Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • चुरे हाईकिङसँगै सन्तानेश्वर मन्दिर दर्शन
चुरे हाईकिङसँगै सन्तानेश्वर मन्दिर दर्शन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ ३, २०८१

बाँके(नरैनापुर) : नेपालगन्जदेखी पुर्वमा हुलाकी सडक हुँदै करिव २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ । सडकको यात्रापछि त्यहाँबाट करिव ६ किलोमिटर उत्तरतर्फ जंगलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्छ । त्यसपछि करिव दुई किलोमिटर पैदलमा उकालो (पहाड) चढेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुग्न सकिन्छ ।

चुरे पहाडको चुचुरोमा रहेको मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले यहाँ जो कोहीको मनलाई आनन्दित बनाउँछ । चुरे पहाडमा हाईकिङसँगै मन्दिरमा पुजाआजा गर्नेको यहाँ बाह्रै महिना घुईचो लाग्ने गर्छ । विशेषगरी हरेक वर्ष साउन महिनामा अझ धेरै दर्शनार्थीहरु आउने गर्छन । ब्रतालु महिलाहरु आएर शिव भगवानको पुजा र भाकल गर्छन्।

नेपालसहित भारतका विभिन्न स्थानबाट चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्नेहरु यहाँ आउँछन । पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ । मन्दिरमा वर्षेनी धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । शहरको ‘कोलाहल’ वातावरण भन्दा शान्त ठाउँ मन पराउनेहरुका लागि यो उपयुक्त स्थान मानिएको छ ।

त्यसैले यहाँ अन्य दिनको तुलनामा सार्वजनिक बिदाको दिन बढी भिडभाड हुन्छ । समय मिलाएर यहाँ नेपाल र भारतका विशिष्ट व्यक्तिहरु समेत पुग्ने गर्छन । छाटो समयमै मानिसको आर्कषण बढेकाले यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । मन्दिरको संरक्षण बाबा योगानन्द गिरीले गरिरहेका छन । मन्दिर नजिकै उनको आश्रम रहेको छ ।

आवश्यक पुर्वाधार नबन्दा आश्रमको अवस्था दयनीय देखिन्छ । पुर्वाधार विकासका हिसाबले पछाडी परेपनि मन्दिरको महत्वका कारण यहाँ उल्लेख्य मात्रामा दर्शनार्थी आउने गरेको संरक्षक गिरी बताउँछन । उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरको महत्व बेग्लै रहेको छ । यहाँ सन्तान नभएकाहरुले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेको छ । सन्तानेश्वरमा ‘ओम आकार’ पहाडको चुचुरोमुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएको हुँदा विशेष महत्व र पुण्य भुमी रहेको गिरी बताउँछन ।

‘गंगा, जमुना र सरस्वती सन्तानेश्वरको पहाडको तलबाट तीन वटा गंगा प्रवाहित भएका छन,’ गिरीले भने ‘पुर्व एक, पश्चिम एक र दक्षिण एक । यहाँ तीन वटै चिज प्रवाहित भएको हुनाले यो विशेष महत्वपूर्ण र पुण्य भूमी छ ।’ धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरसम्म सडकको सुविधा, बिजुली, खानेपानी र भक्तजनहरुलाई एक रातसम्म बसाल्न मिल्ने विश्रामस्थल लगायतका पुर्वाधार आवश्यक रहेको उनी बताउँछन ।

चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्न पाउँदा यहाँ पुग्ने दर्शनार्थीहरु दंग पर्छन । ‘हाईकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नका लागि यो ठाउँ एकदमै पवित्र छ,’ नेपालगन्जबाट पुगेका दर्शनार्थी यमबहादुर खड्काले भने ‘पहाडको फेदसम्म पुग्नलाई बाटोको राम्रो सुविधा भयो भने माथी चुचुरोसम्म पैदल हिडेर जानलाई समस्या हुदैन ।’

सन्तानेश्वर महादेव मन्दिर अवस्थित क्षेत्र निकै रमणीय रहेको उनी बताउँछन । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थी बताउँछन । ‘यो मन्दिर र धर्मशालालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ, बाहिरबाट आउने भक्तजनलाई बस्न र खाने सुविधाका लागि आवश्यक संरचना बनाइयो भने कम्तिमा पनि एक रात बसेर धार्मिक कार्य गर्ने दर्शनार्थीको बढी चहल पहल हुन्थ्यो,’ बर्दियाबाट आएका दर्शनार्थी मानबहादुर केसीले भने ।

