कोहलपुर : कौशल्या मेमोरियल अस्पताल कोहलपुर-९ हवल्दारपुरमा पत्रकारको शनिबार निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश र कौशल्या मेमोरियल अस्पतालको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चानल गरिएको हो ।
उक्त शिविरको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले एक कार्यक्रमका बीच उद्घाटन गरे ।शिविर उद्घाटन गर्दै उनले आफ्नो स्वास्थ्यको प्रवाह नै नगरेर समाचार संकलनमा खटिने पत्रकारको लागि सञ्चालन गरिएको यस्ता शिविर निकै उपयोगी हुने बताए । युनियन लुम्बिनी प्रदेश र अस्पतालको यो काम निकै सह्रानिय रहेको उनको भनाई छ ।
यस्तै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसीले पत्रकार स्वस्थ भएपछि मात्र पत्रकारिता पेशा स्वच्छ हुने भएकाले शिविर आयोजना गरिएको बताए । ‘स्वच्छ पत्रकारिता गर्नको लागि पत्रकार पहिला स्वस्थ हुन अनिवार्य छ, त्यसकारण हामीले पत्रकारको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरेका हौं,’ उनले भने ।

शिविर उद्घाटन क्रममा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन महत्तो, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, निवर्तमान अध्यक्ष अर्जुन ओली, युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, पत्रकार गणेश राई लगायतको उपस्थिती रहेको थियो । उक्त शिविरमा वरिष्ठ फिजिसियन डा. चेतन अधिकारी लगायत स्वास्थ्यकर्मीले पत्रकारको स्वास्थ्य जाँच गरेका छन् ।
शनिबार बिहान १० बजेदेखि सुरु भएको शिविर दिनभरी चल्ने बताइएको छ । शिविरमा सहभागिता जनाएर निःशुल्क रुपमा स्वास्थ्य जाँच गराउन अस्पतालले सबै पत्रकारहरुलाई अनुरोध गरेको छ । शिविरमा सहभागी पत्रकारहरूले हेमोग्राम, आरबीएस, आएएफटी, लिपिड प्रोफाइल, ब्लड ग्रुप, इसिजी, युएसजि लगायतका परीक्षण गराउन सक्नेछन् । यस्ता सेवाहरूमा सहभागी पत्रकारहरूलाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

यो पनि पढ्नुस् :
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता