Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर नगरपालिका पहिलो, दोस्रोमा राप्ती सोनारी 
राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर नगरपालिका पहिलो, दोस्रोमा राप्ती सोनारी 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन २८, २०७९

नेपालगन्ज : कोहलपुर नगरपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । नेपालगन्जमा आइतबार सम्पन्न भएको उक्त प्रतियोगितामा २१ स्वर्ण पदक, २२ रजत र २९ कास्य पदक जित्दैं कोहलपुर पहिलो भएको हो ।

जिल्ला खेलकुद विकास समितिले यही फागुन २६ देखि प्रतियोगिता सञ्चालनमा ल्याएको थियो । प्रतियोगितामा डुडुवा गाउँपालिका बाहेक बाँकेका ७ वटा स्थानीय तहले भाग लिएका थिए । प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाले दोस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा राप्ती सोनारीले १२ स्वर्ण, १२ रजत र ८ कास्य पदक जित्न सफल भएको हो ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । नेपालगन्जले ६ स्वर्ण पदक, ९ रजत र ७ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो । प्रतियोगितामा बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, ३ रजत ८ कास्य पदक सहित चौथो, खजुराले ४ स्वर्ण, २ रजत र ९ कास्य सहित पाँचौं, नरैनापुर १ स्वर्ण सहित छैठांै र जानकी गाउँपालिका ३ कास्य पदक सहित सातौं स्थानमा आएको छ । 

प्रतियोगितामा ५० स्वर्ण, ४८ रजत र ६४ कास्य पदकका लागि ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपालगन्ज उपमहानगरपालिकाका राहुल सुनार र नेपालगन्जकैं चमेली चौधरी, भलिबलमा ब्राइटल्याण्डका मनिष पुन र सरस्वती माध्यामिक बिद्यालय राप्ती सोनारीकी निकिता कुमारी थारु, कबड्डीमा जनता माध्यामिक बिद्यालय खजुराका साहबुद्धिन बेहना र ज्ञानोदय माध्यामिक बिद्यालय खजुराकी आशु क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहको सभापतित्वमा भएको समापन कार्यक्रममा विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । समापन समारोहका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’, लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आर्चाय, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २२:४५
प्रतिक्रिया दिनुहोस्
थप खेल
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎ बिहीबार, फागुन २८, २०८२
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी बुधबार, फागुन २७, २०८२
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी
सुपरस्टारलाई 'प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो' उपाधी शनिबार, फागुन ९, २०८२
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो
टी-२० विश्वकप : वेस्ट इन्डिज सुपर ८ मा, लगातार तीन हारपछि नेपाल बाहिरियो आइतबार, फागुन ३, २०८२
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य
तेस्रोपटक विश्‍वकप खेल्दा सुपर ८ मा पुग्ने नेपालको लक्ष्य बिहीबार, माघ २२, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता 
नरैनापुर-६ मा सुरु भयो दोस्रो वडा कप फुटबल प्रतियोगिता  सोमबार, माघ ५, २०८२
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर) आइतबार, माघ ४, २०८२
'टुर डे ठाकुरद्वारा' सचिवालयकाे उद्घाटन
'टुर डे ठाकुरद्वारा' सचिवालयकाे उद्घाटन आइतबार, माघ ४, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्