Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : विभिन्न विधाका खेल सम्पन्न 
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : विभिन्न विधाका खेल सम्पन्न 
विजय मल्ल
विजय मल्ल शनिबार, माघ २७, २०८०

नेपालगन्ज : ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पहिलो दिन पहिलो दिन विभिन्न विधाका खेल सम्पन्न भएका छन् । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा कबड्डी छात्रातर्फ सम्पन्न खेलमा खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगपालिका फाइनलमा पुगेका छन्, भने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तेस्रो स्थान ओगट्न सफल भएका छन् । यस्तै छात्रतर्फको कबड्डी भने आइतबार (भोली) हुनेछ ।

नेपालगन्ज रंगशालाको कर्भड हलमा भएको छात्र भलिबलतर्फ फाईनलमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिड्नेछन् । आइतबार भएको खेलमा राप्ती सोनारीलाई बैजनाथले र कोहलपुरले नेपालगन्जलाई हराउँदै फाईनलमा पुगेका हुन् । नेपालगन्जलाई हराउँदै राप्ती सोनारी तेस्रो स्थान हुन सफल भयो ।

शनिबार नै सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्ती सोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो । कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्ती सोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो भए । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता बि.क. प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्ती सोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गरिन् ।

छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता बि.क प्रथम र राप्ती सोनारीकी अनिसा परियार तेस्रो भइन् । यस्तै ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्ती सोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गरे । 

यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मी बुढाथोकीले दोस्रो स्थान प्राप्त गरिन् । यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमनसिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक बि.कले दोस्रो स्थान प्राप्त गरे । 

कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्ती सोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गरे । यसैगरी ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्ती सोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गरे । 

कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्तसिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गरे । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्ती सोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे । 

कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्ती सोनारीका मनिकराज कुमाल तेस्रो भए । काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्ती सोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गरिन् । 

शनिबार नै सम्पन्न ४×१०० रिले छात्रातर्फ राप्ती सोनारी प्रथम, नेपालगन्ज दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । ४×१०० रिले छात्रतर्फ खजुरा प्रथम, नेपालगन्ज दोस्रो र राप्ती सोनारीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।  छात्र १५०० मिटर दौडतर्फ राप्ती सोनारीका करण नेपाली प्रथम, खजुराका राहुल धौलागिरी र कोहलपुरका निराजन शाही तेस्रो हुनुभयो ।

यसैगरी छात्रा १५०० मिटरतर्फ राप्ती सोनारीकी अनिशा थारु प्रथम, कोहलपुरकी दिशिखा शाही दोस्रो र राप्ती सोनारीकी सुष्मा खड्काले तेस्रो स्थान हाँसिल गरे । छात्र १०० मिटरतर्फ दौडमा बैजनाथका मनोज बि.क प्रथम हुँदा बैजनाथकै पुरन थापा दोस्रो भए, भने कोहलपुरका प्रतिक सुनारले तेस्रो स्थान प्राप्त गरे । यस्तै छात्रा १०० मिटरतर्फको दौडमा नेपालगन्जकी आरुषी भट्टराई प्रथम, राप्ती सोनारीकी सम्झना थारु दोस्रो हुँदा नेपालगन्जकै तुलसी बि.कले तेस्रो स्थान प्राप्त गरे । 

छात्रा ४०० मिटर दौडतर्फ राप्ती सोनारीकी अनिसा थारु प्रथम हुँदा राप्ती सोनारीकै रामकुमारी थारु दोस्रो भइन् भने कोहलपुरकी स्वस्तिका शाहीले तेस्रो स्थान प्राप्त गरिन् । छात्र लङजम्पतर्फ राप्ती सोनारीका रमेश थारु प्रथम, बैजनाथका यूवराज खत्री दोस्रो र राप्ती सोनारीकै आशिक थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै छात्रा लङजम्पतर्फ नेपालगन्जकी चमेली चौधरी प्रथम, कोहलपुरकी तुलसी दमाई दोस्रो र बैजनाथकी रेणु बि.एमले तेस्रो स्थान प्राप्त गरे ।

छात्रा शटपटतर्फ नेपालगन्जकी आरुषी भट्टराई प्रथम हुँदा नेपालगन्जकै रिमा राना दोस्रो र बैजनाथकी अस्मिता महतराले तेस्रो स्थान प्राप्त गरे । यसैगरी छात्र सटपटतर्फ राप्ती सोनारीका विराज विक प्रथम, बैजनाथका अमित सिंह दोस्रो र खजुराका प्रसुन गुरुङले तेस्रो स्थान प्राप्त गरे ।

जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईका अनुसार प्रतियोगितामा करिव १ हजार खेलाडी सहभागी भएका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबारका खेलहरु बिहान ७ बजेदेखि सञ्चालन गरिनेछ ।


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्