Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन १८, २०८१

कानुनले स्थानीय सरकारको उप–प्रमुखलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । ति जिम्मेवारीलाई पुरा गर्ने दायित्व उप–प्रमुखको हो । बैजनाथ गाउँपालिकामा निर्वाचित भएको दुई वर्षमा काम कसरी अगाडी बढिरहेको छ ? यि विविध विषयमा गाउँपालिका उप–प्रमुख निर्मला रोकायसँग गरिएको संवाद :-

तपाई स्थानीय सरकारको उप–प्रमुख हुनुहुन्छ, तपाईलाई घरको जिम्मेवारी सम्हाल्ने पनि उत्तिकै दायित्व छ, गाउँपालिकाको कामलाई कसरी समय दिनुहुन्छ ?
सबैभन्दा पहिला त महिला भएकै नाताले यो जिम्मेवारीपूर्ण काम घर र समाजका साथै आफ्नो यो पदिय दायित्वको जिम्मेवारी पुरा गर्न एकदमै अप्ठ्यारो छ । अहिले विशेषगरी घरको जिम्मेवारी र सामाजिक कामको जिम्मेवारी हेर्दै गर्दा परिस्थिती एकदमै अप्ठ्यारो हुन्छ । समय एकदमै अपुग हुने, समय मिलाउनुपर्ने, समयकै कारणले गर्दा पनि पारिवारीक समस्याहरु आईलाग्ने, परिवारलाई समय दिन अथवा पारिवारीक समस्यामा कुनै रेखदेख छैन कि भन्ने जस्तो घरायसीबाट समस्या आउँछन् भने सामाजिकतिर कहिले कसो ढिलासुस्ती हुने वित्तिकै उप–प्रमुख भएर समय दिन नसकिने हो कि भन्ने समस्याका यस्तै–यस्तै कारणहरु चाही आउने हुन्छन्, तर मैले ब्यवस्थापनमा विशेषगरी घरको जिम्मेवारी हेर्दै गर्दा घरको जिम्मेवारी लिएर पनि अब आफ्नो पदिय जिम्मेवारी जस्तो आफ्नो काम, कर्तब्य, अधिकार र समाजको सेवालाई अहिले विशेषगरी घर परिवारको सहयोग र साथले गर्दा पनि त्यसरी ब्यवस्थापन गरिएको छ । समस्या त एकदमै छ । एकदमै गाह्रो छ । तरपनि, हामीले घर र बाहिरी जिम्मेवारी सम्हाल्नु परेको अवस्था छ । 

उप–प्रमुखलाई कानुनले दिएको अधिकारलाई कत्तिको प्रयोग गर्नु भएको छ ?
विशेषगरी भन्नुपर्दा दिएका अधिकारहरु त थुप्रै छन् । अधिकार मात्र नभएर विशेषगरी उप–प्रमुखलाई आफ्नो जिम्मेवारी र अधिकारहरु सम्पन्न गरेर लैजान एकदमै अप्ठ्यारो परिस्थिती छ । आफ्नो जिम्मेवारी छ । कानुनी अधिकारका कुरालाई टेकेर जादै गर्दा बाधा, अड्चनका कुराहरु, त्यसलाई कार्यान्वयनमा ल्याउने कुराहरु चाही एकदमै अप्ठ्यारो भइरहेको अवस्था हुन्छ । त्यसमाथी जिम्मेवारीमा पनि कानुनले दिएका अधिकारका कुराहरुमा पनि प्रमुखहरुका बीचमा यो अधिकारका कुराहरु, जिम्मेवारीका कुराहरुमा पनि धेरै ठाउँमा विवादहरु आउने गर्ने र कार्यान्वयनको पाटोमा पनि अधिकारमा टेकेर काम गर्दै जादाँ पनि कार्यान्वयनको पाटोहरुमा चाही अप्ठ्यारो महसुस हुन्छ । र मैले चाही जुन कानुनी अधिकारले दिएको जिम्मेवारी छ, त्यो कानुनी अधिकारका जिम्मेवारीमा र ऐनमा टेकेर हामीले काम गर्छौ ।

