Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • निकुञ्जमा वन्यजन्तु बढेपछि घाँसको विकल्प खोज्न सामुदायिक वनमा बृक्षारोपन 
निकुञ्जमा वन्यजन्तु बढेपछि घाँसको विकल्प खोज्न सामुदायिक वनमा बृक्षारोपन 
बिमला चौधरी
बिमला चौधरी आइतबार, साउन ७, २०८०

बाँके (कुसुम) : बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका बासिन्दाहरु पशु चौपायालाई चाहिने घाँसको लागि बृक्षारोपन गरेका छन् । वनक्षेत्रमा घाँस काट्न जाँदा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुलाई असर पर्ने भन्दै समुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस प्रजातीका विरुवा रोपेका हुन् । 

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा शनिबार डाले घाँस, किमु, भटमासे, काप्रो लगायत प्रजातीका करिव १ हजार २ सय बिरुवा रोपिएको बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले जानकारी दिए ।

‘२०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना हुँदा स्थानीयहरु बाध्यताले संरक्षणमा जुटेका थिए, अहिले वन र वन्यजन्तुको संख्या बृद्धि हुँदै जाँदा स्थानीयहरुमा रहर जागेको छ,’ उनले भने ।

Plantation 21690084076.jpg

वन्यजन्तुका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले बाली नालीसँगै मानवीय क्षति समेत ब्यहोर्नु परेको थुप्रै घटना भएपनि मानव र वन्यजन्तु बीचको सह-अस्तित्वको आवश्यकता महसुस हुँदै गएको अध्यक्ष खड्काको भनाई छ । 

निकुञ्ज र वन्यजन्तु संरक्षणमा साझेदारी गरिरहेका जेडएसएल नेपालको आर्थिक सहयोग तथा हिमाली प्रकृतीको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्ज, राजकोट मध्यवर्ती क्षेत्र अन्तर्गतका बसेरी मध्यवर्ती सामुदायिक वन, कुसुमेश्वर मध्यवर्ती सामुदायिक वन र रानी तलाउ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हालसम्म करिव १० हजार घाँस प्रजातीका विरुवा रोपिएको अध्यक्ष खड्काले बताए । अहिले रोपिएका विरुवा दुईदेखि तीन वर्षको अन्तरालमा घाँसको रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ । 

राजकोटमा तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा ८ लाख ५० हजारको वन्यजन्तु राहत कोष, तालकै सहयोगमा ८ लाख ४० हजार रुपैयाँको वन्यजन्तुबाट पीडितका बालबालिकालाई छात्रबृत्ती कोष, एनटिएनसी बर्दिया र जेडएसएल नेपालको सहयोगमा ८ लाख २० हजार रुपैयाँको तत्काल राहत कोष तथा केएफडब्लुआईयुसिएन र जेडएसएलको आर्थिक सहयोग एवम हिमाली प्रकृतीको सहकार्यमा ४ लाख रुपैयाँको बैकल्पिक आर्य आर्जनका लागि बीउ पुँजी स्थापना गरिएको अध्यक्ष खड्काले जानकारी दिए । 

मध्यवर्ती क्षेत्रमा बसोवास गरिरहेका अधिकाँसले बाख्रा पालन गरेर जीविकोपार्जन गरिरहेको र पशु चौपायाकै लागि घाँस काट्न दैनिक तीन पटक जंगल जानुपर्ने बाध्यता रहेको बसेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमप्रसाद चौधरीले बताए । 

Plantation 51690084082.jpg

वनक्षेत्रमा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुमा असर पर्ने भएकाले सामुदायिक वन क्षेत्रमा घाँस प्रजातीका विरुवा रोपिएको उनले सुनाए । ‘वन्यजन्तुको संख्या बृद्धि भइरहेको छ, हामी सँधैं वन जंगलमा घाँस काट्न जाँदा दुबैलाई क्षति हुन सक्छ भन्ने कुरा हामीले बुझेर नजिकैको सामुदायिक वनमा घाँस प्रजातीका विरुवा रोपेका हौं,’ अध्यक्ष चौधरीले भने । 

यस्तै बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्ती सोनारी-१ रानीगजेरी स्थित रानी तलाउ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले पनि वन क्षेत्रमा वन्यजन्तुका लागि कृत्रिम ताल निर्माण गर्नुका साथै त्यस वरीपरी बृक्षारोपन गरेको छ । 

सामुदायिक वनमा सिमसार क्षेत्र रहेकाले सोही स्थानमा कृत्रिम तलाउ निर्माण गरेपछि वन्यजन्तुलाई पानी पिउन सहज भएको रानी तलाउ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञबहादुर खत्रीले बताए ।‘ताल ब्यवस्थापन गरेपछि निकुञ्जबाट चित्तल, रतुवा र चौकाहरु धेरै संख्यामा पानी पिउन आउने गरेको हामी प्रत्यक्ष रुपमा देख्ने गरेका छौं,’ उनले भने । ताल वरिपरी पाटेबाघ लगायत अन्य विभिन्न किसिमका जनावरको पाईला पनि देखा परेको उनले सुनाए । 

Plantation 41690084077.jpg

वन्यजन्तु संरक्षण र वन्यजन्तुबाट हुने क्षति न्युनिकरणका लागि स्थानीय सरकारले तारवारमा ठूलो लगानी गरिसकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले बताए । हाल कुसुम क्षेत्रमा वन्यजन्तुबाट बालीनाली सुरक्षित हुने अवस्था भएपनि सिचाइँको उचित ब्यवस्था नहुँदा स्थानीय बासिन्दाले अन्नबाली उत्पादन गर्न चाहेजति खेती गर्न नसकिरहेको उनले औल्याए ।

जेडएसएल नेपाल तथा हिमाली प्रकृतीले राजकोट मध्यवर्ती क्षेत्रका करिव ८१ घरधुरीलाई लक्षित गरेर हाल विभिन्न किसिमका तालिम दिनुका साथै बैकल्पिक जीविकोपार्जनका लागि सहयोग गरिरहेको छ । त्यस क्षेत्रका ८१ घरधुरी मध्ये ४५ घरधुरीलाई बाख्राको लागि सुरक्षित खोर ब्यवस्थापन गरिदिएको छ ।

यस्तै ४१ घरधुरीलाई समेटेर बैकल्पिक जीविकोपार्जन समिति बनाएर उन्नत तरकारी तथा फलफुल खेतीका लागि सहयोग गरिरहेको हिमाली प्रकृतीका फिल्ड कार्यालय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए ।

Plantation 31690084076.jpg


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्