Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, साउन ८, २०८२

बाँकेको बैजनाथ गाउँपालिकाले विगतका वर्षझै आर्थिक वर्ष २०८१/०८२ मा पनि यस आफ्ना योजना तथा कार्यक्रमलाई सफल रुपमा कार्यान्वयन गरेको दाबी गरेको छ । गाउँपालिकाले उक्त आर्थिक वर्षमा समग्र रुपमा कस्ता-कस्ता योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्यो ? काम गर्दा के-कस्ता चुनौती छन् ? यि लगायत विविध विषयमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायसँग अर्जुन ओलीले गरेको संवाद :-

गाउँपालिका उपाध्यक्ष भएर काम गरिरहँदा कस्तो अनुभुति भइरहेको छ ?
गाउँपालिका उपाध्यक्ष भएर काम गरिरहँदा मलाई चाही आफ्नो सेवाप्रति एकदमै गौरवान्दित महसुस हुन्छ । जुन यहाँका जनताको सेवा गर्न पाइरहेको छु । आफुलाई त्यो सेवामा रहेर काम गर्न मलाई एउटा रमाईलो क्षण जस्तो लाग्छ । सामान्य महिला दिदी बहिनीहरुसँग, बालबालिकाहरुसँग जोडिएर काम गर्न मलाई एकदमै आफ्नो जिन्दगीमा एउटा खुसीको क्षण जस्तै लाग्छ । 

जनताको अपेक्षा स्थानीय सरकारप्रति कस्तो छ ?
जनतामा अपेक्षा चाही ब्यक्तिगत अपेक्षाहरु बढ्दो त्यो चाही हामीले पाएका छौं । जबकी, स्थानीय सरकारले ब्यक्तिगत ईच्छा र अपेक्षा भन्दापनि हामीले सामुहिक रुपमा काम गर्ने क्रममा ब्यक्तिगत रुपमा पनि आफ्ना अपेक्षाहरु पुरा भईदिएको भए हुन्थ्यो, सरकारले त्यस्ता किसिमका कामहरु गरिदिएको भए हुन्थ्यो भन्ने जनताको अपेक्षा छ । तर, अझ विशेषगरी सामाजिक विकासमा पनि अझै स्थानीय सरकारले जोड दिएर काम गरिदिएको भए भन्ने चाही यस्ता किसिमका जन अपेक्षाहरु आउँछन् । 

आफ्नो जिम्मेवारीलाई कसरी ब्यवस्थापन गरिरहनु भएको छ ?
ब्यवस्थापनको विषयमा त मलाई एकदमै अप्ठ्यारो, एकदमै गाह्रो भएर पनि मैले ब्यवस्थापन गरिरहेको छु । म गृहणी पनि हुँ । बैजनाथ गाउँपालिकाको उपाध्यक्ष भएपनि मैले मेरो घर पनि मिलाउनुपर्छ । बालबच्चालाई पनि हेर्नुपर्छ । साथ साथै आफ्ना जिम्मेवारी जुन जनताले दिनु भएको जिम्मेवारी छ, यो जिम्मेवारीको कामलाई पनि लिनुपर्छ । मैले सबै किसिमको आफ्ना कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु । अप्ठ्यारो महसुसलाई सहजता बनाउने क्रममा लिदै गरिरहेको छु । 

जनप्रतिनिधि भएर काम गरिरहँदा घर परिवारबाट कत्तिको सहयोग भइरहेको छ ?
परिवारको सहयोगबाट नै म यहाँसम्म पुगेको हो । अहिले चाही बाल बच्चाहरु अलि साना, सबै कुराको ब्यवस्थापन गर्ने कुरामा सहयोग चाही भइरहेको छ ।

स्थानीय सरकार कार्यसञ्चालन ऐनले उपाध्यक्षलाई धेरै जिम्मेवारी दिएको छ । ति जिम्मेवारीलाई कसरी पुरा गरिरहनु भएको छ ?
उपाध्यक्षलाई ऐनले दिएको जिम्मेवारीलाई मैले विभिन्न क्षेत्रमा हेर्नुपर्ने हुन्छ । मेरो अनुगमनको पाटो, त्यसपछि न्यायिक समिति छ, बालबालिका क्षेत्र, राजश्व परामर्श देखी लिएर विभिन्न क्षेत्रहरुलाई उपाध्यक्षले हेर्नुपर्ने जिम्मेवारी छ । यसलाई मैले क्षेत्रगत रुपमा मैले आफ्नो पाएको जिम्मेवारीमा सकभर त्यो जिम्मेवारीलाई पुरा गर्ने कुरामा लागिरहेको छु ।

तपाई स्थानीय न्यायिक समितिको संयोजक हुनुहुन्छ । मुद्दाको छिनोफानो कसरी गर्नु हुन्छ ?
न्यायिक समितिमा हामीलाई दुई किसिमको अधिकार छ । संविधानको धारा ४७ को ‘क’ र ‘ख’ बमोजिमका दुई वटामा हामीले टेकेर काम गर्नुपर्छ । एउटामा विवादलाई मेलमिलाप माध्यमबाट समाधान गराउनुपर्ने हुन्छ र अर्को चाही निरुपन गर्ने अधिकार छ । धेरैजसो विवादहरु हामीले मेलमिलापमा नै समाधान गराउने प्रयासमा लाग्छौं । धेरै किसिमका मुद्दाहरु मेलमिलापबाट पनि समाधान गराएका छौं । केही मेलमिलापबाट हुन नसकेकालाई यता निरुपनतिर ल्याएर निर्णय गर्ने गरेका छौं । 

कुनै मुद्दाहरु मिल्न नसकेपछि जिल्ला अदालतसम्म पुगेको अवस्था छ ?
मिल्न नसकेका कुराहरुमा जस्तो श्रीमान र श्रीमतीको विवादका कुराहरु आए । उहाँहरुलाई डिभोर्स(सम्बन्ध बिच्छेद) गराउने अधिकार हामीलाई छैन । हामीले मेलमिलापमा नै धेरै प्रयास गरेर उहाँहरुलाई मिल्नै नसकेपछि अदालती पाटो रोजेपछि हामीले अदालतसम्म जाने सल्लाह दिन्छौं । र अन्य त्यस्ता किसिमका विवादहरु चाही अहिलेसम्म हामीले सकभर समाधान गरेका छौं । कहि कतै मात्रै समाधान हुन नसकेका जिल्ला सम्म गएका छन् । होईन भने हामीले यतै समाधान गराएका छौं । 

काम गर्ने क्रममा दवाव, प्रभाव कत्तिको आउने गर्छ ?
यसको लागि मैले अरु ठाउँमा सुनेको दवाव आउँछ कि भन्ने कुरा । तर, मलाई त्यस्तो लाग्दैन । अहिले सम्म कुनैपनि पक्षले मेरो पक्षमा गर्दिनुपर्यो भनेर त्यसरी दवाव दिएको अवस्था छैन । हामी यो ठाउँमा बसिसकेपछि दवाव भन्दापनि दुबै पक्षको कुरा सुनेर मध्यविन्दु के हो त ? उहाँहरुलाई रोज्न लगाएर सकभर समाधानको पक्षमा जाने प्रयास गछौं । त्यसकारण पनि होला त्यसरी खासै दवाव अहिलेसम्म आएको छैन । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्