Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, साउन १९, २०८१

विश्वराज ढकाल
प्रमुख प्रशासकीय अधिकृत, बैजनाथ गाउँपालिका बाँके 

गाउँपालिकाको समग्र कामकाज कस्तो छ ?
गाउँपालिकाको समग्र कामकाज अहिले आर्थिक वर्षको अन्तिम समय हो । गाउँपालिकामा चाही प्रमुख प्रशासकीय अधिकृतको फेरबदलका कारण थुप्रै कामहरु बन्द भएको अवस्थामा यो आर्थिक वर्षमै तीन जना परिवर्तन भईसकेपछि चौथो ब्यक्तिको रुपमा म चाही आएको छु । जे होस् हामीले आफुले भ्याएसम्म चाही काम गरिराख्या छौं । 

जनप्रतिनिधि र कर्मचारीबीच कत्तिको समन्वय गरेर काम गर्नुहुन्छ ?
वास्तवमा गाउँपालिकाको समृद्धिका लागि त जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ, किनभने जनप्रतिनिधिहरुले नीति निर्माण गर्नुहुन्छ, त्यो नीतिलाई कार्यान्वयन गर्ने काम चाही कर्मचारीको हो । त्यसैले नीति निर्माण गर्ने पक्ष र कार्यान्वयनको बीचमा समन्वयको अभाव भयो भने त कसरी काम कुरा हुन सक्ला । त्यो चाही अप्ठ्यारो कुरा हो ।

त्यसैले हाम्रो गाउँपालिकाको सन्दर्भमा भन्दाखेरी हामीले एकदमै सकारात्मक हिसाबले काम गरिराख्या छौं । जनप्रतिनिधिहरुले सहयोग गर्नु हुन्छ । जनप्रतिनिधिले कबोल गरेका, बाचा गरेका अथवा नीतिमा ल्याएका कुराहरुलाई चाही हामीले कर्मचारीको तर्फबाट कसरी पुरा गर्ने भन्ने तर्फ हामी चाही लागिरहेका छौं । त्यसैले बैजनाथ गाउँपालिकाको सन्दर्भमा भन्दाखेरी समन्वय एकदमै राम्रो छ जस्तो लाग्छ । 

गाउँपालिकाको सेवा प्रवाह गर्नमा कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । कर्मचारी ब्यवस्थापन कसरी भइरहेको छ ?
गाउँपालिकाको सेवा प्रवाह गर्नमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा त दुई मत भएन । किनभने गाउँपालिकामा हाम्रो थुप्रै खालका सेवाहरु छन् । जस्तै, विभिन्न प्रकारका शिक्षा, स्वास्थ्य, कृषि, पशु । संघियता आउनुभन्दा अगाडी जिल्लाले गर्नुपर्ने कामहरुमा चाही जिल्लास्थित कार्यालयहरुले सम्पादन गथ्र्ये यि कामहरु ।

अब स्थानीय तहमा आईसकेपछि एउटा कार्यालयले अथवा एउटा गाउँपालिकाले पहिला चाही जिल्लाले हेर्नुपर्ने सबै कामहरु चाही एउटा गाउँपालिकाले हेर्नुपर्ने अवस्थामा अलिकति लोड त पर्छ नै । गाउँपालिकामा चाही करारका पनि थुप्रै कर्मचारीहरु हामीले राखेका छौं । दरबन्दीमा पनि छन् । र हामीले सेवा प्रवाहमा गाह्रो हुन्छ भनेर चाही करारका कर्मचारीहरुले सबै शाखाहरु चाही परिपुर्ति भइसकेको अवस्थामा हामीलाई एकदमै गाह्रो, अप्ठ्यारो महसुस भएको छैन । दरबन्दी चाही पर्याप्त नै छ । काम गर्ने कर्मचारी संख्या पर्याप्त भएको हुनाले हामीलाई त्यस्तो गाह्रो भएको महसुस चाही छैन । 

करार कर्मचारीलाई नियुक्त गरेर गाउँपालिकाको कामकाज चलाउनुपर्ने अवस्था आएको हो ?
स्थायी कर्मचारीको संख्या त एकदमै न्यून छ । लगभग १०÷१५ प्रतिशत मात्रै स्थायी कर्मचारी छन् । यो हाम्रो कार्यालयमा मात्र होईन, कि यो देशैभरीको समस्या हो । सबै पालिकामा स्थायी कर्मचारीको संख्या अत्यन्तै न्यून छ । करारका कर्मचारीहरु बिना काम गर्न असम्भव भएको हुनाले अहिलेसम्म यस गाउँपालिकामा करार र स्थायी गरेर दुबै प्रकारका कर्मचारी कार्यरत रहेको अवस्था छ । 

कर्मचारी अभावले गर्दा सेवा प्रवाहमा कहिले काही अप्ठ्यारो परेको छैन ?
कर्मचारी अभावले गर्दा अहिले वर्तमान अवस्थामा भन्दाखेरी हामीलाई खासै अप्ठ्यारो परेको छैन, किनभने हामीसँग कर्मचारीहरु पर्याप्त नै छ । तर, कहिले काही कर्मचारीहरुको विशेष काम अथवा उहाँहरुको तालिम लगायत विभिन्न कामहरुले गर्दा कर्मचारीहरु अनुपस्थित हुँदाखेरी अलिकति अप्ठ्यारो पर्छ, यो स्वभाविक नै हो । तर कर्मचारी नै नभएर कुनैपनि शाखाको काम नभएर कुनैपनि शाखाको काम नभएको भन्ने चाही गर्न नसकिएको भन्ने चाही अवस्था हाम्रो गाउँपालिकामा छैन । 

