Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन २४, २०८२

नेपालगन्ज : तीन वर्षअघिसम्म भेरी अस्पतालमा ‘फरेन्सिक मेडिसिन’ विभागमा विशेषज्ञ चिकित्सकको पद पुर्ति नै थिएन । तालिम प्राप्त मेडिकल अधिकृत (एमबिबिएस) चिकित्सकले नै फरेन्सिक जाँच अन्तर्गत मृतकको ‘पोष्टमार्टम’ र कुनै घटनाका घाईतेको घाउँ जाँच अर्थात् ‘क्लिनिकल फरेन्सिक मेडिसिन’ को काम गर्नुपथ्र्यो । प्रहरी वा अदालतलाई चिकित्सकजन्य कानूनी राय दिनका लागि पोष्टमार्टम रिपोर्ट र क्लिनिकल फरेन्सिक मेडिसिनमा स्वास्थ्य जाँच गर्ने गरिन्छ । 

जब फरेन्सिक मेडिसिन(एमडी) डा. अरविन शाक्यको आगमन भयो, त्यसपछि अस्पतालको फरेन्सिक मेडिसिन विभागले फड्को मार्यो । लोकसेवा आयोगको स्थायी दरबन्दीमा कार्यरत डा. शाक्य २०७९ असारमा भेरी अस्पतालको सेवामा जोडिएका हुन् । त्यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक वर्ष र काठमाडौं मेडिकल कलेजमा दुई वर्ष फरेन्सिक मेडिसिन विभागमै काम गरेको उनको अनुभव छ । 

भेरी अस्पतालमा पहिले १७ दिनको तालिम लिएका मेडिकल अधिकृतले मृतकको पोष्टमार्टम र जिवित ब्यक्ति (बलात्कार, कुटपिट, जलन सम्बन्धी)को  क्लिनिकल फरेन्सिक मेडिसिनको काम गथ्र्ये । विशेषज्ञ चिकित्सक आईसकेपछि त केही फरकपन हुने नै भयो । कानुनी झण्झटिलो, विवादमा पर्ने डर, पीडित र पीडक पक्षको धम्की आउने जस्ता कारणले प्रायः चिकित्सकहरु फरेन्सिक मेडिसिन अध्ययन गर्न चाहदैनन् । त्यसैले देशभर फरेन्सिक मेडिसिनका विशेषज्ञ चिकित्सकको संख्या न्यून मात्रामा रहेको छ ।  

ललितपुर निवासी डा. शाक्यले भने एमबिबिएस उर्तीण गरिसकेपछि फरेन्सिक मेडिसिन क्षेत्रमै काम गर्ने सोच बनाए । यसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘एमडी’ अध्ययन पुरा गरे । फरेन्सिक जाँच सरकारी अस्पतालबाट मात्र गर्ने कानुनी प्रावधान रहेको छ । भेरी अस्पतालमा डा. शाक्य आईसकेपछि पोष्टमार्टम र क्लिनिकल फरेन्सिक मेडिसिनमा स्वास्थ्य परिक्षणको क्रम ह्वात्तै बढ्यो । वार्षिक रुपमा करिव ५ सयको हाराहारीमा मात्रै मृतकको शव पोष्टमार्टम हुन थाल्यो । तीन वर्षदेखी सोही हाराहारीमा वर्षेनी मृतकको शव पोष्टमार्टम गरिएको छ । 

एक दिनमा अधिकतम करिव १२ वटा शव पोष्टमार्टम गरेको उनको अनुभव छ । भेरी अस्पतालमा आईसकेपछि पनि एक दिनमा भेरी ८ वटा शव पोष्टमार्टम गरिसकेको उनी स्मरण गर्छन् । ‘कहिले काही त खाना खाने फुर्सद पनि हुदैन, पोष्टमार्टम कक्ष आसपासमा रोईरहेका दृश्य देख्दा आफैलाई पनि नराम्रो लाग्छ,’ डा. शाक्य भन्छन्, ‘परिवार र आफन्तहरु रोईरहेका हुन्छन्, पोष्टमार्टम गर्दा साना बच्चाहरुको मृत शरिरमा ब्लेड लगाउन अलि अप्ठ्यारो लाग्छ, तर रिपोर्ट दिनकै लागि भएपनि उनीहरुको शरिर चिरफार गर्नैपर्छ ।’ 

Dr-Anbin-Shakya_Bheri-Hospital_Photo-1754733990.jpg
अस्पतालमा मृतकको पोष्टमार्टम(फरेन्सिक जाँच) बाहेक क्लिनिकल फरेन्सिक मेडिसिन अर्थात् जिवित ब्यक्तिको स्वास्थ्य परिक्षण पनि उत्तिकै संख्यामा गरिन्छ । क्लिनिकल फरेन्सिक मेडिसिन अन्तर्गत प्रहरी र अदालतले सोधेको खण्डमा चिकित्सकजन्य कानूनी राय दिइन्छ । ‘जबरजस्ती करणीका घटनामा पीडित र पीडकको शरिर जाँच, कुटपिटका घटनामा घाउँ जाँच गरेर प्रतिवेदन पेश गरिन्छ, जलन सम्बन्धी केश, मेडिकल उमेर जाँच रिपोर्ट पनि हामी दिन्छौं,’ डा. शाक्यले भने ।  क्लिनिकल फरेन्सिक मेडिसिन’ अन्तर्गत घाइते र बलात्कार पीडितको स्वास्थ्य जाँच पनि धेरै संख्यामा हुदै आएको छ । 

