नेपालगन्ज : ‘प्लस टु’ अध्ययन गर्ने बिद्यार्थीहरुका लागि आर्दश माध्यामिक बिद्यालय नेपालगन्ज आर्कषणको केन्द्र बनेको छ । केही दिनअघि एसइई उर्तीण गरेका बिद्यार्थीहरुले प्लस टु अध्ययन गर्नका लागि आर्दशलाई आफ्नो रोजाईमा पारेका हुन् । बिद्यालयले प्लस टु अन्तर्गत कक्षा ११ को नयाँ पठन पाठन सुरु गर्नुअघि बिहीबार प्रवेश परिक्षा सुरु गरेको थियो ।
बिद्यालयका अनुसार उक्त प्रवेश परिक्षामा एक हजारभन्दा बढी बिद्यार्थीले सहभागिता जनाएका छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएर प्रवेश परिक्षामा बिद्यार्थीहरु सहभागी भएका छन् । बिद्यालयका प्रिन्सिपल महेश्वर जोशीका अनुसार करिव ६ सय ३० जनालाई पठन पाठन गराउने कोटा भएपनि झण्डै दोब्बर संख्यामा प्रवेश परिक्षामा बिद्यार्थी सहभागी हुनुले बिद्यालयप्रतिको आर्कषणलाई यसले पुष्टी गरेको हो । प्रवेश परिक्षा दिएका बिद्यार्थीको नतिजा बिहीबार नै प्रकाशित गरिएको छ ।
प्रवेश परिक्षा उर्तीण भएका बिद्यार्थीका लागि बिहीबारबाट सुरु भएको भर्ना कार्य यही जेठ २० गतेसम्म चल्नेछ, भने आगामी असार १ गतेदेखी पठन पाठन सुरु हुने बिद्यालयले जनाएको छ । ‘आर्दश माध्यामिक बिद्यालय यो क्षेत्रमै सबै बिद्यार्थीको पहिलो रोजाई बनेको छ, करिव ९ जना यो क्षेत्रबाट ४ जिपिए ल्याएका बिद्याथीको रोजाई बनेको छ, ४ जिपिए ल्याएका बिद्यार्थीहरु काठमाडौं नगएर आदर्श माध्यामिक बिद्यालयलाई रोजेको अवस्था छ,’ प्रिन्सिपल जोशीले भने, ‘गुणस्तरिय शिक्षाका लागि अहिले जुन प्रतिस्पर्धात्मक बजार छ, नेपालगन्जमै राम्रो खालको सिप, सँस्कार सहितको गुणस्तरिय शिक्षा लिनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर प्रवेश परिक्षा लिएका हौं ।’
बिद्यालयले विज्ञान र ब्यवस्थापन संकायका लागि विभिन्न विषयमा अध्यापन गर्दै आएको छ । बिद्यालयका अनुसार यि मध्ये सबैभन्दा बढी आईटी विषयमा आर्कषण देखिन्छ । यस्तै फाइनान्समा पनि बिद्यार्थीले बढी जोड दिएको पाइन्छ । यस्तै होटल म्यानेजमेन्टमा पनि बिद्यार्थीको रुची रहेको छ । आर्दश माध्यामिक बिद्यालयले नेपालगन्जमा विगत २७ वर्षदेखी निरन्तर रुपमा पठन पाठन सञ्चालन गर्दै आएको छ । उक्त बिद्यालयमा हाल नर्सरीदेखी कक्षा १० सम्म ९ सय ९७ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् । यस्तै कक्षा ११ र १२ मा १ हजार २ सय ४४ जना बिद्यार्थी यसअघि भर्ना थिए ।
बिद्यालयका चिफ डाइरेक्टर ईश्वर पोखरेलले बिद्यार्थीहरुलाई म कुन लेभलमा छु भनेर प्रवेश परिक्षाले क्लियर गराउने र बिद्यालयलाई पनि हामीले कुन स्तरका बिद्यार्थीलाई लिईरहेका छौँ भन्ने कुराको क्लियर गराउने बताए । ‘बिद्यार्थी, बिद्यालय र अभिभावकलाई हाम्रो स्तर के रहेछ भन्ने जानकारी गराउने माध्यम पनि प्रवेश परिक्षा हो,’ उनले भने ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाले २६ वर्षदेखी निरन्तर रुपले सञ्चालनमा रहेको र शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरेकाले बिद्यार्थीको आर्कषण बढेको बताए । ‘यो शिक्षाविदहरुले चलाएको स्कुल भएको हुनाले, शिक्षकको वर्गिकरण गरिएको छ, यहाँ शैक्षिक वातावरण राम्रा छ,’ थापाले भने ।
