Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १२, २०८१

जनसंख्याको हिसाबले देशकै ठुलो गाउँपालिका हो, बैजनाथ । विभिन्न समुदायको बसोबास रहेको यस गाउँपालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधि र कर्मचारी सक्रिय छन् । जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पुरा हुँदा गाउँपालिकालाई समृद्धिसँग जोड्न के कस्ता प्रयास भए ? अझै के-के गर्न बाँकी छन् ? यि विविध विषयमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीसँग गरिएको संवाद :-

जनप्रतिनिधि भएदेखी यहाँको ब्यस्तता कस्तो छ ?
जनप्रतिनिधि भएदेखी ब्यस्तता त भईहाल्छ नै । कार्यतालिका बनाएर काम गर्नुपर्छ । बिहानदेखी बेलुकासम्म कार्यालयका काम त भईहाले, जनतालाई पनि भेटघाट गर्नुपर्यो । जनताका कुरा सुन्नुपर्ने हुन्छ । त्यसैगरी निम्तो आएका विभिन्न कार्र्यक्रममा जानुपर्छ । स्थानीय सरकार प्रमुख भएपछि  अति नै ब्यस्तता हुँदा रहेछ ।

गाउँपालिकालाई समृद्धिसँग जोड्न अहिलेसम्म के-कस्ता प्रयास गर्नुभयो ?
विशेषगरी हामी निर्वाचित हुँदाखेरी जनतासँग केही कुरा बोलेको अवस्था हो । विशेषगरी बैजनाथलाई आर्थिक समृद्धि र समृद्धितर्फ लैजानुपर्छ भनेर यो सरकारले विभिन्न चरण पार गर्दै आएको छ । विशेष गरेर पहिलो चाही बैजनाथ गाउँपालिकामा करिव ७० प्रतिशत जनताहरु कृषिमा आश्रित भएको हुनाले किसानलाई प्रविधिसँग जोडेर यान्त्रीकरणसँग जोड्नुपर्छ । उनीहरुलाई उत्पादनमुखी बनाउनुपर्छ । बजारीकरण गरिदिनुपर्छ भनेर हामी लागेका छौं । यसको लागि हामीले विभिन्न किसिमको बजेट ल्याएका छौं । देशभरका ७ सय ५३ स्थानीय तह मध्ये किसानका लागि कृषि र पशुको लागि ठुलो बजेट ल्याउने पनि यही बैजनाथ गाउँपालिका हो । त्यसैले हामीले किसानलाई समेट्ने प्रयास गरेका छौं ।

कृषिका लागि कुलो बनाएका छौं । सिचाइँ ड्याम बनाएका छौं । संचित पोखरी बनाएका छौं । आर्थिक वर्ष २०८०/०८१ मा २३ वटा कृषि समरसेभल जडान गरेर किसानलाई सिचाइँमा पहुँच बढाएका छौं । सिचाइँमा विशेषगरी किन ध्यान दियौं भने पहिलो प्राथमिकता सिचाइँमा दिनुपर्छ, सिचाइँ भईसकेपछि बाँझो जमिनमा सिंचित भएपछि किसानले बेमौसमी तरकारी, अन्नबाली जे पनि उत्पादन गर्न सक्छन् । उत्पादनमा जोडिने भएको हुनाले आर्थिक समृद्धि हुन्छ । स्वरोजगार सिर्जना हुन्छ । हामीले किसानका लागि कृषि एम्बुलेन्स पनि ल्याएका छौं । खाद्यान्न गोदाम घर बनाएका छौं ।

किसानले उत्पादन गरेका चिजलाई हामीले बोक्दिने, आयात गर्दिने, त्यसपछि निर्यात गर्दिने र सँग–सँगै किसानहरुलाई खाद्यान्न डिपोको उद्देश्य के हो भनेपछि जुन गरिब किसानका छोरा छोरी हुनुहुन्छ । उहाँहरुको आर्थिकको माध्यम नै खेती किसानी हो । छोरा छोरीलाई कुनैपनि उच्च शिक्षा दिनको लागि धान, गहुँ बेच्नुपर्ने हुन्छ । उपचार गराउनु पर्यो भने त्यही अन्नबाली बेच्नुपर्ने हुन्छ । त्यसैले त्यस्ता किसानलाई बर्गिकरण गरेर हामीले चाही गोदाममा राख्ने र त्यो गोदाम अनुसार परिचय पत्र वितरण गर्ने जस्ता कामहरु चाही हामीले बैजनाथको समृद्धिको लागि एउटा खाका तयार गर्नुपर्छ ।

