Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
ब्लग
  • Home
  • ब्लग
  • काठमाडौंजस्तै खैरेनी पनि !
काठमाडौंजस्तै खैरेनी पनि !
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ १५, २०७८

गोविन्द अधिकारी :
पोहोरको बन्दाबन्दी (लकडाउन) मा नौ महिना तनहुँको आँबुखैरेनीमा थुनिएको थिएँ । इन्टरनेटले काठमाडौंको नियास्रो मेटेको थियो । काठमाडौं फर्केको नौ महिनापछि गएको साता आँबुखैरेनी आएको छु ।

यसपल्ट धेरै बस्ने योजना पटक्कै छैन । काठमाडौंमा जस्तै बेथिति छ यता पनि । शनिबारमात्र  पनि कम्तीमा १० पटक बिजुली गयो । खोप लगाउनुपर्ने कतिले लगाउन पाएका छैनन् र मापदण्डमा नपर्नेले लगाइसकेका छन् ।  मास्क लगाउने पनि भेटिन्छन् तर धेरैले चिउँडोमा झुन्ड्याउने गरेका देखिए । कोभिडको डर पटक्कै मानेको देखिएन । 
बत्तीमुनि अँध्यारो 
काठमाडौंमा बिजुली जाँदा रातमा त खासै फरक पनि पर्दैन । दिउँसै पनि अत्यासै लाग्ने गर्मी हुँदैन । घरकै कुनै कुनामा शीतल ठाउँ भेटिनसक्छ  । खैरेनीमा भने घरभित्र बसेका बेला बिजुली बन्द हुँदा सास्ती नै हुन्छ । यसैले बिजुलीको चासो बढी नै हुनेरहेछ । आँबुखैरेनी मस्र्याङ्दी जलविद्युत् आयोजना भएको ठाउँ हो ।

यसैले कम्तीमा यस क्षेत्रमा त बिजुली आपूर्ति अलि राम्रो हुनुपर्ने अपेक्षा गर्नु अर्घेल्याइँ पक्कै हुँदैन । त्यसो त यहाँका बासिन्दाले मस्र्याङ्दी निर्माणका बेला धेरै गुमाएका पनि छन् । ९केहीले कमाएका पनि छन् तर कमाउनेमा प्रायः बाहिरबाट आउनेहरू छन् भने गुमाउने धेरै त्यहाँका पुराना बासिन्दा छन ।

त्यसबापत बिजुलीको राम्रो आपूर्ति खोज्ने त अधिकारै हुनुपर्ने हो । खैरेनीमा बिजुली गइरहने खासै कारण पनि रहेनछ । व्यवस्थापन गर्न खोजे सजिलै सकिने समस्याकै कारण सास्ती दिइने रहेछ । कतै बनाउन वा केही मिलाउन परे झ्याप्प वरपरको बिजुली काट्यो । उपभोक्तालाई सूचना दिनुपर्छ भन्ने नै कसैलाई नलाग्ने १ वा सकेसम्म विद्युत् आपूर्ति नियमित होस् भन्ने सोच नै छैन ।

केही कर्मचारीले सुटुक्क बताएअनुसार मूल समस्या ट्रान्सफर्मरलगायतका थोत्रा उपकरणको प्रयोग हो । उपत्यका वा ठूला सहरमा फेरिएका काम नलाग्ने थोत्रा सामान तानतुन पारेर मर्मत गरी  जिल्लाका साना सहर वा गाउँतिर पठाइन्छ रे । यसैले उपत्यकाबाहिरको आपूर्ति बढी अनियमित भएको हो रे ।

यसको अर्को अर्थ के पनि हो भने उपत्यकालाई मात्र नेपाल ठान्ने राणाकालदेखिकै मानसिकताले बिजुलीमा पनि गाउँका जनता ठगिएका रहेछन् । बेलाबखत सानोतिनो किचलो गर्नेबाहेक अहिलेसम्म आबुखैरेनीका उपभोक्ताले खासै अप्ठेरो पारेका छैनन् । विद्युत् प्राधिकरणले बेलैमा बुद्धिमानी देखाएन भने जनता सधैँ ‘सुधा गाई’ भइरहने छैनन् ।

