Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, फागुन २९, २०८२

नेपालगन्ज : भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगन्जमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ ।

‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगन्जमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्माले ‘पेट–सिटी: ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै, सोही अस्पतालका युरोलोजी, किड्नी ट्रान्सप्लान्ट तथा रोबोटिक युरो अन्कोलोजी निर्देशक डा. राहुल यादवले ‘रोबोटिक्स इन युरोलोजी एन्ड युरोअन्कोलोजी: आवर एक्सपेरियन्स’ विषयमा प्रस्तुति दिँदै जटिल युरोलोजिकल क्यान्सरका बिरामीहरुमा रोबोटिक सहायताबाट गरिने शल्यक्रियाले उपचारलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताए ।

कार्यक्रमको अर्को सत्रमा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलका प्रिन्सिपल कन्सल्टेन्ट तथा सर्जिकल अन्कोलोजी एवं रोबोटिक सर्जरी विशेषज्ञ डा. शशांक चौधरीले ‘रोल अफ रोबोटिक सर्जरी इन क्यान्सर ट्रिटमेन्ट’ विषयमा बोल्दै न्यून चिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई छिटो निको हुन सहयोग गर्ने बताए ।

क्षेत्रीय अनुभव साझा गर्दै बाँकेको खजुरास्थित सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अन्कोलोजी विभाग प्रमुख डा. मुकेश यादवले ‘रोल अफ रेडियोथेरापी इन क्यान्सर केयर’ विषयमा प्रस्तुति दिँदै विभिन्न प्रकारका क्यान्सरको उपचारमा आधुनिक विकिरण उपचार (रेडियोथेरापी) को महत्वबारे चर्चा गरे ।म्याक्स सुपर स्पेसियालिटी हस्पिटल लखनउले एउटै छानामुनि समग्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ।

अस्पतालमा सर्जिकल अन्कोलोजी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी तथा अत्याधुनिक रेडिएसन थेरापी सेवा उपलब्ध छन् । अस्पतालमा जटिल क्यान्सर शल्यक्रियाका लागि डा. भिन्ची रोबोटिक सर्जिकल सिस्टम, क्यान्सरको सटिक पहिचान र स्टेजिङका लागि बायोग्राफ ट्रिनियन डिजिटल पेट सिटी प्रणाली, तथा हाइपरआर्क प्रविधिसहितको ईडीजीई (३.०) रेडिएसन थेरापी प्लेटफर्म जस्ता आधुनिक प्रविधि प्रयोगमा रहेको जनाइएको छ ।

चिकित्सकहरूले लखनउ नेपालगन्ज  आसपासबाट करिब साढे दुई घण्टाको दूरीमा रहेको उल्लेख गर्दै पश्चिम नेपालका बिरामीका लागि त्यहाँ उपचार लिन सहज हुने बताए ।


प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा मंगलबार, पुस ८, २०८२
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित आइतबार, पुस ६, २०८२
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे  यस्तो छ भेरी अस्पतालको धारणा 
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे यस्तो छ भेरी अस्पतालको धारणा  शुक्रबार, पुस ४, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्