Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अकोराबको अधिवेशनमा सुरु भएन निर्वाचन प्रक्रिया
अकोराबको अधिवेशनमा सुरु भएन निर्वाचन प्रक्रिया संगठनबीचको भागबण्डामा कुरा मिलेन, देशभरका प्रतिनिधि अन्यौलमा 
अर्जुन ओली
अर्जुन ओली शनिबार, भदौ २९, २०८१

ललितपुर : देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) नेपालको नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) बिहानलाई तोकिएको निर्वाचन प्रक्रिया अझै सुरु भएको छैन । निर्वाचन प्रक्रिया अनुसार शनिबार बिहान ६ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम राखिएको थियो । यस्तै बिहान ६ः३० बजेदेखी ६ः४५ बजेसम्म मतदाता नामावलीमा दाबी बिरोध राखिएको थियो, भने बिहान ६ः४५ देखी ६ः५५ बजेसम्म मतदाता नामावलीमा दाबी बिरोधमा जाँचबुझ गर्ने समय तोकिएको थियो । 

यसैगरी बिहान ७ बजे मतदाताको अन्तिम नामावली प्रकाशन, बिहान ७ः१५ बजेदेखी ८ः३० बजेसम्म उम्मेदवारको दरखास्त, बिहान ९ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, बिहान ९ः३० बजेदेखी १० बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी बिरोध, बिहान १० बजेदेखी १०ः१५ बजेसम्म दाबी बिरोधको जाँचबुझ, बिहान १०ः३० बजेदेखी ११ः३० बजेसम्म उम्मेदवारी फिर्ता र बिहान ११ः५० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो । 

निर्वाचन समितिका अनुसार शनिबार दिउँसो २ बजेदेखी ४ बजेसम्म प्रशासनिक प्रशिक्षण केन्द्र, जाउलाखेल ललितपुरमा मतदान गर्ने समय निर्धारण भएको थियो । निर्वाचन संयोजक सुबोध बाबु चिलुवालले प्राविधिक कारणले निर्वाचन प्रक्रिया स्थगित भएको बताएका छन् । समितिले सूचना नै प्रकाशित गरेर प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो । 

Nirbachan-Table-1726286572.jpeg
स्रोतका अनुसार अकोराबमा कांग्रेस निकट नेपाल प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी सम्वद्ध प्रेस संगठन नेपाल, नेकपा एकिकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन लगायत बीच भागबण्डामा कुरा नमिल्दा निर्वाचन प्रक्रिया प्रभावित बन्न पुगेको हो । अकोराबमा प्रेस युनियनले यसपटक पनि अध्यक्षमा दाबी गरेको छ ।

युनियनभित्र वर्तमान अध्यक्ष अर्जुन गिरीले एक पटक पुनः दोहोरिने ईच्छा देखाएका छन्, भने अकोराबका विज्ञ सदस्य तुलाराज अधिकारी र लेखा समिति संयोजक भुमिराज चापागाईले पनि अध्यक्षका लागि आफ्नो दाबी कायम राखेका छन् । यस्तै प्रेस चौतारीले महासचिव र प्रेस सेन्टरले वरिष्ठ उपाध्यक्ष सहित विभिन्न पदमा दाबी गरेको छ । प्रेस चौतारीले महासचिवमा नवराज महतरालाई र प्रेस सेन्टरले अकोराबका पुर्वमहासचिव गोविन्द देवकोटालाई वरिष्ठ उपाध्यक्षमा अगाडी सार्ने संकेत देखाएको छ । 

अकोराबमा सबै संगठनलाई मिलाएर लैजाने कोसिश अनुसार छलफल चलिरहेकाले अहिलेलाई निर्वाचन प्रक्रिया स्थगित गर्न अनुरोध गरिएको प्रेस युनियनका एक नेताले बताए । निर्वाचन प्रक्रिया स्थगित हुँदा देशभरबाट आईपुगेका प्रतिनिधि तथा उम्मेदवारका आकांक्षीहरु अन्यौलमा परेका छन् । सामुदायिक रेडियोका पक्षमा वकालत तथा पैरबी गर्ने गैर राजनीतिक संगठन अकोराबभित्र पछिल्लो समयमा चरम राजनीति हाबी हुदै जान थालेको छ । 

अकोराबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान केन्द्र, जावलाखेल ललितपुरमा शुक्रबार उद्घाटन भएको थियो । अधिवेशनले तीन वर्षे कार्यकालका लागि केन्द्र र ७ वटै प्रदेशका लागि नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गर्नेछ । 


प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै शनिबार, कात्तिक १, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल बिहीबार, असोज ३०, २०८२
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश बुधबार, असोज २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्