Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • फेरी सञ्चालनमा आउँदैं ‘नेपालगन्ज–पोखरा’ सिधा हवाई उडान
फेरी सञ्चालनमा आउँदैं ‘नेपालगन्ज–पोखरा’ सिधा हवाई उडान
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ २, २०८३

नेपालगन्ज : अवरुद्ध रहेको ‘नेपालगन्ज-पोखरा’ सिधा हवाई उडान फेरी सञ्चालनमा आउने भएको छ । नेपालगन्ज-पोखराको नियमित उडान आगामी भदौं ३१ गते (१६ सेप्टेम्बर २०२६) बाट फेरी सञ्चालनमा आउन लागेको हो ।

उक्त रुटमा हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार गरी तीन वटा उडान राखिएको र यसका लागि टिकट बुकिङ समेत खुल्ला गरिएको बुद्ध एअर नेपालगन्जका प्रमुख बिनित शाहले जानकारी दिए । बुद्ध एअरको नयाँ भाडादर अनुसार नेपालगन्जबाट पोखराका लागि न्यूनतम (‘ई’ क्लास) ८ हजार १३ रुपैयाँ ३७ पैसादेखी अधिकतम(‘वाई’ क्लास) सम्मको १२ हजार १ सय ८१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । 

यस्तै पोखरादेखी नेपालगन्जका लागि न्युनतम भाडादर ७ हजार ९ सय १३ रुपैयाँ ३७ पैसादेखी अधिकतम १२ हजार ८१ रुपैयाँ ५३ पैसा कायम गरिएको बुद्द एअरले जनाएको छ । स्थलमार्गको यात्रा जोखिमपूर्ण भएकाले पोखरा जाने यात्रुहरु उडानको प्रतिक्षामा बसेका छन् । दसैं नजिकिदै गरेकाले यात्रुलाई थप राहत मिल्ने अपेक्षा गरिएको छ । कतिपय यात्रुहरु अहिले पनि स्थलमार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भईरहेका छन् । पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । 

नेपालगन्ज-पोखराका लागि बुद्ध एअरले २०७८ साउनदेखी केही समयसम्म दैनिक एउटा उडान र त्यसपछि हप्तामा ३ वटा उडान  गर्दै आएको थियो । पछि यात्रुको चाप केही घटेपछि उडानमा पनि कटौती गरिएको थियो । सरकारले हवाई इन्धनको मुल्य बृद्धि गरेसँगै भाडा बढेपछि पर्याप्त मात्रामा यात्रु नपाएर बुद्धले गत बैशाख दोस्रोत सातातिरबाट नेपालगन्ज–पोखरा रुटको उडान नै बन्दा गरेको थियो ।

यसअघि बुद्ध एयरले नेपालगन्ज नेपालगन्ज-पोखराका लागि हवाई भाडा न्युनतम ५ हजार २ सयको हाराहारीमा कायम राखेको थियो । तर इन्धनको मुल्य ह्वात्तै बढेपछि न्युनतम भाडा ८ हजार २ सय सम्म पुर्याइएको थियो । पर्यटन ब्यवसायी एवम् नाट्टा बाँकेका पुर्वअध्यक्ष श्रीराम सिग्देल बुद्धले नेपालगन्ज–पोखरा रुटमा पुनः नियमित उडान गर्न लागेको बताए । यसले हवाई यात्रुलाई सहजता ल्याउने उनको विश्वास छ ।

नाट्टा बाँकेका तत्कालिन अध्यक्ष सिग्देलकै पहलमा नेपालगन्ज-पोखराका लागि पहिलो पटक चार्टर उडान गरिएको थियो । नाट्टाकै समन्वयमा पछि मात्र बुद्ध एअरले आफ्नो नियमित उडान राखेको हो । 

सम्बन्धित समाचार :

नेपालगन्ज–पोखरा उडान बन्द, स्थल मार्गमा सास्ती खेप्दै यात्रु


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन सोमबार, भदौ १, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको  ३४ औं र ३५ औं साधारण सभा सुरु
नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं र ३५ औं साधारण सभा सुरु शनिबार, साउन ३०, २०८३
साधारण सभाको तयारीमा नेपालगन्ज उद्योग वाणिज्य संघ
साधारण सभाको तयारीमा नेपालगन्ज उद्योग वाणिज्य संघ शुक्रबार, साउन २९, २०८३
नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देल सम्मानित
नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देल सम्मानित शुक्रबार, साउन २९, २०८३
बैजनाथका किसानलाई ४३ थान पावर टिलर वितरण 
बैजनाथका किसानलाई ४३ थान पावर टिलर वितरण  शुक्रबार, साउन २९, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपाध्यक्षमा कार्की र श्रेष्ठ निर्विरोध निर्वाचित 
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपाध्यक्षमा कार्की र श्रेष्ठ निर्विरोध निर्वाचित  सोमबार, साउन २५, २०८३
राष्ट्र बैंकद्धारा विदेशी मुद्राको विनिमयदर निर्धारण
राष्ट्र बैंकद्धारा विदेशी मुद्राको विनिमयदर निर्धारण सोमबार, साउन २५, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सर्बसम्मत टिम घोषणा 
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सर्बसम्मत टिम घोषणा  शुक्रबार, साउन २२, २०८३
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्