Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
ब्लग
  • Home
  • ब्लग
  • प्रिय श्रीमान, म तिम्रो आमा बन्न सकेँ र ?
प्रिय श्रीमान, म तिम्रो आमा बन्न सकेँ र ?
शोभा खत्री बीसी
शोभा खत्री बीसी शनिबार, भदौ १२, २०७८

एउटी श्रीमती आमाको अर्को रूप भन्छन्, खै तिम्रो जीवनमा त्यो आमाको भूमिका निभाउन सकेँ कि सकिनँ, त्यो त थाहा छैन । तर पनि, एक मुठी सास बाँकी रहुन्जेलसम्म कोशिस गरिरहनेछु ।

हुन त, आमा बन्न त्यति सजिलो पनि कहाँ छ र १ मलाई मेरी आमाले भनेको कुरा एउटी श्रीमती असल भई भने उसको श्रीमान्लाई आमाको केही हदसम्म भए पनि अभाव कम महसुस हुन्छ । त्यही पूरा गर्ने मेरो कोशिस जारी छ । ३१ साउनमा तिमी एक वर्षको पुग्ने, २४ साउन तिम्रो न्यानो काख खोसिएको दिन, तिमीले तिम्रो आमाको न्यानो काख गुमाएको २८ वर्ष पुग्यो अनि आजबाट तिमी २९ वर्षका लाग्यौ ।

तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना सानु । भनिन्छ, मरेपछि भगवान भइन्छ रे । सायद हाम्रो ममी पनि भगवान् हुनुभएको छ होला । आज तिमी यति ठूलो भइसक्यौ भनेर हेर्दै हुनुहुन्छ होला कहिँ कतैबाट । आजसम्म तिमीले आफ्नी आमाको फोटोसमेत देखेका छैनौ, पटक–पटक तिमीले सपनामा देख्न खोज्दा पनि तिम्रो सपनामा आउनुहुन्न।

तिमीले हरेक रात कल्पना गरेर सुत्छौ तर बिहान उठ्दा तिमीले सपनामा आफ्नी आमालाई देख्दैनौ । मन खिन्न नबनाऊ, हामी जसलाई धेरै माया गर्छ नि, उसलाई सपनामा पनि देखिँदैन रे । तिमीले नदेख्दा त आमाको यति न्यास्रो मानिरहेका छौ, कतै सपनामा पनि देख्यौ भने झन् तिमीलाई गाह्रो हुन्छ भनेर आमा सपनामा नआउनुभएको हो बुझ्यौं ।

उहाँ तिम्रो साथमा नभए पनि आमा हो, तिमीलाई के कुरामा गाह्रो अप्ठ्यारो पर्छ भन्ने कुरा थाहा छ उहाँलाई । त्यसैले धेरै जिद्दी नगर । तिमीले र मैले आजसम्म बिताएका उमेरको ठ्याक्कै आधा समय हामीले एकअर्कासँग बिताइसकेका छौँ । मैले कक्षा ११ र तिमीले कक्षा १२ मा पढ्दै गर्दा पहिलोपटक एउटा ट्युसन क्लासमा तिम्रो र मेरो भेट भएको थियो । तिमी कलेजको जेहेन्दार विद्यार्थी, तिमीलाई नचिन्ने पनि सायदै थिए होला र पनि तिम्रो र मेरो चिनजान एउटा ट्युसन कक्षामा भएको थियो ।

त्यसबेला हामी दुवैजना उमेरले १५, १६ वर्षका थियौँ । तिम्रो र मेरो बोलचालको माध्यम एउटा कापी थियो, याद छ नि तिमीलाई ? त्यो उमेर न माया प्रेम के हो भनेर जान्ने उमेर थियो, न त बुझ्ने नै । तर पनि, हामी त्यही दिन एकअर्काका हौँ भन्ने महसुस भइसकेको थियो । तिमीलाई पनि, मलाई पनि । साथी हुँदै सुरु भएको हाम्रो यात्रा एकअर्काको दुःख, सुखको सारथि बन्न पुग्यौँ । तिमी हेर्दा पनि गोरे गोरे, पातलो, सोझो यसै माया लाग्दा थियौ ।

तिमीले मलाई के देखेर मन परायौ, त्यो त तिमीलाई थाहा होला । तिमीले लगाएको सेतो क्याप टोपी मलाई एकदमै मन पथ्र्थो । हरेक दिन हाम्रो फोनमा कुरा हुन्थ्यो । त्यो बेला अहिलेको जस्तो कहाँको माया प्रेमका कुरा हुनु । एकअर्काको दैनिकी सुनाउँदैमा रात कटेको पत्तो नै हुन्थेन ।

