Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
खेल
  • Home
  • खेल
  • बाँकेको नरैनापुर-५ मा ‘वडाअध्यक्ष क्रिकेट कप’ प्रतियोगिता सञ्चालन
बाँकेको नरैनापुर-५ मा ‘वडाअध्यक्ष क्रिकेट कप’ प्रतियोगिता सञ्चालन
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर ४, २०८२

बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियामा बिहीबारबाट क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । नरैनापुरस्थित ५ नम्बर वडा कार्यालयको बाँकेको सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर–५ बाँकेको आयोजनामा ‘वडाअध्यक्ष क्रिकेट कप’ प्रतियोगिता–२०८२ सञ्चालन भएको हो ।

प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् नरैनापुर–५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले उद्घाटन गरेका छन् । नरैनापुर–५ मटेहियास्थित महेन्द्र माध्यामिक बिद्यालयको खेल मैदान मोतीपुरमा प्रतियोगिताका खेलहरु खेलाइएको छ ।

दर्पण विकास नेपालका अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एवम् वडाअध्यक्ष मौर्य, विशिष्ट अतिथीहरु नरैनापुर वडा नम्बर ६ वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, वडा नम्बर ४ का वडाअध्यक्ष मनोजकुमार शर्मा, ईलाका प्रहरी कार्यालय भगवानपूरका प्रहरी निरीक्षक गणेशराज उप्रेती र नरैनापुर–५ का युवा समाजसेवी सुजित कुमार तिवारी लगायत उपस्थित भएका थिए ।

Narainapur-Criket-Photo-2-1763655999.jpg
उद्घाटन शत्रमा प्रमुख अतिथी मौर्यले यस क्षेत्रको खेल विकासका लागि आफ्नो वडाबाट रकम विनियोजन गरेर ६ वटै वडाका खेलाडीलाई खेल खेल्ने अवसर प्रदान गरिएको बताए । सबै वडाले खेल विकासका तथा युवाहरुको क्षमता बढाउनका लागि समय–समयमा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए । 

सो क्रममा प्रमुख अतिथी मौर्यले रिबन काटेर ब्याटिङ, प्रहरी निरीक्षक उप्रेतीले बलिङ र वडा नम्बर ६ का वडाअध्यक्ष मौर्यले किपिङ गरी प्रतियोगिता उद्घाटन गरिएको थियो । प्रतियोगिताको उद्घाटन शत्र संयोजक अरुण यादव दर्पणले सञ्चालन गरेका थिए । प्रतियोगितामा नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका जम्मा १० वटा टिमले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् ।

जस अनुसार नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बाँके, लेजेन्ड क्रिकेट समूह नरैनापुर, खलिफा नूरअहमद क्रिकेट क्लब नरैनापुर–२ गंगापुर, गोल्डेन क्रिकेट क्लब नरैनापुर–१ बनियागाउँ, जमुनी सुपर किङ क्रिकेट क्लब नरैनापुर–६ जमुनी, खान क्रिकेट क्लब नरैनापुर–३ गेगली, भगवानपुर रोयल्स क्रिकेट क्लब नरैनापुर–५ भगवानपुर, श्री हरे–हरे क्रिकेट क्लब नरैनापुर–१ कटकुइया, मटेहिया क्रिकेट क्लब नरैनापुर–५ मटेहिया र महेन्द्र मावि जेन–जी स्पोट्र्स क्लब नरैनापुर–५ मटेहिया रहेका छन् ।

Narainapur-Criket-Photo-3-1763656001.jpg
उद्घाटन खेलमा आयोजक टिम मटेहिया क्रिकेट क्लब नरैनापुर–५ मटेहिया र महेन्द्र मावि जेन–जी क्रिकेट क्लब मटेहिया बीच भएको प्रतिस्पर्धामा जेन–जीले टस जितेर फिल्डिङ रोजेको थियो, भने सुरुवाती पहिलो इनिङमा मटेहिया क्रिकेट क्लबले जेन–जीलाई १ सय ११ बनाई १ सय १२ रनको लक्ष्य दिएको थियो । जसमा मटेहिया क्रिकेट क्लबले १२ ओभरको खेलमा जेन–जी लाई ८१ रनमै अलआउट गरी ३० रनले विजयी हासिल गरेको थियो । पहिलो खेलमा म्यान अफ द म्याच मटेहिया किकेट क्लबका दाउद खानले हात पारे ।

यस्तै खलिफा नूर अहमद  क्रिकेट क्लब नरैनापुर–२ गंगापुर र गोल्डेन क्रिकेट क्लब बनियागाउँ बीचको दोस्रो खेलमा खलिफाले टस जितेर फिल्डिङ रोजेको थियो, भने गोल्डेन बनियागाउँले १२ ओभरको खेलमा १ सय ४ रनको लक्ष्य दिएकोमा जवाफी ब्याटिङ गर्दै खलिफा क्रिकेट क्लबले ९ ओबरमा ४ विकेटको क्षतिमा ६ विकेटले उक्त लक्ष्य पुरा गर्दै जित हासिल गरी एक चरण अगाडी बढेको छ र उक्त खेलमा खलिफा नूर अहमद क्रिकेट क्लबका कप्तान समिन खाँले ६५ प्लस रन बनाएर म्यान अफ द म्याच हात पारे ।

बिहीबार भएका दुई वटा खेलको स्कोरिङमा सुजित तिवारी र कुल कृष्णकान्त श्रीवास्तव, कमेंट्रीमा अरु दर्पण र रमजान अन्सारी र अम्पायरिङमा राप्ती सोनारी–७ का सबिन पुन र घन श्याम तिवारीले सहजीकरण गरेका थिए । इलाका प्रहरी कार्यालयले शान्ति सुरक्षा र स्वास्थ्य चौकी मटेहियाका स्वास्थ्यकर्मी अमन चौधरीले प्राथमिक उपचारको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा शुक्रबार (भोलि) बिहान ९ बजे खान क्रिकेट क्लब नरैनापुर–३ गेगलीका बिरुद्ध जमुनी सुपर किंङ नरैनापुर–६ जमुनीबीच बिहान ११ः३० बजे तथा भगवानपुर रोयल्स क्रिकेट क्लब नरैनापुर–५ भगवानपुरका बिरुद्ध श्री हरे–हरे क्रिकेट क्लब नरैनापुर–१ कटकुइयाबीच २ः३० बजे नरैनापुर कर्मचारी क्रिकेट क्लब नरैनापुर बाँके र लेजेन्ड क्रिकेट समूह प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले ११ हजार र उप बिजेताले ५ हजार रुपैयाँ हात पार्नेछन् । 

Narainapur-Criket-1763656000.jpg
 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २२:१३
प्रतिक्रिया दिनुहोस्
थप खेल
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता
नेपालगञ्जमा हुँदै प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता बुधबार, वैशाख १६, २०८३
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता आइतबार, वैशाख १३, २०८३
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
'प्रथम खजुरा गोल्डकप' सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात
'प्रथम खजुरा गोल्डकप' सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात सोमबार, चैत ३०, २०८२
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्