जस्तै स्वास्थ्य क्षेत्रका लागि पनि हामीले बैजनाथमा ३ वटा एम्बुलेन्स सञ्चालन गरेका छौं । एम्बुलेन्सले गर्भवती महिलालाई निःशुल्क बर्थिङ सेन्टरमा ल्याउने र जिल्लाको अस्पतालमा पुर्याउने गर्छन् । एम्बुलेन्सले रातोकार्ड भएका अपांगता, जेष्ठ नागरिकलाई निःशुल्क बोक्ने ब्यवस्था मिलाएका छौं । सँग-सँगै बैजनाथ गाउँपालिका जनसंख्याको हिसाबले ठुलो भएको हुनाले १५ शैंयाको अस्पताल शिलान्यास भइसकेको अवस्था छ । ठेक्का परेर पनि काम सञ्चालन भइसकेको छ । अब ओपिडी सेवा सञ्चालन गर्ने हाम्रो सोच छ । विशेषज्ञ डाक्टरहरु ल्याउने र यहाँ सर्बसुलभ तरिकाले स्वास्थ्य चेकजाँच गराउने । स्वास्थ्यको क्षेत्रमा पनि फड्को मार्नुपर्छ भनेर लागेका छौं । पर्यापर्यटनको हिसाबले पनि कन्वा तालको डिपिआर बनिरहेको छ । यहाँ लगभग ७ हेक्टरको सिमसार क्षेत्र रहेको छ । पानीको मुहानहरु छन् ।

त्यसलाई संचित गरेर सिमसार क्षेत्रको रुपमा पर्यटकीय हिसाबले अगाडी बढायौं भने त्यहाँ ड्याम बनाउने र करिव ५०/६० विघा जमिनहरु त्यो ड्यामबाट सिचाइँ गर्न सकिने, उता पर्यटकीय सम्भावना बोकेको हुनाले त्यसलाई हामीले आन्तरिक र बाह्य पर्यटक ल्याउन सक्यौं भने त्यहाँ ब्यवसाय हुने, होमस्टे चल्ने र ब्यापार गरेर कसैले पनि आफ्नो जिविकोपार्जन चलाउन सक्ने हुनाले स्वरोजगार सिर्जना गर्छौ भनेर त्यहाँ लागेका छौं । यस्तै स्वर्गिय बैजनाथ थारुको नाममा स्थापित बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बन्दैछ । बैजनाथ गाउँपालिकाको छमनियामा बन्न लागेको संग्रहालयको डिपिआर बनाउँदैछौं ।

बैजनाथ गाउँपालिकाको वडा नम्बर १ गाभरमा लायन्स पार्कलाई सौन्दर्यकरण गर्नको लागि त्यहाँ पनि डिपिआर भइसकेको अवस्था छ । यस्तै बैजनाथ-६ मा रहेको मानसरोवर प्रतिकात्मक बोटानिकल पार्कको पुर्वाधार निर्माणको लागि प्रदेशबाट बजेट ल्याएर काम भइसकेको अवस्था छ । पर्यटकको हिसाबले समृद्ध बनाउनुपर्छ । शिक्षाको हिसाबले समृद्ध बनाउनुपर्छ । त्यसैगरी कृषि, पुर्वाधारको हिसाबले पनि समृद्ध बनाउनुपर्छ भनेर लागेका छौं । पुर्वाधारका हिसाबले हाम्रो यहाँ ३/४ वटा पुल बनिसकेका छन् । बाटोहरु पनि अस्फाल्ट पिचहरु भईसकेको अवस्था छ । आर्थिक वर्ष २०८०/०८१ मा पनि धेरै कामहरु अगाडी बढाएका छौं ।

आर्थिक वर्ष २०८०/०८१ मा जनताले प्रत्यक्ष देख्ने खालका अरु कामहरु के-के भएका छन् ?
आर्थिक वर्ष२०८०/०८१ मा जनताले प्रत्यक्ष देख्ने खालका कामहरु पहिलो त भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीको जुन समस्या थियो, बैजनाथमा यो समस्या विकराल रुपमा भइरहेको थियो । यसअघि जनतालाई निस्सा वितरण गरिसकेको अवस्था थिएन । हाम्रो कार्यकालमा हामी दुई वर्ष एकदमै अहोरात्र खटिएर, कर्मचारी राखेर मालपोतमा तीन पुस्ते विवरण पेश गर्ने, सूचना निकाल्ने, केन्द्रिय भूमि आयोगमा समिष्ट गराएर, निस्सा ल्याएर हामीले निस्सा बाँडिसकेको अवस्था छ ।

