५ किलोमिटरको दुरीमा रेल सञ्चालन भएमा अन्य खर्च कटाएर
१ बर्षमा एक करोड आम्दानी हुने भएको कम्पनी अनुमान गरिएको छ । त्यस्तै डिपिआर अनुसार सञ्चालन गरिएमा ५० किलोमिटर दुरीमा ३३ करोड आम्दानी हुने उल्लेख गरिएको छ ।
एउटा रेलमा ३ वटा डिब्बा हुने, त्यसमध्ये एउटामा ७० जना चढ्न मिल्ने र दैनिक सो रेलमा १० हजार यात्रुहरुले सवार गर्ने अनुमान गरिएको छ । जसअनुसार महिनामा ३ लाख भन्दा माथिले यात्रा गर्ने अपेक्षा गरिएको छ भने, कर्षमा ३६ लाख २८ हजार यात्रुहरु चढ्ने जनाईएको छ । रिङरोड अन्तरगत भाडादर भने, प्रतिव्यक्ति १ सय रुपैयाँ तोकिने कम्पनीका प्रबन्धक शर्माले जनाए ।