Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा क्वाटर फाइनलका खेल सम्पन्न  
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा क्वाटर फाइनलका खेल सम्पन्न  
विजय मल्ल
विजय मल्ल शुक्रबार, माघ १२, २०८०

नेपालगन्ज : नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम ‘नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन’ प्रतियोगितामा शुक्रबार क्वाटर फाईनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा विभिन्न विधामा गरि ३२ जना खेलाडी सेमिफाईनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दाहालले एपिएफकै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जीवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३, २१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिन् ।

यसैगरी, पुरुष युगल (बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज बैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

त्यसैगरी गुलरियाका शरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।

पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे । 

पुरुष युगल ९भेट्रान्स ४५ प्लस० बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुसालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे । 

मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार सेमिफाइनल र फाईनलका लागि शनिबार (भोली ) १५ वटा खेल हुनेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी उपाधिका लागि फाईनलमा भिड्नेछन् । 'नकआउट' आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ ।

बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो । बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन । 

बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताएका छन् ।  अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार(भोली( दिउँसो ३ बजे हुनेछ, भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनेछन् । प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउनेछन् । महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउँनेछन् । 

यस्तै पुरुष युगल (बी लेभल) ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन् । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्