‘अस्पतालमा प्रायः आत्महत्या र सवारी दुर्घटना सम्बन्धी शव बढी आउँछन्, कतिपय अवस्थामा कर्तब्य ज्यान सम्बन्धी शवको पनि पोष्टमार्टम गर्नुपर्ने हुन्छ, यि मध्ये कर्तब्य ज्यान र झुण्डिएको अवस्थामा फेला परेका शव बढी सम्वेदनशिल र शंकास्पद हुन्छन्,’ डा. शाक्य भन्छन्, ‘झुण्डिएको हो या होईन भनेर हामीले रिपोर्ट दिनु नै पर्ने हुन्छ, तर पीडित पक्षले एउटा कुरा भन्छ, पीडक पक्षले अर्को कुरा भन्छ, त्यस्तो अवस्थामा हामीले कसैको कुरा नसुनेर आफ्नो विज्ञताका आधारमा सही रिपोर्ट दिनुपर्ने हुन्छ ।’ 

नियम अनुसार फरेन्सिक जाँच रिपोर्ट तीन दिनभित्रमा दिनुपर्ने भएपनि संवेदनशिल घटनाका रिपोर्ट प्रदान गर्न एक/दुई दिन बढी समय लाग्न सक्ने उनी बताउँछन् । ‘कर्तब्य ज्यान, जबरजस्ती करणी लगायत मुद्धा चल्ने केशमा कहिले काही त अदालतसम्म पनि पुगेर न्यायाधीश र वकिलका अगाडी रिपोर्टको विस्तृत कुरा बुझाउनुपर्छ,’ डा. शाक्यले भने, ‘हामीले फरेन्सिक जाँचमा हरेकको कारण मात्रै रिपोर्टमा खुलाउँछौंं, कसैमाथी दोषारोपन गर्दैनौं ।’ 

फरेन्सिक मेडिसिन क्षेत्रमा काम गर्दै जादाँ डा. शाक्यलाई मृत शरिरमाथी ‘ब्लेड’ चलाउने कुरा अहिले सामान्य नै लाग्न थालिसकेको छ । पोष्टमार्टम गर्दा कतिपयका परिवार र आफन्तले मृतकको शरिरमा ठुलो घाउ नबनाईदिन आग्रह गर्छन् । कतिपयले आफ्नो अनुकुलको रिपोर्ट बनाईदिन थ्रेट पनि दिन्छन् । तर यि सबै कुराबाट डा. शाक्य कत्तिपनि बिचलित छैनन् ।

‘कतिपयले धेरै नचिरिदिनुस् भनेर पनि भन्छन्, दुर्घटनाको चोटमा सामान्य चिरफारले हुन सक्छ, तर चोट नै छैन र मृत्यु शंकास्पद छ भने त्यो अवस्थामा धेरै चिरफार गर्नुपर्ने अवस्था पनि आउँछ,’ उनले थपे, ‘कतिपय अवस्थामा मृत्यु अगाडीको रिपोर्टले पनि पोष्टमार्टम रिपोर्ट दिने काममा सहज बनाईदिन्छ, तर शरिर नै नजाँचेर फरेन्सिक रिपोर्ट दिन सकिदैन ।’ 

जीर्ण भवन र न्यून जनशक्तिबाट सेवा 
अस्पतालको पोष्टमार्टम कक्ष जीर्ण अवस्थामा पुगिसकेको छ । तरपनि डा. शाक्यको टिमले दिनरात काम गरिरहेको छ । फरेन्सिक मेडिसिन विभागमा केही पद आवश्यक भएपनि अहिलेसम्म डा. शाक्य र एक जना कार्यालय सहयोगीले मात्र सेवा दिइरहेका छन् । ‘पोष्टमार्टम भवन जीर्ण भईसकेको छ, घरका भित्ता फुट्ने अवस्थामा छन्, जनशक्ति पनि न्यून छ, म र एक जना कार्यालय सहयोगीले काम गरिरहेका छौं,’ उनले भने ।

डाक्टर शाक्य कहिले काही बिदामा हुँदा अस्पतालका तालिम प्राप्त मेडिकल अधिकृतले फरेन्सिक रिपोर्ट दिने ब्यवस्था मिलाइएको छ । डा. शाक्यका अनुसार अस्पतालमा उपलब्ध १४ जना मेडिकल अधिकृत(एमबिबिएस) चिकित्सकलाई फरेन्सिक मेडिसिन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

चिरफार गर्दा आवश्यक पर्ने दुई वटा मात्र टेबुल पोष्टमार्टम कक्षमा अहिले चालु अवस्थामा रहेका छन् । चार वटा शव राख्न मिल्ने ‘डिफ्रिज’ चालु अवस्थामा रहेपनि ६ वटासम्म शव राख्न मिल्ने ‘डिफ्रिज’ भने मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । यस्तै विभागमा फरेन्सिक ल्याबको पनि अभाव छ । नियम अनुसार फरेन्सिक ‘हिस्टोप्याथोलोजी’, ‘फरेन्सिक डिएनए’ र ‘फरेन्सिक टक्सिकोलोजी’ ल्याब अनिवार्य रुपमा हुनुपर्छ । ‘टक्सिकोलोजी र हिस्टोप्याथोलोजी ल्याब स्थापना गर्न सकियो भने मात्रै धेरै फरेन्सिक रिपोर्ट गुणस्तरिय एवम् प्रभावकारी हुन्छ,’ डा. शाक्य भन्छन् । 


प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा मंगलबार, पुस ८, २०८२
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित आइतबार, पुस ६, २०८२
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे  यस्तो छ भेरी अस्पतालको धारणा 
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे यस्तो छ भेरी अस्पतालको धारणा  शुक्रबार, पुस ४, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्