बत्तीमुनि अँध्यारो भन्ने उखान बिजुली आएपछि त फेरौँ न १ यत्तिका लागि पनि जनता जाग्न नपरे हुने हो । स्थानीय सरकारले पनि अगाडि सरेर बिजुली नियमित बनाउन प्रयास गर्नुपर्ने हैन ? यहाँ उत्पादित बिजुली अरूलाई दिन्नौ भन्ने दिन नआओस् ।

खोपको कथा पनि उस्तै 
पहिलो मात्रा कोभिसिल्ड लगाएका १३ लाख ज्येष्ठ नागरिक पर्खेर बसे तर काठमाडौमा पहुँच हुनेका कामदारले समेत बेलैमा कोभिसिल्डको दुवै मात्रा खोप पाएका थिए । यो रोग राजधानीबाट बाहिर पनि सरेछ । आँबुखैरेनीमा समेत अघोषित चाहिँ ‘राष्ट्रिय मापदण्ड’ अपनाइएको रहेछ ।

‘अरू बुँदामा जेसुकै लेखिएको भए पनि पहुँच र प्रभाव हुनेहरूले चाहेका बेला खोप पाउनेछन’ भन्ने बुँदा सरकारले घोषणा गरेको मापदण्ड र निर्देशनहरूमा छुटेको देखियो । यथार्थमा सबैतिर समानरूपले लागू भएको मापदण्ड सायद यही हो । पहुँच र प्रभावको विस्तार पनि  गाउँगाउँमा सिंहदरबारजस्तै व्यापक भने भएछ ।

गाउँपालिकाका पदाधिकारीका परिवार र नातेदार, कर्मचारीका परिवार, स्थानीय राजनीतिक दलका नेता र कार्यकर्ता र तिनका परिवार, धनी व्पापारीले प्राथमिकता पाएछन् । मेरा ९० वर्षका पितालाई कोभिसिल्डको दोस्रो मात्रा पाउन ६ महिना लाग्यो । पहिलो मात्रा २०७७ को फागुन २३ गते लगाइएको थियो । दोस्रो मात्राका लागि मैले त्यहाँका स्वास्थ्यका हाकिमसँग आग्रह गरेको पनि थिएँ ।

यसबीच पहुँच हुनेहरूलाई दोस्रो मात्रा दिइएको पनि थाहा पाएँ । तैपनि, यी ९० वर्षीय वृद्धलाई २०७८ सालको साउन २८ नभई अर्को मात्रा खोप जुरेन ।  खोप लगाउन नपाउनेमात्र र नमान्ने पनि रहेछन् । अहिले सायद सरकारले तोकेको मापदण्डअनुसारका मानिसले खोज्दै आए खोप लगाउन पाएका छन्।

पहुँच हुनेका लागि त मापदण्ड न काठमाण्डौंमा चाहिन्थ्यो न यहाँ नै चाहिँदो रहेछ । खोपमा पनि राज्यका अरू सुविधाजस्तै पहुँच हुने र नहुनेबीच असमानता छ जताततै । सायद, अपवाद कतै छैन । भिडभाड काठमाडौंकै जस्तो त छैन तर कोभिडको सङ्क्रमण भएको कसैले वास्ता गरेको देखिएन ।

मास्क अभियानको पोस्टरले जति नै कुरीकुरी गरे पनि कसैले टेर्दैन । समाजको अराजकता र राज्यको अनियमितता दुवै आँबुखैरेनीमा पनि बलियो छ । थाहा छैन यो ‘द न्यारो करिडर’मा वर्णन गरिएको अफ्रिकाको जस्तो अवस्था कतिन्जेल सँगै जाने हो ? अरू जेभए पनि कम्तीमा राज्य गाउँमा पुगेको छ अब त म पनि ठोकुवा गर्न सक्छु । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप ब्लग
रिपोर्टिङ गर्न संसद् पुगेको थिएँ, रुँदै फर्किएँ
रिपोर्टिङ गर्न संसद् पुगेको थिएँ, रुँदै फर्किएँ सोमबार, भदौ १४, २०७८
प्रिय श्रीमान, म तिम्रो आमा बन्न सकेँ र ?
प्रिय श्रीमान, म तिम्रो आमा बन्न सकेँ र ? शनिबार, भदौ १२, २०७८
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्