बैजनाथ गाउँपालिकाको वडा नम्बर ७ बाट नापजाँच प्रक्रिया अगाडी बढेको थियो । त्यही क्रममा माथी सरकार ढल्यो । सरकार ढलेपछि आयोग ढल्यो । आयोग ढलेपछि अहिले काम अगाडी नबढाउनु भनेर अहिले रोकी राखेका छौं । एउटा देखिने लाईकको काम हामीले यो गरेका छौं । अर्को कुरा २०७२ सालमा शिलान्यास भएको नौवस्ता औद्योगिक क्षेत्रमा जनता र औद्योगिक लिमिटेडबीच जुन विवाद थियो । त्यो विवादलाई समाधान गर्नलाई स्थानीय सरकारले सर्वदलिय संयन्त्र मार्फत सहमती गरायो । त्यसपछि औद्योगिक लिमिटेडका केन्द्रिय अध्यक्षलाई बोलाएर सर्बदलिय संयन्त्र, ड्रोन नक्साबाट यसलाई जिरोबाट सुरु गर्नुपर्छ भनेर जिरोबाट सुरु गर्यौं । जिरोबाट सुरु गरेपछि नापजाँच र नक्सांकन गर्यौं । नक्सांकन गरेर नक्सा पास गर्यौं । कार्यपालिकाबाट प्रमाणित गरेर पठाएका छौं ।

जनतालाई करिव ५३ विघा छुट्याएर बाँकी जग्गामा औद्योगिक क्षेत्र सञ्चालन गर्ने र जनताको पनि ब्यवस्थापन गर्नुपर्छ भनेर स्थानीय सरकार लागेको छ । यो चरणमा लागेर हामीले चाही गृहमन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयमा स्थानीय सरकारसहित सर्बदलिय एउटा डेलिगेशन गएर त्यहाँ बुझाईसकेको अवस्था छ । मन्त्री परिषद बैठकमा गएर जुन ५३ विघा जग्गा छ, त्यो जनताको लागि नेपाल सरकारको नाममा र बाँकी औद्योगिक क्षेत्र लिमिटेडको नाममा दिएर नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्छ । यो प्रक्रिया अगाडी बढेको छ । यो पनि एउटा हामीले देख्ने लाइकको काम गरेका छौं । अर्को कुरा सिचाइँ, किसानलाई प्रविधिसँग जोड्ने कुरा, शिक्षामा सुधार र पुर्वाधार विकास, बिद्यार्थीलाई छात्रवृत्ति वितरण जस्ता काम गरेका छौं । पर्यटनलाई जोड्ने डिपिआरका काम गरेका छौं । धेरै कामहरु यो सरकारले गरेको छ । 

जनताका काम गरिरहँदा कस्ता समस्या र चुनौती आउँछन् ?
समस्या र चुनौती भन्दापनि अवसर पनि हो । हामीसँग बजेट सिमित हुन्छ । जनताका आकांक्षा धेरै हुन्छन् । विधि र विधानलाई टेकेर हामीले काम गर्नुपर्ने हुन्छ । विधि र विधानलाई टेकेर जनताका चाहनालाई कतिसम्म हामीले गर्ने भन्ने कुरा हुन्छ । सकेजति हामीले गर्ने हो, नत्र हामीले संघीय र प्रदेश सरकारसँग पनि विभिन्न किसिमका जनताका आवश्यकता, चाहनाहरु, विकास गर्नुपर्छ, शैक्षिक हब बनाउनुपर्छ, समृद्धि ल्याउनुपर्छ भनेर विभिन्न किसिमको कार्यक्रम गरेर हामीले ५४ करोड रुपैयाँ प्रदेशबाट २०८०÷०८१ को बजेटमा ल्याउन सफल भयौं । ११ वटा ओभरहेड र खानेपानी सञ्चालनका लागि पाईप लाईन विस्तार भइसकेको अवस्था छ । जस्तै नमुना बस्तीका काम भएका छन् । पुलहरु बनिसकेको अवस्था छ ।