बैजनाथ गाउँपालिकालाई समृद्ध बनाउनका लागि कसको के भूमिका हुन्छ ?
यो गाउँपालिकालाई समृद्ध बनाउनको लागि विशेषगरी यहाँका जनप्रतिनिधि, स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाजको महत्वपूर्ण भूमिका हुन्छ । यस पालिकालाई कसरी अगाडी लैजाने, यस पालिकाको विकास र समृद्धिका लागि के–के नीति तथा कार्यक्रमहरु ल्याएर यो समाजलाई, यहाँको स्थानीय सरकारलाई अगाडी लैजाने भनेर विशेषगरी स्थानीय सरकार र यहाँका जनप्रतिनिधिको पहल हुनुपर्छ । यसमा पनि हामीले विशेषगरी सामाजिक विकास तर्फका कामहरुलाई जोडेर शिक्षा, स्वास्थ्यलाई अगाडी बढाएर नै विशेषगरी यहाँको स्थानीय सरकार र जनप्रतिनिधिहरुको पहलमा चाही समृद्ध बैजनाथ, समृद्ध समाज बनाउनेका लागि विशेष जोड दिनुपर्छ जस्तो लाग्छ ।

तपाईहरु चुनावमा जसरी जनताको घर–घरमा जानु भयो । घर–घरमा जादाँखेरी बोलेका बाचाहरुलाई पुरा गर्न कत्तिको कठिनाई अथवा सहज भएको छ ?
जनताका जनअपेक्षा र चुनावी बाचाको कुरा गर्दाखेरी त अहिले के हुँदोरहेछ भने अहिले तीन तहको सरकार मध्ये सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ  । सोचेभन्दा बढी आशा र अपेक्षा हुने, हामीले पनि जुन ऐनमा टेकेर काम गर्नुपर्ने अवस्था र संबिधानले दिएको अधिकारमा टेकेर ऐनमा टेकेर सबै कामहरु अगाडी लैजानुपर्ने अवस्था भएको कारणले गर्दा पनि हामीले जनअपेक्षा भन्दा बढी काम गर्न सक्दैनौं । हामीले आफ्ना तोकेका, बोलेका कुराहरु भन्दा विशेषगरी धेरै ठाउँमा त हामीले जुन विकास निर्माणका कामहरु छन्, तिनलाई जोड्दै गइरहेको अवस्था छ, भने प्रमुख समस्याको रुपमा रोजगारीका कुराहरु आउँछन् ।

देशब्यापी समस्या त हो, तरपनि सबैको आशा र अपेक्षा के थियो भने स्थानीय सरकारले सबैलाई रोजगारी देओस् । हामीले यही केही गरेर खान सक्ने हौं भन्ने आशा र अपेक्षा हो । त्यो सबैको अपेक्षा पुरा हुन सकेको छैन र गर्न सकेका पनि छैनौं । तरपनि हामीले विशेषगरी उद्यमशिलतामा जोड्दै कसरी यहाँको दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउने भन्ने किसिमका कार्यक्रमहरु जोड्दै गइरहेका छौं, भने लक्षित वर्गका पनि समुदायमा आधारित कुन समुदायलाई कस्तो किसिमका कार्यक्रम दिएपछि प्रभाव पर्छ त भन्ने किसिमका कार्यक्रमहरु चाही लागु गरिरहेका छौं भने हामीलाई जनअपेक्षा बढी भएका कारण सबै बाचाहरु पुरा गर्न सकेका छैनौं । तरपनि, हामीले जुन आफ्ना बोलेका विकास निर्माणका कामहरु चाही बिस्तारै पुरा गर्दै गईरहेका छौं । 

तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । समितिमा कस्ता–कस्ता मुद्दाहरु आइरहेका छन् ?
अहिले विशेषगरी न्यायिक समितिमा लेनदेन, घरेलु हिंसा, साँध सधियार, जग्गा विवाद यस्ता किसिमका विवादहरु बढी आउने गर्छन् । अहिले बढी मात्रामा घरेलु हिंसा र लेनदेनकै मुद्दा बढी आइरहेका छन् । 

विवादलाई कसरी समाधान गर्नुहुन्छ ?
मैले चाही अहिले के गर्ने गरेको छु भने प्रायःजसो मेलमिलाप मार्फत विवादलाई समाधानतर्फ लैजान्छौं । विशेषगरी हामीले मेलमिलाप प्रक्रियाबाट नै उहाँहरुलाई मेलमिलाप प्रक्रियामा लगेर विवादहरुलाई किनारा लगाउने गरेका छौं, भने कतिपय मिल्न नसकेका विवादहरुलाई हामीले अदालततिर पनि पठाउने गरेका छौं । 

इजलास कक्षबाट मुद्दा सुनुवाई गर्ने अभ्यास कत्तिको गर्नु भएको छ ?
न्यायिक समितिको आफ्नै इजलास हुन्छ । हामीले अहिले विशेष न्यायिक समितिको कोठा बनाएर अहिले एउटा कोठामा मात्रै छलफल चलाउने गरेका छांै । मेलमिलाप प्रक्रियामा गएर छलफल चलाउँछौं भने हामी इजलास निर्माण गर्ने प्रक्रियामा पनि छौं ।

तपाई राजश्व परामर्श समितिको संयोजक पनि हुनुहुन्छ, उप–प्रमुखलाई दिइएका अधिकार मध्ये यो पनि एउटा महत्वपूर्ण अधिकार हो, बैजनाथको राजश्व संकलनको अवस्था कस्तो छ ?
विशेषगरी बैजनाथ गाउँपालिकामा राजश्व संकलनको कुरालाई जोड्दाखेरी विशेष हाम्रो राजश्व आउने ठाउँ भनेको विभिन्न किसिमको करहरुबाट मात्रै राजश्व आउने गरेको छ । विशेषगरेर अहिले हामीले यहाँ घर जग्गा, घर नक्सा पास, जग्गा सिफारिसहरु, विशेषगरी हाम्रो प्रमुख आयस्रोत राजश्व संकलन गर्ने ठाउँ भनेको यति मात्रै छ । अहिले चाही हामीले हाम्रै मानखोला जुन बैजनाथ र बाँसगढी नगरपालिकाको बीचमा यसको राजश्व चाही यसपटक बैजनाथले ठेक्का खोलेका थियौं । त्यसबाट पनि केही राजश्व संकलन भएको छ, भने हामीले होर्डिङ बोर्डहरु देखी लिएर संघ, संस्था, पसल, नयाँ उद्योगीहरु, जुन सूचिकृत, दर्ता पनि अगाडी बढाएर केही राजश्वहरु त्यहाँबाट पनि संकलन गरिरहेका छौं । 

उप–प्रमुख कै नेतृत्वमा योजना तथा कार्यक्रम अनुगमन गर्ने, उप–प्रमुखले स्वीकृती दिएपछि मात्रै भुक्तानी दिने कानुन छ, अननुगमनको पाटोलाई कत्तिको ध्यान दिनुहुन्छ ?
एकदमै अप्ठ्यारो विषय भनेको नै अनुगमन लाग्छ मलाई । त्यो अनुगमनमा उपाध्यक्ष÷उपप्रमुखहरु हामी प्राविधिक पढेर आएको होईन । हामीले एउटा प्राविधिक स्टिमेट अनुसार प्राविधिकको भरमा नांगो आँखाले हेरेर अनुगमन गर्ने गर्छौ भने एउटा कर्मचारी(प्राविधिक)को भरमा भित्री स्टिमेट त उसले कसरी के–के गरेको छ, त्यो स्टिमेट हामीले प्राविधिकलाई बसालेर बुझाउन पठाएर अथवा बुझेर अनि नांगो आँखाले हेरिसकेपछि कति प्रतिशत काम कसरी भएको छ भनेर काम भएको आधारमा हामीले रनिङ बिल दिने गर्छौ ।

