Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
खेल
  • Home
  • खेल
  • राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा राप्ती सोनारीको उत्कृष्ट प्रदर्शन
राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा राप्ती सोनारीको उत्कृष्ट प्रदर्शन
बिमला चौधरी
बिमला चौधरी शनिबार, माघ २७, २०८०

नेपालगन्ज : ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन राप्ती सोनारीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका छन् ।

नेपालगन्जमा शनिबारबाट सुरु भएको ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथ्लेटिक्स तर्फ ६ सोर्ण सहित राप्ती सोनारी प्रथम भएको हो । शनिबार सम्पन्न ४×१०० रिले छात्रातर्फ, छात्र छात्रा १५०० मिटर दौड, छात्रा ४०० मिटर डौड र छात्र लङजम्प तथा छात्र शटपुटतर्फको प्रथम उपाधिमा राप्ती सोनारीका खेलाडीले कब्जा जमाउन सफल भएका छन् ।

छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली, छात्रा १५ सय र ४ सय मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु, छात्र लङजम्पतर्फ राप्तीसोनारीका रमेश थारु, छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम भएका छन् भने ४×१०० रिले छात्रातर्फ  पनि राप्ती सोनारी नै प्रथम भएको छ । 

यसैगरी शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।

कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो भए । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गरे ।

छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो भईन् भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गरिन् ।

यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गरिन् । यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गरिन् ।

कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गरे ।

कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गरे । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे ।

कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो भए भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गरिन् ।

शनिवार सम्पन्न खेलमा एथ्लेटिक्स तर्फ राप्ती सोनारी प्रथम भएपनि समग्र खेलको नतिजा अनुसार दोस्रो स्थान रहेको छ । बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जित्नुमा राप्तीसोनारीकै खेलाडीको ठूलो हात रहेको राप्ती सोनारी गाउापालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

गत बर्ष राप्ती सोनारीका खेलाडीले मात्र प्रदेशमा आधा दर्जन बढी पदक दिलाउन सफल भएको भन्दै यस बर्षपनि खेलाडीको हौसला बढाउन निरन्तर लागिरहेको अध्यक्ष पौडेलको भनाई छ ।

राप्ती सोनारीका गेम टिचर पति राम चौधरी, मनोज थारु, कमला जैशी, राप्ती सोनारी निवासी एथ्लेटिक्सका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी वाल कृष्ण चौधरी, स्थानिय खेलकुद बिकास समिती राप्ती सोनारीका संयोजक तेज बहादुर सुबेदी, सचिवालय सदस्य तथा क्रिकेटर ममता थापा र सम्पूर्ण खेलाडीको नेतृत्व गरिरहेका प्रताप सिंह थारुको अथक प्रयासले राप्ती सोनारीका खेलाडिले राम्रो खेल प्रदर्शन गर्न सफल भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
थप खेल
दोस्रो ‘नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५’ गरिदैँ
दोस्रो ‘नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५’ गरिदैँ बिहीबार, असोज ३०, २०८२
विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
विश्वविख्यात धावक केन्याका जोन केलाई नेपालगन्जमा
विश्वविख्यात धावक केन्याका जोन केलाई नेपालगन्जमा आइतबार, असोज २६, २०८२
नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने
नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने शुक्रबार, असोज २४, २०८२
आसिफ र सन्दीपको अर्धशतकमा नेपालले वेष्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य
आसिफ र सन्दीपको अर्धशतकमा नेपालले वेष्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य सोमबार, असोज १३, २०८२
'जेन-जी' आन्दोलनमा ज्यान गुमाएका शुलभ र आयुसको यसरी गरियो सम्झना-(फोटो फिचर)
'जेन-जी' आन्दोलनमा ज्यान गुमाएका शुलभ र आयुसको यसरी गरियो सम्झना-(फोटो फिचर) बिहीबार, असोज २, २०८२
लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्षमा थापा निर्वाचित 
लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्षमा थापा निर्वाचित  मंगलबार, भदौ १७, २०८२
नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डमा दौडिने अवसर 
नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डमा दौडिने अवसर  शुक्रबार, भदौ १३, २०८२
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा   शनिबार, साउन ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्