Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • भेरी अस्पतालका नर्सले खुवाए संक्रमितलाई तीजको दर
भेरी अस्पतालका नर्सले खुवाए संक्रमितलाई तीजको दर
अर्जुन ओली
अर्जुन ओली सोमबार, भदौ २१, २०७८

नेपालगन्ज : भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सले कोभिड वार्डमा रहेका संक्रमित महिलालाई तीजको दर खुवाएका छन् । वार्डमै पुगेर नर्सले चुरा र टिकुली प्रदान गर्नुका साथै विभिन्न परिकारका तीजको दर खुवाएका हुन् ।

अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार वार्डमा भर्ना भएका करिव २३ जना संक्रमित महिलालाई तीजको कोशेली चुरा र टिकुली प्रदान गर्नुका साथै दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएका थिए ।

महिलाको महान पर्व हरितालिका तीज नजिक आइरहेका बेला बाहिर रौनकता छाएपनि कोभिड वार्डमा भर्ना भएका महिला मृत्युसँग लड्नु परिरहेको अवस्थामा अलिकति भएपनि पीडा कम होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको यहाँका नर्सहरु बताउँछन् । ‘तीज नजिक आइरहेको छ, रमाईलो पनि भइरहेको छ, तर बिरामी भएर आउनु भएका दिदी बहिनीलाई मनमा कति पीडा हुन्छ,’ नर्सिङ अधिकृत अर्यालले भनिन्  ‘त्यही भएर उहाँहरुलाई पनि तीज मनाएको अनुभुती होस् भनेर हामीले सानो आर्थिक जुटाएर यो कार्यक्रम गरेका हौं ।’

अस्पतालको कोभिड वार्डमा भर्ना कतिपय संक्रमितले निको भएर घर फर्किदा दिनरात सेवा गरेका नर्सलाई केही आर्थिक सहयोग गरेका थिए । सोही रकमलाई आफुहरुले पनि थपेर कोभिड वार्डमै भर्ना भएका संक्रमित महिलालाई तीजको कोशेली र दर खुवाउने कार्यक्रम राख्ने योजना बनेको उनले सुनाईन् । दिनरात आफ्नो सेवामा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिदाँ र दर खुवाउँदा अधिकांस संक्रमित महिला हर्षित भएका थिए ।

अस्पतालमा भर्ना भएपनि तीजको कोशेली र दर खान पाउँदा माईती कहाँ गएको जस्तो अनुभुती मिलेको एक संक्रमितले बताईन् । ‘कोरोना संक्रमणको पीडा त मनमा थियो नै, वर्षमा एक पटक आएको तीज मनाउन नपाउँदा मन साह्रै दुखी भएको थियो, तर जसरी अस्पतालका नर्सले हामीलाई तीजको कोशेली प्रदान गर्नुभयो र दर खुवाउनु भयो, यो हाम्रा लागि अविष्मरणीय नै बन्यो,’ उनले भनिन् ।

अस्पतालको कोभिड वार्डमा सोमबार दिउँसोसम्म करिव ४५ जना जति संक्रमित भर्ना छन् । त्यसमध्ये आधा जति महिला संक्रमित रहेको भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिईन् । महामारी पूर्ण रुपमा नियन्त्रणमा नआउँदा अस्पतालमा संक्रमितहरु भर्ना हुने क्रम चलिरहेको उनले बताईन् । 


 


प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  २३:०२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित)
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित) मंगलबार, माघ ६, २०८२
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर) आइतबार, माघ ४, २०८२
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी 
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी  मंगलबार, पुस २२, २०८२
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु शनिबार, पुस १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्