तपाई स्वयंले लामो समय शिक्षा शाखा हेर्नु भयो । गाउँपालिकाले आन्तरिक स्रोतबाट कसरी शिक्षक नियुक्त गरेको छ ?
हाम्रो बैजनाथ गाउँपालिकाको शिक्षातर्फको बजेटको ठुलो हिस्सा चाही अनुदान तर्फका शिक्षकहरुको लागि जान्छ । गाउँपालिकाको समानिकरण अनुदानबाट तलब, भत्ता खुवाउने गरी ५० जना शिक्षकलाई अनुदान शिक्षकको रुपमा चाही नियुक्त गरेका छौं ।

गतवर्ष हाम्रो गाउँपालिकाको समग्रमा साढें ४ करोड बजेट शिक्षामा छुट्याइएको थियो भने, तीन करोड ८० लाख जति चाही अनुदानका शिक्षकको तलब, भत्तामा मात्रै खर्च हुन्छ । यसरी के बुझिन्छ भन्दाखेरी हाम्रो बैजनाथ गाउँपालिकामा अुनदानबाट राखिएका जुन दरबन्दी अभाव अभावका कारण बिद्यालयको पठन–पाठनमा समस्या भइरहेको थियो । बिद्यार्थी संख्याको आधारमा, शिक्षक संख्याको आधारमा बिद्यालयहरुलाई चाही हामीले ठुलो परिमाणमा चाही शिक्षकरुको दरबन्दी दिएर पठन पाठनलाई सुचारु बनाउने प्रयास अहिलेसम्म गरिराखेका छौं । 

गाउँपालिकाको सुशासन र आर्थिक पारदर्शितालाई सुधार गर्नु भएको छ ?
प्रमुख प्रशासकीय अधिकृतको रुपमा मैले जिम्मेवारी सम्हालेको धेरै भएको छैन । हामी सुशासनको लागि, पारदर्शिताको लागि के–के गर्न सकिन्छ, एकदमै लागिराखेका छौं । अब यस कुरामा हामीले आफ्नो मुल्यांकन आफैले गर्नुभन्दा पनि सेवाग्राही र जनसमुदायहरु जो बैजनाथ गाउँपालिकासँग सम्बन्धित हुनुहुन्छ । हाम्रो नजरबाट हेर्दाखेरी अहिलेसम्म राम्रै भईराखेको जस्तो लाग्छ ।

बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउनमा कर्मचारीको भूमिका के हुन्छ ?
बैजनाथलाई समृद्ध बनाउन कर्मचारीको ठुलो भूमिका छ । पहिलो कुरा त कर्मचारीहरुले सेवा प्रवाहमा अलिकति छिटो, छरितो सेवा प्रवाह प्रदान गर्नुपर्यो । दोस्रो कुरा चाही यहाँका विकास निर्माणका कार्यहरुमा चाही पुँजीगत विकासलाई चाही जोड दिनुपर्यो । पुँजीगत विकासले समृद्ध हुन्छ । यहाँको शिक्षा, स्वास्थ्य, कृषि, पशु जस्ता विभिन्न विषयगत शाखाहरुबाट चाही जनताले खोजेको, आवश्यकता भएको यस्ता कार्यक्रमहरु निर्माण गरेर हामीले ति कार्यक्रमहरु समयमै सम्पन्न गर्न सक्यौं भने बैजनाथ गाउँपालिकाको समृद्धिमा केही न केही टेवा पुग्छ । 

गाउँपालिकाले आफ्नो आन्तरिक स्रोत ब्यवस्थापन कसरी गरिरहेको छ ? 
बाँकेको सन्दर्भमा भन्दाखेरी उपमहानगरपालिका, नगरपालिकाभन्दा गाउँपालिकामा आन्तरिक स्रोत कम हुन्छ । त्यहाँ करका दायरा बढी हुन्छ । हाम्रो गाउँपालिका भएको हुनाले त्यस्तो करको दायरा फराकिलो नभएको हुनाले आन्तरिक स्रोत हामीले अपेक्षित उपलब्धी चाही हासिल गर्न सकेका छैनौं । त्यही भएर चाही अब प्रयासमा छौं । के–के गर्न सकिन्छ । आन्तरिक स्रोत कसरी बढाउने । करको दायरा बृद्धि गरेर हुन्छ कि करको क्षेत्र बढाएर हुन्छ कि के गरेर हुन्छ, यस विषयमा हामी छलफल गर्नेछौं । 

अब अन्त्यमा, समग्र गाउँपालिकाबासीलाई के भन्न चाहनु हुन्छ ?
बैजनाथ गाउँपालिकाका सम्पूर्ण समुदायहरु, जो बैजनाथ गाउँपालिकामा बसोबास गरिरहनु भएको छ । उहाँहरुलाई चाही हामीले बैजनाथ गाउँपालिकाबाट प्रवाह हुने हरेक प्रकारका सेवाहरु छिटो, छरितो एकदमै पारदर्शी, जवाफदेही तरिकाले सम्पादन गर्छौ । यस कुरामा चाही बैजनाथ गाउँपालिका प्रतिवद्ध छ । 
 
 


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ शनिबार, साउन १२, २०८१
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ बिहीबार, साउन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्