Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा राप्ती सोनारीको उत्कृष्ट प्रदर्शन
राष्ट्रपति रनिङ शिल्ड : एथ्लेटिक्समा राप्ती सोनारीको उत्कृष्ट प्रदर्शन
बिमला चौधरी
बिमला चौधरी शनिबार, माघ २७, २०८०

नेपालगन्ज : ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन राप्ती सोनारीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका छन् ।

नेपालगन्जमा शनिबारबाट सुरु भएको ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथ्लेटिक्स तर्फ ६ सोर्ण सहित राप्ती सोनारी प्रथम भएको हो । शनिबार सम्पन्न ४×१०० रिले छात्रातर्फ, छात्र छात्रा १५०० मिटर दौड, छात्रा ४०० मिटर डौड र छात्र लङजम्प तथा छात्र शटपुटतर्फको प्रथम उपाधिमा राप्ती सोनारीका खेलाडीले कब्जा जमाउन सफल भएका छन् ।

छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली, छात्रा १५ सय र ४ सय मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु, छात्र लङजम्पतर्फ राप्तीसोनारीका रमेश थारु, छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम भएका छन् भने ४×१०० रिले छात्रातर्फ  पनि राप्ती सोनारी नै प्रथम भएको छ । 

यसैगरी शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।

कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो भए । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गरे ।

छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो भईन् भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गरिन् ।

यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गरिन् । यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गरिन् ।

कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गरे ।

कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गरे । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गरे ।

कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो भए भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गरिन् ।

शनिवार सम्पन्न खेलमा एथ्लेटिक्स तर्फ राप्ती सोनारी प्रथम भएपनि समग्र खेलको नतिजा अनुसार दोस्रो स्थान रहेको छ । बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जित्नुमा राप्तीसोनारीकै खेलाडीको ठूलो हात रहेको राप्ती सोनारी गाउापालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

गत बर्ष राप्ती सोनारीका खेलाडीले मात्र प्रदेशमा आधा दर्जन बढी पदक दिलाउन सफल भएको भन्दै यस बर्षपनि खेलाडीको हौसला बढाउन निरन्तर लागिरहेको अध्यक्ष पौडेलको भनाई छ ।

राप्ती सोनारीका गेम टिचर पति राम चौधरी, मनोज थारु, कमला जैशी, राप्ती सोनारी निवासी एथ्लेटिक्सका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी वाल कृष्ण चौधरी, स्थानिय खेलकुद बिकास समिती राप्ती सोनारीका संयोजक तेज बहादुर सुबेदी, सचिवालय सदस्य तथा क्रिकेटर ममता थापा र सम्पूर्ण खेलाडीको नेतृत्व गरिरहेका प्रताप सिंह थारुको अथक प्रयासले राप्ती सोनारीका खेलाडिले राम्रो खेल प्रदर्शन गर्न सफल भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:४३
प्रतिक्रिया दिनुहोस्
थप खेल
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै
प्रथम अशोक स्मृति कप फुटबल आजदेखि सुरु हुँदै आइतबार, वैशाख २७, २०८३
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि आइतबार, वैशाख २७, २०८३
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्