अझैपनि जनताको चाहना पुरा भएको छैन । यो सरकारले निरन्तर काम गर्छ । हामी काम गरिराखेका छौं । हामीले गर्ने काम गरिरहेका छौं । तपाई ढुक्क हुनुस् । जसरी यो सरकारलाई पाँच वर्षका लागि अनुमोदन गरेर पठाउनु भएको थियो, सोही अनुसार जनताको लागि हामीले काम गरेका छौं । जनताका चाहना धेरै छन् । रोजगारीको माग धेरै नै छ । हामीले प्राविधिक क्षेत्र बाहेक अरुमा जागिर लगाउन सक्दैनौं । हामीले उहाँहरुलाई सम्झाउँदै गएका छौं । उहाँहरुले बुझिरहनु भएको छ । काम गर्ने क्रममा हामीलाई चूनौती पनि छ, अवसर पनि छ । आफुले काम गरिरहनु पर्छ, लागिरहनुपर्छ ।

स्थानीय सरकारप्रति जनताको बुझाई के छ ?
जनताले क्रमशः स्थानीय सरकारलाई बुझ्दै हुनुहुन्छ । नजिकको सरकार, हेर्दा देखिने, छाम्दा भेटिने, बोल्दा सुन्ने नजिकको सरकार भनेर जनताले बुझ्नुहुन्छ । स्थानीय सरकारमा आएर आफ्ना दैनिकी, आवश्यकताहरु सहज रुपमा राख्न सक्नुहुन्छ । अर्को बुझाई के छ भने स्थानीय सरकारले कति गर्ने, के गर्ने भन्ने कुरामा भरपर्ने कुरा हो । हामी लागिरहेका छौं । हामीले काम गर्न सक्यौं, सुशासन ल्याउन सक्यौं, भ्रष्टाचारलाई शुन्यमा झार्न सक्यौं र प्रशासकीय ब्यवस्थापनमा सुधार ल्याउन सक्यौं, जनतालाई सेवा प्रवाह दिदाँखेरी गुणस्तरिय सेवा दिने, समयमै दिने, त्यो सक्यौं भने जनताको चाहना नजिकको सरकार हो भन्ने कुरा चाहना हुन्छ । जनताले जुन किसिमले बुझ्नु भएको छ । नजिकको सरकार भएको हुनाले हामी गाली पनि गर्न सक्छौं, हामी माग्न पनि सक्छौं, हामी जे पनि गर्न सक्छौं, भेट्न पनि सक्छौं, स्थानीय सरकार भएर सहज भएको छ भनेर जनताले भन्नुहुन्छ । 

स्थानीय स्रोतलाई गाउँपालिकाले कसरी ब्यवस्थापन गरिरहेको छ ?
गाउँपालिकाले स्थानीय स्रोतको रुपमा आन्तरिक आम्दानीलाई ब्यवस्थित गर्ने काम गरिरहेको छ । हाम्रो एक वर्षमा ३ करोड ५० लाख सम्म आन्तरिक स्रोत परिचालन गर्छौ । अहिलेको अवस्थामा २०८०/०८१ मा एउटा ठेक्का खोलेका छौं । ठेक्काबाट हामीले जुन लक्ष्य लिएका थियौं, त्यो लक्ष्य पुरा भएको छ । लगभग ३ करोड ५० लाख नै हामीले उठाउने लक्ष्य पुरा भएको छ । आन्तरिक स्रोतबाट हामीले विभिन्न किसिमका कामहरु जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं । जनताका आवश्यकता अनुसार हामीले कामहरु गर्नुपर्छ भनेर लागेका छौं । खोलाबाट चोरी, तस्करी भइरहन्थ्यो ।

हामीले त्यसलाई बन्द गर्न नसक्ने अवस्था थियो । चोरी, तस्करीलाई रोक्नको लागि त्यसलाई मध्यनजर गर्दै सरकारले २०८०/०८१ मा खोलाको ठेक्का खोल्यौं । ८९ लाखमा ठेक्का परेको छ । ठेक्का स्वीकृत भएको रकमको ४० प्रतिशत प्रदेशमा पठाउनुपर्छ । त्यसपछि ३० प्रतिशत चाही बाँसगढी नगरपालिका र यो गाउँपालिकाको साझेदारी खोला मानखोला छ । त्यहाँ ३० प्रतिशत बुझाउनुपर्छ । बाँकी ३० प्रतिशत हाम्रो यहाँ हुन्छ । हामीले विशेष गरेर जनतालाई जुन किसिमको हामीले ठेक्का खोल्यौं, आईई रिपोर्ट अनुसार नाकाहरु छ । १०/११ वटा नाकाहरु छ । कति परिमाणको उठाउने, त्यो भन्दा धेरै परिमाणमा उठाउन पाउनु हुन्न । बिहान ६ बजे गएपछि बेलुका ७ बजेभन्दा उता गाडी हाल्न पाउनु हुन्न । नीति र सम्झौता अनुसार चाही ब्यवस्थापन भइरहेको छ । गुनासो त जनताले गरिहाल्छन् ।

