Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
अर्जुन ओली
अर्जुन ओली बिहीबार, साउन १८, २०८०

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौं २ गते हुदैछ । निर्वाचनका लागि विशेषगरी दुई समुहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपालगन्जका व्यवसायी अगुवा ललित रौनियारले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको नेतृत्व गरेका छन् । उक्त समुह उद्योगी व्यवसायीमाझ के कस्ता एजेण्डा लिएर निर्वाचनमा होमिदैछ ? यि लगायत विविध विषयमा रहेर दूरसञ्चार डटकमका लागि अर्जुन ओलीले गरेको संवाद :-

ललित रौनियार
अध्यक्ष पदका उम्मेदवार
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह 

उद्योगी, व्यवसायीका के-के मुद्दा लिएर चुनावी मैदानमा होमिनु भएको छ ?
नेपालगन्ज उद्योग वाणिज्य संघको अहिले सबैभन्दा ठुलो मुद्दा संंघभित्र ब्याप्त बेथिती जुन छ, त्यो बेथितीलाई अन्त्य गर्न अहिले सबैभन्दा ठुलो मुद्दा हो । बिगतको कार्यकालमा त्यहाँ भएका नेतृत्व उद्योगी व्यवसायीको मुद्दामा बिलकुलै मौन रह्यो । त्यसकारणले उद्योगी, व्यवसायीको विश्वास जुन उद्योग वाणिज्य संघमा हुनुपर्ने हो, त्यो विश्वास अहिले गुमाएको अवस्था छ । नेपालगन्ज उद्योग वाणिज्य संघ वास्तविक उद्योगी, ब्यवसायीको संस्था हो भनेर स्थापित गर्नु हाम्रो प्रमुख उद्देश्य हो । 

उद्योगी, व्यवसायीका मुद्दालाई छाता संगठनले किन बिर्सेको होला ?
राजनीतिक रुपले जुन संघमा अहिले सम्म नेतृत्व पुग्यो । व्यवसायीको नभएर त्यहाँ जातिय संगठन जस्तो गरेर नेतृत्व गरियो । त्यसकारण त्यहाँ व्यवसायिक नेतृत्व हुनुपर्छ । त्यहाँ सबै समुदायको नेतृत्व हुन आवश्यक छ । त्यहाँ वास्तविक व्यवसायीको नेतृत्व हुनुपथ्र्यो जस्तो मलाई लाग्छ । र आज त्यसैकारणले गर्दा व्यवसायिक मुद्दाहरु पछाडी परेका छन् र राजनीतिले उद्योग वाणिज्य संघ गाँजेको अवस्था छ । त्यो एउटा पार्टीको क्लवको रुपमा परिणत भएको अवस्था छ । 

व्यवसायीको संस्थाभित्र किन यति धेरै राजनीति हुन थाल्यो ? 
यो बडो दुर्भाग्यको कुरा हो । हाम्रो देशमा राजनीतिभन्दा अछुतो कुनैपनि संगठन छैन । राजनीति भनेको सम्पूर्ण नीतिहरुको राजा भएको कारणले गर्दा सम्पूर्ण नीति भन्दामाथी राजनीति हो । त्यो राजनीतिलाई यदी हामीले सकारात्मक ढंगले त्यो संस्थाको उद्देश्यको लागि यदी हामीले त्यो प्रयोग गर्दै लिएर गयौं भने त्यो राजनीति हाम्रो लागि उत्तम हुन सक्छ । तर, राजनीतिलाई फेरी नकारात्मक रुपले त्यसलाई हामीले सम्झियौं भने त्यो प्रतिउत्पादक हुन्छ । त्यसकारणले राजनीतिबाट अछुतो त कहीँ पनि छैन । तर, त्यो राजनीति चाही उद्योगी, ब्यवसायीको हकहितमा प्रयोग गर्नुपर्ने ठाउँमा त्यो निहित ब्यक्तिगत स्वार्थका लागि प्रयोग गरियो । त्यसरी नै गलत प्रवृत्ती हाबी भयो । 

Lalit Rauniyar1691042936.jpg

उद्योग वाणिज्य संघमा अहिले अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो भन्ने सुनिन्छ नि ?
संघमा नयाँ साधारण सदस्य दर्ता गर्ने अभियान अन्तरगत त्यहाँ नयाँ सदस्यता जुन बनाइयो, त्यो पनि किर्ते कागजको आधारमा सदस्यता खडा गरिएको अवस्था हामीले भेटायौं । त्यो भेटाइसकेपछि हामीले यो मुद्दा व्यवसायिक मुद्दा हो, अहिले उद्योग वाणिज्य संघ भित्रैबाट यसको समाधान निकाल्नुपर्छ भन्ने उद्देश्यले हामी नेपालगन्ज उद्योग वाणिज्य संघलाई नयाँ सदस्यता छानविनको लागि एउटा निवेदन पनि दिएको अवस्था थियो । तर, जुन किसिमले त्यसको छानविन हुनुपर्दथ्यो, त्यो किसिमले भएन । तैपनि त्यहाँ करिब ६८ वटा किर्ते सदस्य भेटाइएको अवस्था थियो ।

त्यसलाई अहिले कार्यसमितिले निर्णय गरेर तिनीहरुको सदस्यता त्यहाँबाट बर्खास्त गर्दैछ । हिलोलाई सफा गर्नको लागि हिलोभित्र पस्नैपर्ने आवश्यकता छ । कही कमी, कमजोरी हामीबाट पनि भएको छ होला, तर उद्योग वाणिज्य संघभित्र ब्याप्त बेथिती छ, त्यसलाई थितीमा परिवर्तन गर्नको लागि हिलोमा पसेर नै हिलो सफा गर्न सकिन्छ भन्ने उद्देश्यले हामी लागेका हौं । हाम्रो नेतृत्व स्थापित भयो भने नेपालगन्ज उद्योग वाणिज्य संघमा जुन बेथिती छ, त्यसलाई अन्त्य गरेरै देखाउँछौं । 

