बाँकेको बैजनाथ गाउँपालिकाले विगतका वर्षझै आर्थिक वर्ष २०८१/०८२ मा पनि आफ्ना योजना तथा कार्यक्रमलाई सफल रुपमा गरेको जनाएको छ । गाउँपालिकालाई सुशासन र पारदर्शी बनाउन थुप्रै कामहरु भएका छन् । गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवाबारे सर्बसाधारण नागरिकलाई जानकारी गराईन्छ । कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय तथा सहकार्यबाट गाउँपालिकाका कामहरु भईरहेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा के, कस्ता योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्यो ? काम गर्दा के कस्ता चुनौती छन् ? यि लगायत विविध विषयमा बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसँग अर्जुन ओलीले गरेको संवाद :-
गाउँपालिकाको प्रशासनिक काम काज कसरी चलेको छ ?
नियम अनुसार हुनुपर्ने कामहरु यथा समयमा भइरहेको छ । कर्मचारीहरु कार्यालयमा छन् । काम नियमित प्रक्रियामा भइरहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को योजना र कार्यक्रम कार्यान्वयनको अवस्था कस्तो छ ?
हामी लगभग ८० प्रतिशत पुर्वाधार कार्यहरु सम्पन्न गरिसकेका छौं । ६०, ७० प्रतिशत जति चालु प्रकृतिका कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं । अरु सेवा प्रवाह गर्नुपर्ने सामाजिक सुरक्षाका कुराहरु चाही सबै चाही यथा समयमा भइरहेका छन् । केही कार्य सम्पन्न भएका छन्, तर चाही भुक्तानी भएको अवस्था देखिएकोले प्रगति अंकमा देखाउन समस्या परेको छ ।
जनप्रतिनिधि र कर्मचारी बीच कत्तिको समन्वय भएको छ ?
हरेक क्रियाकलापमा समन्वय भएको छ । सबै कुरामा छलफलका माध्यमबाट चाही कार्यक्रमहरु कार्यान्वयन हुने गरेको छ । समन्वय राम्रो छ ।
गाउँपालिकाको सेवा प्रवाह गर्नमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । कर्मचारीको ब्यवस्थापन र परिचालन कसरी भइरहेको छ ?
पक्कै पनि कार्यान्वयन गर्ने क्रममा चाही कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी त्यति रिक्त भएको अवस्था देखिदैन । एक दुई वटा पद चाही रिक्त छ । बाँकी पदहरुमा पदपुर्ति नै छ । दरबन्दी अनुसार कर्मचारीहरुलाई जिम्मेवारी दिएर कार्यालय सञ्चालन गर्ने ब्यवस्थापन गरिएको छ । वडा होस् या स्वास्थ्य चौकी होस् या बिद्यालय होस् । गाउँपालिकाको क्रियाकलाप होस् । कर्मचारीको ब्यवस्थापन तत् स्थानमा चाही कर्मचारी राखिएको छ । जनगुनासो खासै सुनिएको छैन ।
गाउँपालिकामा अहिले कर्मचारी दरबन्दीको अवस्था के छ ?
गाउँपालिकामा दुई वटा दरबन्दी प्रशासनतर्फको र कृषि तथा पशु तर्फको दरबन्दीहरु रिक्त रहेको छ । अन्य पदपुर्ति नै छ । कृर्षि तर्फको दरबन्दीहरु लोक सेवामा माग गर्ने क्रम गरिराखेका छौं । र प्रशासनको दरबन्दी लोक सेवा मागको आकृति फाराम भरेर पठाईसकेका छौं ।
कर्मचारीको अभावले सेवा प्रवाहमा कत्तिको अप्ठ्यारो हुन्छ ?
सबै कार्यक्रमहरु कर्मचारीमार्फत नै सञ्चालन हुने भएकोले कर्मचारी नभएमा सेवा प्रवाहमा प्रभाव त पर्छ नै । तर, यतिबेला चाही कार्यक्रम कार्यान्वयन गर्ने अलि दवाव त हुन्छ । बढी काम गर्नुपर्ने समय हो । कर्मचारीलाई बिदा छाड्ने, कतै काजमा पठाउने, लामो समयमा काजमा पठाउने गरिएको छैन । सबैको बन्द गरिएको छ । त्यसैले हामीले कर्मचारीको अभाव हुन दिएका छैनौं ।
गाउँपालिकालाई सुशासन र पारदर्शी बनाउन के के काम गर्नु भएको छ ?
हामीले सार्वजनिक सुनुवाईहरु गरिरहेका छौं । सूचनाहरु सूचना पाटीमा टाँस्ने, बेवसाइटमा राख्ने काम चाही हामीले गरिरहेका छौं । हामीले के काम गर्दैछौं, भन्ने कुराको जानकारी चाही जनतालाई थाहा होस् भन्ने उद्देश्यले चाही हाम्रा माध्यमहरु प्रयोग गरेर हाम्रा जानकारीहरु जनता समक्ष राखिरहेका छौं । हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ । त्यस्तो गुनासो देखिएको छैन ।
गाउँपालिकालाई समृद्ध बनाउन कर्मचारी प्रशासनको भूमिका के हुन्छ ?
कर्मचारीको भूमिका महत्वपूर्ण नै हुन्छ । किनभने कार्यान्वयन गर्ने मुख्य ब्यक्ती नै कर्मचारी हो । त्यसको साथ साथै जनप्रतिनिधिको पनि त्यतिकै भूमिका हुन्छ । कर्मचारीले यथासमयमा आफ्नो जिम्मेवारी बहन गरिदिएमा कुनैपनि संस्था समृद्ध हुन सक्छ ।
अन्त्यमा, समग्र गाउँपालिकाबासीलाई के भन्नुहुन्छ ?
सम्पूर्ण बैजनाथ गाउँपालिकाबासीलाई म के भन्छु भने हामीले यहाँहरुका केही गुनासाहरु छन्, काम भएको छैन । कही गुनासो छ, अथवा कुनै कर्मचारीले समस्या सिर्जना गरेको छ भने कार्यालयमा आएर यथासमयमा हामीलाई जानकारी गराईदिनु भयो र यहाँहरुको केही समस्या छ भने गाउँपालिकामा यथासमयमा आएर जानकारी गराईदिनु भयो भने यहाँहरुको समस्या समाधान गर्न हामी तत्पर छौं । हामी यथासमयमा सेवा प्रवाह गर्छौ ।