चुरे पहाडको चुचुरोसम्म पैदल हिडेर मन्दिर दर्शन गर्दा बेग्लै खालको आनन्द मिलेको उनी सुनाउँछन । स्थानीय, प्रदेश र संघीय सरकारले सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थीहरुको सुझाव छ । मन्दिरको विकासका लागि स्थानीय सरकारले केही प्रयास गरेपनि पर्याप्त छैन ।

नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य स्थानीय सरकारको एक्लो प्रयासले मात्र सन्तानेश्वर महादेव मन्दिरको समग्र विकास गर्न सम्भव नरहेको बताउँछन । ‘हामीसँग भएको बजेटबाट मन्दिरको विकास गर्न असम्भव नै छ, यसका लागि प्रदेश र संघिय सरकारले ठुलो बजेट विनियोजन गर्न जरुरी छ ।’ मन्दिर क्षेत्रमा धेरै पुर्वाधार निर्माण गर्न आवश्यक देखिएको वडाअध्यक्ष मौर्यले सुनाए ।  

yogananda-Giri-1724072483.jpg
योगानन्द गिरी
संरक्षक, सन्तानेश्वर महादेव मन्दिर

मेरो जन्म गोरखामा भएको हो। विगत चार वर्षदेखी म यहाँ सन्तानेश्वरको सेवामा उपस्थित छु । २०७० सालमा सन्तानेश्वरको मन्दिर बनेको हो। म पहिला भारतमा बस्थ्ये। यो मन्दिरको प्राण प्रतिष्ठा मेरो हातले गरेको हुनाले यहाँ भगवानको आरती चलाउने मान्छे नभएपछि ‘भोलेनाथ’ले मलाई सपना दिनुभयो र म यहाँ आएको हुँ । भोलेनाथको सेवामा म यहाँ बसेको छु ।

भारतमा मैले चलाएको आश्रम अर्कैलाई जिम्मा लगाएर म यहाँ बसेको छु । यो ठाउँमा द्धापर युगमा यज्ञ भएको रहेछ । त्यसमा एउटा बनिरहेको बेदी बनेको थियो । त्यही बेदीमाथी ‘बेदिया’ पहाड भन्ने यसको नाम थियो । पछि १९३५ मा नरैनापुर, मटेहियाका एक जना स्थानीय दयाराम यादव आफ्नो बुवासँग खर काट्न आउँदा खेरी यहाँ बेदी देखेर भगवान यहाँ छन भन्ने विश्वास गरेर उनले आफ्नो मनोकामना व्यक्त गरे ।

उनको त्यो मनोकामना पुरा भएपछि उनले यहाँ साधुहरुलाई बोलाएर भण्डारा खुवाए । ब्राम्हणलाई बोलाएर होम गरेर मन्दिरको पताका गाडेको हुनाले अहिले पनि यहाँ हरेक वर्ष यादव परिवारको तर्फको भण्डारा हुने गर्छ । द्धापरमा पहिले यहाँ यज्ञ भएको रहेछ । त्यही भएर यो भूमी पवित्र भयो । अर्को कुरा ओम आकारको पहाड भएको हुनाले मैले यसलाई ‘प्रणो क्षेत्र’ भनेर नाम राखेको छु ।

राप्ती अर्ध चन्द्रको रुपमा र सन्तानेश्वर विन्दुको रुपमा भएको हुनाले प्राकृतिक छटा पनि यहाँ ८० प्रतिशत सम्म अक्सिजन पाइने भएको हुनाले महत्व छ । यहाँ आउनलाई भरपर्दो यातायात सुविधा छैन । बाटो राम्रो छैन । बिजुली बत्ती छैन । खानेपानी त सबभन्दा जटिल समस्या छ । यि तीन चिजलाई ध्यान दिएर नेपाल सरकारले ब्यवस्था गरिदिन जरुरी छ । यसलाई स्थानीय स्तरबाट धार्मिक पर्यटन क्षेत्र, धार्मिक पर्यटक वन भनेर नामाकरण त गरिएको छ, तर कार्यान्वयन भएको छैन ।

सबैतिरबाट पहल भईदियो भने यहाँ धार्मिक पर्यटन विकासको राम्रो सम्भावना छ । कुनै पनि तिर्थस्थलमा तिर्थालु गएपछि एक रात बस्नुपर्ने हुन्छ । तर, यहाँ हामीले चाहेर पनि एकै पटक धेरै संख्यामा तिर्थालुहरुलाई बास बसाल्न सक्ने अवस्था छैन । बस्ने ठाउँ छैन । तरपनि मैले जति गर्न सक्छु, भक्तजनको सेवामा ब्यस्त नै रहन्छु ।


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्