तपाई नेपालगन्ज उद्योग वाणिज्य संघमा कहिलेदेखी आवद्ध हुनुभयो, अहिलेसम्म कुन–कुन पदमा बसेर जिम्मेवारी निभाइसक्नु भएको छ ?
नेपालगन्ज उद्योग वाणिज्य संघमा मेरो प्रवेश २०६२/०६३ सालतिर भएको हो । म लगातार तीन कार्यकाल उद्योग वाणिज्य संघमा बसेर काम गरे । वरिष्ठ सदस्यको हैसियतमा बसे । करिब १२/१५ वर्षको लामो अनुभव उद्योग वाणिज्य संघमा मैले बिताएको छु । 

तपाई निर्वाचित हुनु भयो भने के-के काम गर्ने सोच बनाउनु भएको छ ?
नेपालगन्ज उद्योग वाणिज्य संघ अथवा नेपालगन्ज बजारको आज जुन अवस्था छ र तिनीहरुको मुद्दा छ । नम्बर १ : मुद्दा के छ भने नेपालगन्ज बजार सुनसान छ । सिमापारी भिडभाड छ, पाईला टेक्ने ठाउँ छैन, तर नेपालगन्ज सुनसान छ । त्यो किन भयो त ? त्यसको कारण खोजेर हामी नेपालगन्जका उद्योगी, व्यवसायीलाई रुपैडिहाका व्यवसायीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नको लागि काम गर्छौ । त्यसको लागि भन्सार ऐनमा सुधारको कुरा छ ।

भन्सार ऐन सुधारको लागि हामीले महासंघ मार्फत देशब्यापी रुपमा एउटा एजेण्डा स्थापित गरेर महासंघमार्फत एउटा दवाव दिएर सरकारलाई भन्सार जुन मुल्यांकन छ, भन्सार ऐन छ, त्यसमा परिमार्जनको लागि दवाव दिन्छौं । नम्बर २ : अहिले भारतबाट जुन बस्तु आइरहेको छ, त्यहाँ जिएसटी बिललाई नेपाल सरकार अथवा भन्सार कार्यालयले मान्यता नदिएको अवस्था छ ।

उहाँहरुको आफ्नै मुल्यांकन छ । जबकी भारतबाट आयात गरिदाँ १७ प्रतिशत हामीले सस्तोमा सामानहरु हामी पाउँछौं, त्यसको पनि फाईदा हामीले उठाउन सकिरहेका छैनौं । किनभने त्यहाँबाट कुनै सामान हामी १० रुपैयाँमा आयात गरेका छौं, भने यहाँ भन्सार मुल्यांकन ५० रुपैयाँ छ भने हामी ५० रुपैयाँमै मुल्यांकनको आधारमा भन्सार गराउने अवस्था छ । त्यसकारणले अहिले के छ भने त्यहाँको जिएसटी बिललाई हामीले मान्यता दिनको लागि सरकारलाई दवाव दिन्छौं ।

त्यसैगरी सरकारले जुन नीति लिएको छ, कि पारीबाट एक सय रुपैयाँको मात्रै सामान लिएर आउन पाउने भनेर उपभोक्तालाई जुन एउटा नियम लागु गरेको छ, त्यो नियमलाई पनि हामीले कडाईका साथ लागु गर्नको लागि भन्सार कार्यालयमा दवाव दिन्छौं । नेपालगन्जका व्यवसायी र उपभोक्ताबीचको दुरी घटाउनको लागि पनि काम गर्नेछौं ।

किनकी नेपालगन्जका उद्योगी, व्यवसायीहरु यहाँ उपभोक्ता ठग्ने काम गरेका छैनन् । त्यसको लागि हामी व्यवसायी र उपभोक्ता माझ पनि त्यस्तो किसिमको कार्यक्रमहरु ल्याउँछौं । जसले गर्दा नेपाली उपभोक्तालाई कसरी हामीले सन्तुष्ट गर्न सक्छौं, त्यसमा पनि हामीले काम गर्छौ । 

अब अन्त्यमा, आम उद्योग वाणिज्य संघका आम मतदाता लगायत बाँकेबासीलाई के भन्नुहुन्छ ?
नेपालगन्ज उद्योग वाणिज्य संघमा आवद्ध जति पनि साधारण सदस्य, आममतदाता, उद्योगी व्यवसायीहरु हुनुहुन्छ, मैले एउटै अनुरोध उहाँहरुलाई के गर्न चाहन्छु भने नेपालगन्ज उद्योग वाणिज्य संघको यसपाली हुने निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट उठेका अध्यक्ष लगायत सम्पूर्ण उम्मेदवारको टिमलाई तपाई सहयोग गर्नुस् र अमुल्य मत दिएर जिताउनुस् । किनभने आज नेपालगन्ज उद्योग वाणिज्य संघभित्र जुन ब्याप्त बेथिती छ, त्यो बेथितीलाई अन्त्य साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले नै गर्न सक्छ ।

त्यसकारणले गर्दा नेपालगन्ज उद्योग वाणिज्य संघमाथी व्यवसायीबाट उठेको विश्वासले पनि पुर्नस्थापित साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले नै गर्छ । त्यसकारण मैले फेरीपनि अनुरोध गरे, यसपटकको निर्वाचनमा तपाईहरुले परिवर्तनको लागि भोट दिनुस् । र नेपालगन्ज उद्योग वाणिज्य संघलाई साझा व्यवसायीको संस्थाका रुपमा विकास गरौं भन्ने म अनुरोध गर्दछु ।


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्