नेपालगन्ज : युएनभी सिसी क्यामेरा उत्पादन कम्पनीले नेपालगन्जमा शनिबार नलेज शेयरिङ तथा टेक्निकल वर्कसप गरेको छ । बाँके र बर्दियाका डिलर, टेक्निकल पर्सन, सरकारी कार्यालयका आइटी अफिसरका लागि वर्कसप गरेको हो ।
छिमेकी मुलुक चिनबाट क्यामेरा उत्पादन गर्दै आएको उक्त कम्पनीले सन् २०११ देखी नेपालमा सिसी क्यामेरा बिक्री गर्दै आएको छ । कम्पनीका सेल्स म्यानेजर सर्दक अधिकारीले सेल्सका हिसाबले यो कम्पनी विश्वमै टप थ्रीमा रहेको बताए । नेपालको गण्डकी, लुम्बिनी र सुदुरपश्चिममा सिसी क्यामेरा खपत गर्नेमा आफ्नो कम्पनी एक नम्बरमा रहको जिकिर गरे ।
नेपालका अधिकांस सरकारी कार्यालय तथा स्थानीय तहहरुमा युएनभी कम्पनीकै सिसी क्यामेरा जडान भएको उनको दाबी छ । हाल कम्पनीले ३ हजारदेखी ७ लाख नेपाली रुपैयाँ सम्मका विभिन्न क्वालिटीका क्यामेरा उत्पादन गर्दै आएको सेल्स म्यानेजर अधिकारीले जानकारी दिए । सबै क्यामेरा वाटर प्रुफ रहेको बताइएको छ ।
क्यामेरामा एक वर्षदेखी ३ वर्ष सम्मको वारेन्टी रहेको छ । ‘नेपालमा हामीसँग करिव ३ सय वटा डिलर आवद्ध छन्, प्रायः सबै ठाउँमा हामीले नलेज शेयरिङ तथा टेक्निकल वर्कसप चलाइसकेका छौं,’ उनले भने ‘नेपालगन्जमा गरिसकेपछि अब सुदुरपश्चिमको धनगढीमा पनि आगामी शनिबार वर्कसप आयोजना गर्दैछौं ।’ वर्कसप कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले गास, बास र कपासपछि अहिले सबैभन्दा महत्वपूर्ण कुरा सुरक्षा रहेको बताए ।
सुरक्षाका लागि सिसी क्यामेरा अति नै आवश्यक रहेको उनको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा करिव अढाई करोड रुपैयाँ बराबरको लगानीमा महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको र चाडैं प्रक्रिया अगाडी बढाइने बताए । उपमहानगरपालिकाले यस्ता वर्कसप सञ्चालन गर्नका लागि आगामी दिनमा सहकार्य गर्न तयार रहेको मेयर बिष्टले आश्वासन पनि दिए ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक अंकुर जिसी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक चक्र डम्बर पाल लगायत अतिथी सहभागी भएका थिए ।