कुरा गर्दै जाँदा तिमीले मेरो ममी हुनुहुन्न भन्दा म कति रोएकी थिएँ । तिमी झन् कति रुन्थ्यौ होला । हो, त्यही बेला मैले एउटा प्रण गरेको थिएँ जिन्दगीसँग– म उसको जीवनको आमा बन्न कोशिस गर्नेछु । त्यसपछिका दिनमा यो संसारमा तिमीबाहेक अर्को कुनै चिज छजस्तो नै लाग्न छोड्यो मलाई ।

जसरी एउटी आमाको लागि एउटा सन्तान सर्वस्व हो । मैले कहिल्यै तिमीबाट कुनै कुराको आशा नै राखिनँ । बस, तिमी जिन्दगीमा सफल भएको हेर्ने र तिम्रो ओठमा सधैँ हाँसो हेर्ने रहर मात्र लागिरह्यो । आज पनि तिमीलाई खुुशी देख्दा संसार जितेको जस्तो महसुस हुन्छ ।

तिम्रो सपना र लक्ष्यका अगाडि मैले मेरा कुनै सपना र लक्ष्य देखिनँ । बस, देखेँ त तिम्रो जित र खुशी । भनिन्छ, एउटी आमाले आफ्ना सन्तानले जस्तासुकै गल्ती गर्दा पनि माफी दिन सक्छिन, त्यस्तै तिमीले जानेर वा नजानेर गरेका गल्ती पनि मेरा लागि गल्तीजस्तो लाग्दैन, सहजै स्वीकार गर्न सक्छु । मैले त आफूले गरेको प्रण निभाउने कोशिस गरिरहेकी छु । त्यसमा कति सफल भएँ, त्यो त तिमीले महसुस गरेका हौला ।

यति भन्दै गर्दा तिमीले मेरा लागि केही गरेका छैनौँ भनेकोचाहीँ होइन है । आज म जे छु, जस्तो छु त्यसमा मेरा बुवा–आमापछिको हात तिम्रै छ । जिन्दगीमा मैले कैयौँपटक हरेस खाँदा तिमीले नै हात दिएर यहाँसम्म ल्याएका हौ । मैले जति माया तिमीलाई दिने कोशिस गरेकी छु, त्यो त तिमीले मलाई दिएको मायाबाटै सिकेको हो नि ।

तिमीसँग भेट भएको दिनदेखि आजसम्म मैले भगवानसँग कहिल्यै मेरा लागि मागिनँ, सधैँ तिम्रो खुशी मागिररहेँ। किन थाहा छ ? किनकि तिम्रो खुशीमै मेरो खुशी थियो । यो १४÷१५ वर्षको बीचमा हामीले कति दुःख गर्यौँ, के के भयो, त्यो त सबै लेख्दा एउटा किताब नै बन्छ ।

तिम्रो जन्मदिनको अवसरमा मेरोतर्फबाट उपहारस्वरूप यी केही शब्द तिमीलाई । अब त्यति धेरै नि खासै केही छैन जिन्दगीमा, तिम्रो खुशी र सफलता हेर्दै तिम्रो काखमा अन्तिम सास फेर्ने धोको छ । तिम्रो दुःख, पीडा, असफलता, मिहिनेत, खुशी र सफलताको साक्षी पनि मै हुँ । तिमीले जिन्दगीमा कति दुःख सहेका छौ, गरेका छौ, त्यसैअनुसारको सफलता पनि पाउँदै गएका छौ । आगामी दिनमा पनि तिमीले चाहेको र सोचेको सबै कुरा पूरा हुन । फेरि पनि तिमीलाई जन्म दिनको लाखौँ लाख शुभकामना बूढो ।


प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
थप ब्लग
काठमाडौंजस्तै खैरेनी पनि !
काठमाडौंजस्तै खैरेनी पनि ! मंगलबार, भदौ १५, २०७८
रिपोर्टिङ गर्न संसद् पुगेको थिएँ, रुँदै फर्किएँ
रिपोर्टिङ गर्न संसद् पुगेको थिएँ, रुँदै फर्किएँ सोमबार, भदौ १४, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
संसद्‍मा प्रतिपक्षी दल मागे प्रधानमन्त्रीको राजीनामा
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्