Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालगन्ज उपमहानगर सभापतिमा कस्ले बाजी मार्ला ?
नेपालगन्ज उपमहानगर सभापतिमा कस्ले बाजी मार्ला ?
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज १०, २०७८

नेपालगन्ज : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन नजिकिदै गर्दा यतिखेर नेपालगन्ज उपमहानगर क्षेत्र सबैको केन्द्रमा परिरहेको छ । पुर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्वसभापति स्वर्गिय सुशिल कोइरालाको गृहनगर भएका कारण पनि नेपालगन्जलाई जिल्लादेखी केन्द्रसम्म निकै महत्वका साथ हेर्ने गरिन्छ । 

आसन्न निर्वाचनमा नेपालगन्ज उपमहानगर सभापति पदमा तीन जना आकांक्षी देखिएका छन् । कांग्रेस कार्यकर्ताको नजरमा यि तीनै जना ब्यक्ति आफैमा योग्य र बलियो मानिन्छन् । यि मध्ये कस्ले बाजी मार्ला ? कांग्रेस कार्यकर्ताले अहिले विभिन्न कोणबाट अड्कल बाजी गरिरहेका छन् ।

नयाँ नेतृत्वका लागि वर्तमान उपमहानगर सभापति प्रशान्त विष्ट, नेतृ उमा थापामगर र बिनोद रिजालले आकांक्षा राखेका हुन् । तीनै जना आकांक्षी पार्टीका युवा नेता हुन् । उनीहरु कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् । 

वर्तमान सभापति विष्टले तत्कालिन नेपालगन्ज नगर सभापति भएर पाँच वर्ष र उपमहानगर भएपछि थप पाँच वर्ष गरी १० वर्ष कार्यकाल सम्हाल्ने अवसर पाए । १४ औं महाधिवेशनमा पनि विष्टले पुनः उपमहानगर सभापतिमै उम्मेदवारी दिने तयारी गरेका छन् ।

जिल्लामा पालिका स्तरको अधिवेशनका लागि अहिलेसम्म महिलाले सभापति पदमा आकांक्षा राखेका छैनन् । नेतृ थापा सम्भव त जिल्लाकै एक मात्र पालिका सभापतिको उम्मेदवार हुदैछिन् । उनी नेपालगन्ज उपमहानगरपालिकाको उप–प्रमुख पनि हुन् । नेपाल बिद्यार्थी संघ र नेपाल प्रेस युनियनको पुर्वकेन्द्रिय सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु कोषाध्यक्षमा उनको अनुभव छ । 

यस्तै युवा नेता रिजाल वर्तमान नेपाल तरुण दल बाँकेको जिल्ला सचिव हुन । पार्टीको भातृ संगठनमा रहेर लामो समय काम गरिसकेका उनले यसपटक उपमहानगर सभापतिमा उम्मेदवारी दिन लागेका हुन् । उपमहानगरमा पार्टीको संगठन बलियो बनाउनका लागि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको रिजाल बताउँछन् ।

‘ जबसम्म संगठन मजबुद हुदैन, तबसम्म पार्टी बलियो हुदैन,’ उनले भने ‘मेरो उम्मेदवारी पार्टी संगठन बनाउनका लागि नै हो ।’ स्वर्गिय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न आफु नेतृत्वमा आउन खोजेको रिजालले बताए ।

यस्तै नेतृ थापाले संगठन निर्माण नै आफ्नो प्रमुख एजेण्डा रहेको बताईन् । ‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हुन लागेको हो,’ उनले भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिलाले पनि नेतृत्वमा आउन सक्षम छन् भन्नका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’  नेतृत्व हस्तान्तरण पनि आफ्नो चुनावी एजेण्डा रहेको नेतृ थापाले बताईन् ।

वर्तमान सभापति विष्टले आफुले पार्टीलाई झन् बलियो बनाउन पुनः सभापति पदमा उम्मेदवारी दिन लागेको बताए । ‘आउने स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने मेरो पहिलो एजेण्डा हो, यसअघिको अनुभवलाई अब कार्यान्वयनमा लैजानेछु,’ उनले भने ‘साथीहरुको आवश्यकता र सुझाव अनुसार म फेरी एक पटक दोहोरिन लागेको हुँ ।’

सभापति विष्टका अनुसार नेपालगन्जको १ देखी २३ वडामा नयाँ र पुरानो गरी ३ हजारको हाराहारीमा क्रियाशिल सदस्य रहेका छन् । 

सम्बन्धित समाचार पढ्नुस् :

बाँकेको सदस्यता विवाद टुंगियो, निर्वाचन तालिका सार्वजनिक हुदै


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १०:०३
#कांग्रेस महाधिवेशन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै शनिबार, कात्तिक १, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल बिहीबार, असोज ३०, २०८२
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश बुधबार, असोज २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्