Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा 'पार्टीभित्र विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गरौं'
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज २४, २०८२
राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता युवराज शर्मा । तस्बिर : दूरसञ्चार 

नेपालगन्ज : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल भएको टिप्पणी गरेका छन् । गृहनगर नेपालगन्ज आईपुगेका शर्माले दूरसञ्चारसँगको विशेष संवादमा भने, ‘प्रतिनिधि सभा विघटन नगरेको भए जेन–जी आन्दोलनले उठाएको एजेण्डा सम्बोधन हुन्थ्यो, तर वर्तमान प्रधानमन्त्री जीले जानेर हो या बुद्धि नपुगेर हो, प्रतिनिधि सभा विघटन गराउनुभयो ।’ 

वर्तमान संबिधानबाट प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनै नसक्ने राष्ट्रिय सभा सदस्य शर्माको भनाई छ । ‘यो संविधानबाट प्रत्यक्ष कार्यकारी निर्वाचनको सम्भावना छैन, प्रतिनिधि सभा विघटन नगरेको भए संशोधनबाट गर्न सकिन्थ्यो, किनकी धेरै दलहरु प्रत्यक्ष कार्यकारीको पक्षमा पनि थिए, संसद विघटन गरेर महा गल्ती भएको छ ।’ नेपाली कांग्रेसका पुराना नेता समेत रहेका शर्माले २००७ सालदेखी भएका जति पनि आन्दोलनको नेतृत्व युवा पुस्ताले नै गर्दै आएको बताए । तर आगजनी, तोडफोड, लुटपाट, हतियार कब्जा, जेल ब्रेक जस्ता गतिविधि विगतका आन्दोलनमा नभएको उनको जोड छ । 

मुलुकको अवस्था अहिले पनि अन्यौलपूर्ण रहेकाले पुराना दलहरु एक ठाउँमा उभिएर एउटै धारणा बनाउनुपर्ने राष्ट्रिय सभा सदस्य शर्माको सुझाव छ । देशमा केही पनि भएन, नेताहरु सबै भ्रष्ट छन् भनेर गलत प्रचार गरेका कारण जेन–जी पुस्ताहरु नेता हरुप्रति आक्रोशित बनेको उनले सुनाए । ‘कोही नेताहरु भ्रष्ट भए होलान्, तर सबै नेताहरु त भ्रष्ट छैनन् होला,’ उनले भने, ‘तर गलत भाष्य निर्माण गरेर गलत प्रचार मात्रै गरियो, त्यसको परिणाम स्वरुप नेताहरु टार्गेटमा परे ।’ वर्तमान सरकारलाई अधिकार भए नेताका सम्पत्ती छानविन गर्नुपर्ने उनको सुझाव छ । तर, वर्तमान सरकारमा भएका प्रधानमन्त्री तथा मन्त्रीले पनि आफुबाट सुरु गर्नुपर्ने शर्माले बताए । 

अर्को प्रसंगमा नेपाली कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका शर्माले पार्टीभित्र विशेष महाधिवेशन नै गर्नुपर्ने आवश्यकता नरहेको बताए । ‘१४ औं महाधिवेशन भएको चार वर्ष अवधि पुरा भईसक्यो, अवधि पुरा भईसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुको कुनै औचित्य छैन,’ शर्माले भने, ‘बरु नियमित १५ औं महाअधिवेशन गरौं न, मलाई विशेष महाधिवेशनको कुरा त्यति उचित लाग्दैन ।’ 

पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको कुरा उठाउनु उचित नभएको बताए । ‘बरु उहाँहरुले क्रियाशिल सदस्यता अध्यावधिक गर्नतर्फ ध्यान किन दिनु भएन ? त्यो गर्न नसक्नु उहाँहरुको कमजोरी हो,’ शर्माले भने, ‘देश नै जलेको अवस्थामा विशेष महाधिवेशन गर्न खोजेर अरुको अधिकारलाई खोस्न मिल्दैन ।’ विशेष महाधिवेशन गर्दा पार्टीको तल्लो तहका कार्यकर्ताले आफ्नो अधिकार प्रयोग गर्न नपाउने उनको भनाई छ । 


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्