हामीले अनुगमन तीन पटक गर्ने गरेका छौं । पहिला सुरुवातीमा योजना कुन ठाउँको योजना हो, कस्तो योजना हो, त्यहाँ कस्तो किसिमको योजना बन्ने हो भनेर सुरुवाती अनुगमन गर्छौ । त्यसपछि काम सुरु भईसकेपछि बीचमा हामी एक पटक फेरी गएर अनुगमन गर्दा उसले काम कसरी गराउँदैछ, बीचको काम कसरी गरेको छ भनेर गरिसकेपछि मात्रै उसलाई रनिङ बिल दिने गरेका छौं भने अन्तिम अनुगमन चाही उसले फाईनल काम कसरी गरेको छ, उसको फाईनल कामको डाटा लिएर हामीले त्यहाँको फाईनल काम भएको जस्तो उपभोक्ता समितिले गरेको छ भने त्यहाँ सार्बजनिक सुनुवाई गरिसकेको, सबै कुरा प्रक्रिया पुरा भइसकेको कामलाई फाईनल रुपमा लिने गरेका छौं, भने उपाध्यक्ष/उप–प्रमुखहरुलाई नांगो आँखाले हेरेर गरिने काम हो, यो अनुगमन भनेको । स्टिमेट, कर्मचारी र प्राविधिकको विश्वासमा अनुगमन गर्ने गरेका छौं । यो अनुगमनको पाटो चाही अप्ठ्यारो नै लाग्छ । 

कहिले काही अप्ठ्यारोमा पर्नु भएको छ कि छैन ?
त्यस्तो अप्ठ्यारोमा त अहिलेसम्म हामी त्यसरी परेको छैन । हामीले पहिला नै अनुगमन गर्न जादाँ कसरी जान्छौं भने पहिला चेकलिष्ट बोकेर जान्छौं । चेकलिष्टमा पनि प्राविधिकसँग सबै कुरा परामर्श गरेर सबै नबुझेको कुराहरुलाई प्राविधिक स्टिमेट अनुसार हेरेर गर्ने गरेका छौं । अहिलेसम्म चाही अप्ठ्यारो आएको छैन । 

अब अन्त्यमा, बैजनाथ गाउँपालिकाबासीलाई के भन्न चाहनु हुन्छ ?
बैजनाथ गाउँपालिकाका सम्पूर्ण जनताहरुलाई गाउँपालिका स्थानीय सरकारले गरिरहेका कामहरु र गर्दै आएका कामहरुमा पनि साथ, सहयोगका साथ विशेषगरी यहाँका जनताहरुले, स्थानीय सरकारलाई सहयोग गर्दिनु भयो भने हामी पनि जनताकै लागि काम गर्ने भनेर आएका हौं । जनताकै लागि काम गरिरहेका छौं ।

काम गर्ने क्रममा कहि कतै भएका ढिला सुस्ती, त्रुटीहरु भएमा पनि उहाँहरुले हामीलाई सल्लाह, सुझावको रुपमा दिएर जुन मिस्टेक भएका अथवा सल्लाह सुझावको रुपमा हामीले पाउन सकेका कामलाई पनि अझै प्रभावकारी ढंगले यो बैजनाथमा स्थानीय सरकार चल्नको निम्ति कस्ता कार्ययोजना, कस्ता कामहरु गरेर जाने भन्ने किसिमका सल्लाह, सुझाव हामीले पायौं भने चाही हामी अझै जनताका पक्षमा भएर सधैं जनताकै पक्षमा जनताकै हकहितका लागि हुने कामहरु लिएर जानेछौं र यहाँको समृद्धिको लागि पनि बैजनाथलाई कस्तो बनाउने भन्ने किसिमका सल्लाह, सुझाव पनि संकलन र उहाँहरुका सल्लाह, सुझावको पनि आशा अपेक्षा गर्दछौं । 
 


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्