गाउँपालिकामा दिर्घकालिन प्रभाव पार्ने खालका योजनाहरु अझै के-के गर्न बाँकी छ ?
गाउँपालिकामा दिर्घकालिन प्रभाव पार्ने योजनाहरु जुन कार्यान्वयन प्रक्रियामा गएका छन् । निरन्तर रुपमा पुरा हुन सकेका छैनन् । हाम्रो सपना र सबभन्दा दिर्घकालिन प्रभाव पर्ने योजना भनेको नौवस्ता औद्योगिक क्षेत्र हो । औद्योगिक क्षेत्र हामीले सञ्चालन गर्न सक्यौं भने केही नभएपनि २० हजार युवाले रोजगारी पाउने, एउटा कुरा बैजनाथ गाउँपालिकाको पनि आन्तरिक आम्दानी बढ्ने, त्यसबाट धेरै हामीले कामहरु गर्न सक्ने भएको हुनाले पहिलो त दिर्घकालिन योजनाको रुपमा त्यसलाई पनि लिएका छौं । अर्को दिर्घकालिन योजनाको रुपमा हामीले अहिले मात्रै ४ करोडको मानखोला र करेली खोलामा तटबन्ध गरिरहेको अवस्था छ । त्यो किन गर्न खोज्यौं भने सयौं विघा जमिन वर्षेनी कटान भएर जाने अनि नम्बरी खेतीयोग्य जमिन चाही मरुभुमीमा परिणत हुने, अनि बस्ती नै विस्थापित हुने अवस्था थियो ।

मानखोला र करेली खोलालाई तटबन्धबाट जनताको खेतीयोग्य जमिन बचाउनुपर्छ, भू-क्षय हुनबाट बचाउनुपर्छ भनेर हामीले फेरी बहुवर्षीय योजनाको लागि हामीले प्रदेश सरकारसँग जुन किसिमले माग गरेका थियौं, अहिले ६/७ करोड परेको छ । त्यस्तै भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीले ४० औं वर्षदेखी लालपुर्जा पाएको अवस्था छैन । यो सरकारले यसलाई पनि दिर्घकालिन योजनाको रुपमा र जनतालाई लालपुर्जा उपलब्ध गराउनुपर्छ भनेर लगभग ८० प्रतिशत काममा हामीले सफलता पाइसकेको अवस्था छ । अब नापजाँच गर्न र लालपुर्जा उपलब्ध मात्रै गराउनुपर्छ । यसको लागि संघिय सरकारसँग पहल गरेर यथाशिघ्र नापजाँच प्रक्रिया अगाडी बढाईदिन र के, कति कारणले रोकियो भन्ने कुरामा पहल गर्न यो सरकार लागिरहेको छ । त्यसैगरी पर्या–पर्यटनलाई दिर्घकालिन योजनामा जोड्न खोजेका छौं ।

किनभने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको दोवान र मुहानमा पर्ने बैजनाथ गाउँपालिका भएको हुनाले चारैतिर बाटो घाटोको सुबिधा पनि भएको अवस्थामा र पर्यटकीय गन्तब्यको रुपमा हामीले यसलाई परिचित गराउन सक्यौं भने जस्तै कन्वा ताललाई सिमसार क्षेत्रको रुपमा पर्यटकीय स्थल बनाउने, गाभरलाई अझै सौन्दर्यकरण गरेर अझै पुर्वाधार जोडेर अगाडी बढाउने, मानसरोवर प्रतिक बोटानिकल पार्कमा पनि पुर्वाधार थपेर पिकनिक स्थलको रुपमा सञ्चालन गर्ने ।

सञ्चालन गरिसकेपछि सयौं युवाले रोजगारी पाउने । ब्यवसाय गर्ने । ब्यवसाय गरेपनि आम्दानी भनेको रोजगार हो । त्यो बाट पनि बैजनाथको समृद्धिको मुहार फेर्न सकिन्छ भनेर लागेका छौं । किसानलाई आधुनिकीकरणसँग जोड्नुपर्छ र प्रशस्त मात्रामा प्रविधिसँग जोड्नुपर्छ । सबभन्दा पहिला यहाँ सिचाइँको ब्यवस्था गर्नुपर्छ र प्रविधिसँग र उत्पादनसँग जोडेर कृषि क्रान्ति ल्याउनुपर्छ भन्ने हिसाबले दिर्घकालिन योजना हामीले त्यो पनि सोचिरहेका छौं । अस्पताल निर्माण गर्ने पनि दिर्घकालिन योजना हाम्रो छ ।

गाउँपालिकालाई समृद्ध बनाउनको लागि कस्ले के गर्नुपर्ला ?
गाउँपालिकालाई समृद्ध बनाउनका लागि सरकार त भई नै हाल्यो । सरकारले एउटा त विधि र विधानमा टेकेर एक किसिमको आधार तय गरेर अगाडी बढ्ने हो । यसको लागि त सम्पूर्ण क्रियाशिल राजनीतिक दलका साथीहरुको हामीलाई त्यतिकै आवश्यकता पर्छ । जनताको पनि त्यस्तै गरेर माया चाहिन्छ । शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रबाट हामीले उठाएका योजनाहरु कार्यान्वयन प्रक्रियामा सहज रुपमा सबैले साथ दिए भने त्यो अगाडी बढाउन सकिन्छ । समृद्धिको लागि विशेष गरेर यहाँका समुदाय हुनुहुन्छ, यो नजिकको सरकार हो, यो सरकारलाई सहयोग गर्नुपर्छ । सबै दलले सहयोग गर्नुपर्छ ।

पार्टीको सिद्धान्त फरक भएपनि विकास र समृद्धिमा सबैको ध्येय एउटै हुनसक्छ । त्यसलाई एउटा मानेर यो सरकारलाई सफल बनाउनमा सबै साथीहरु मिल्यौं भने पक्कैपनि बैजनाथलाई समृद्धितर्फ जानमा कसैले रोक्न सक्दैन । अर्को कुरा समृद्धि त्यसै हुदैन, पहल पनि गर्नुपर्यो, नीति बनाउनुपर्यो, योजना बनाउनुपर्यो, सोच हुनुपर्यो । यसलाई अझै समृद्ध बनाउनलाई प्रदेश सरकार र संघिय सरकारसँग विभिन्न मन्त्रालयमा गएर यहाँका आवश्यकतालाई पुरा गराउनुपर्छ । हामीसँग जुन बजेट छ, सिमित बजेट हुन्छ । त्यो सिमित बजेटले हामीले जनताका आवश्यकता पुरा गर्न सक्दैनौं । त्यो नसकेको कारणले गर्दा प्रदेश र संघिय सरकारसँग पनि हातेमालो गरेर सबैको सहयोगमा सबैले भन्ने ठाउँमा भन्ने, मन्त्रालयको कुरादेखी विभिन्न विषयगत मन्त्रालयमा गएर हामीले केही गर्न सक्यौ भने सबै लागेर हातेमालो गरेर अगाडी बढ्ने हो भने पक्कैपनि बैजनाथ गाउँपालिका समृद्ध बन्नेछ । 

अब अन्त्यमा, आम बैजनाथ गाउँपालिकाबासीलाई के भन्न चाहनुहुन्छ ?
बैजनाथका आदरणीय आमा बुवा, दाजुभाई, दिदी बहिनीलाई म के भन्न चाहन्छु भने यो सरकारलाई पाँच वर्षका लागि तपाईहरुले अनुमोदन गरेर पठाउनु भयो । हामी भनेको जनताका सेवक हौं । हामी सेवा गर्नको लागि आएको हो । मालिक भनेको तपाईहरु हो । त्यसैले म के भन्न चाहन्छु भने जनमुखी काम गर्नका लागि सबै राजनीतिक दलका साथीहरु, बुद्धिजिवी सर्कल, नागरिक समाज, युवा लगायत सबैको हातेमालो भयो भने अवश्य पनि बैजनाथको मुहार फेर्न सक्छौं । त्यसैले म सम्पूर्ण साथीहरुलाई चाही एक ठाउँमा उभिएर बैजनाथको समृद्धिको लागि अगाडी बढ्नुपर्छ भनेर सबै आईदिनु भयो भने यो राम्रो हुन सक्छ । म यही कुरा अनुरोध गर्न चाहन्छु । धन्यवाद !


प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्