Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा- (भिडियो सहित)
नदीजन्य सामाग्रीको घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधी संयुक्त अनुगमनमा- (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, जेठ १९, २०७९

बाँके(राप्ती सोनारी : नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्ती सोनारी गाउँपालिकाले बिहीबारदेखी स्थलगत रुपमा अनुगमन सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमाार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

Anugaman Photo 11654184429.jpg

गाउँकार्यपालिका(बोर्ड)बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो । स्थलगत अनुगमनको पहिलो दिन बिहीबार उक्त टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य सामाग्री नापजाँच गरेको हो । 

गाउँपालिका अध्यक्ष पौडेलले नदीजन्य पदार्थको ब्यवस्थापन यसअघि गाउँपालिकाले गर्न नसकेपनि अहिले आफुहरु आइसकेपछि अबैध रुपमा सञ्चालन भएका नदीजन्य पदार्थमा आधारित जुनसुकै उद्योगको नियमन कार्य सुरु गरिएको बताए ।

‘कार्यपालिकाको बैठकबाट निर्णय गराएर हामीले नियमन गरेका छौं, त्यो कार्यविधी अन्र्तगत नआउने कुनैपनि ब्यवसायीलाई असार मसान्त सम्म राजश्व बुझाउन समय दिएका छौं,’ पौडेलले भने ‘अबैध रुपले खोला नालामा थुपारिएका नदीजन्य पदार्थलाई असारसम्म स्टक प्रमाणित गर्नुपर्यो, त्यसको लागि गाउँपालिकाको कार्यालय, वडापालिकाको कार्यालयमा राजश्व तिर्ने र हामीले त्यसको निरीक्षण गरेका छौं, परिमाण निकालेका छौं ।’ 

Anugaman Photo 31654184442.jpg

ब्यवसायीले त्यसो गर्न नसकेमा आगामी साउन १ गतेदेखी ति सबै नदीजन्य सामाग्री गाउँपालिकाको नियन्त्रणमा हुने अध्यक्ष पौडेले बताए । गाउँपालिकाले  नै ति सामाग्रीलाई उपभोग र प्रयोगमा ल्याउने उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम कानुन अनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामाग्रीको मात्रा नाँपजाँच गरी सो को खरिद वा संकलनका स्रोतको एकिन गर्ने गरिएको छ ।

अनुगमनका क्रममा अधिकांस क्रसर उद्योग नियम विपरित चलेको पाइएको पनि डाँगीले जानकारी दिए । कतिपय उद्योगलाई आफ्ना कागजात सहित ७ दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजश्व बुझाउन निर्देशन दिइएको उनले बताए ।  

गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ । अब्यवस्थित रुपमा रहेका पुरानो स्टक माललाई नियम अनुसारको पुरानो स्टक मालबस्तुको उचित ब्यवस्थापनका लागि गाउँपालिकाको प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासी सम्बन्धि कार्यविधी-२०७५ बमोजिम राजस्व रकम गाउँ कार्यपालिकामा बुझाउनुपर्ने गाउँपालिकाको निर्देशन छ । 

कार्यपालिका बैठकको निर्णय अनुसार उक्त मालबस्तु २०७९ सालको असार मसान्तसम्म सम्बन्धित घाट गद्दिकर्ताले अनिवार्य रुपमा उठाई सक्नुपर्नेछ, अन्यथा उठाउन नसकेको वा बचेको सम्पूर्ण माल २०७९  साउन १ गतेदेखी गाउँपालिकाले सम्बन्धित सरोकारवालाको सहयोग लिएर सो माल सामान सिज गर्नेछ । 

गाउँपालिकाले नदी तथा खोला ब्यवस्थापनको काम गर्दा केही चुनौती रहेपनि त्यसलाई गाउँपालिकाको सिंगो कार्यपालिकाले सामना गर्ने  अध्यक्ष पौडेल बताउँछन् । ‘निश्चित रुपले चुनौतीहरु छन्, हामीले हाम्रो भुमिकालाई पारदर्शी गर्ने हो, हामीले सबै पक्षसँग सहयोग माग्ने हो, सुरक्षाकर्मी, सरोकारवाला निकाय, पत्रकारसँग सहयोग मागेका छौं,’ पौडेलले भने ‘यसमा तथ्य, सत्य कुरालाई सार्वजनिक गरिदिनुपर्यो, समृद्ध राप्ती सोनारी बनाउनका लागि हामीले राजश्व उठाउन सकेका छैनौं, अमुख ब्यक्तिले पहुँचवालाको भरमा पैसा कमाउने र राज्यको सम्पत्ती दोहन गर्ने अधिकार कसैलाई पनि छैन ।’

अबैध उत्खननमा जो संलग्न हुन्छ, त्यो सबै कुरालाई बाहिर ल्याउने बताए । ‘जो जो संलग्न हुन्छन, तिनलाई बाहिर ल्याउनेछौं, यो राज्यको सम्पत्ती दोहन छ, दुई चार जना ब्यवसायी मात्र आर्थिक रुपले सम्पन्न र सबल बन्न पाइदैन,’ पौडेलले भने ।  

Anugaman Photo 21654184450.jpg

नदी तथा खोला ब्यवस्थापनका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को वडापालिकाले प्रारम्भिक बैठकबाट नै निर्णय गरेर सबैलाई पत्राचार गरेको थियो । ‘नदी तथा खोलामा ठेक्का नलागेको अवस्थामा पनि क्रसर उद्योगमा पहाड जत्रो थुप्रो लाग्दा हाम्रो मन पोलिरहेको थियो, वडाको प्रारम्भिक बैठकबाटै खोला नियन्त्रणको प्रयास गर्नुपर्छ भन्ने हेतुले हामीले गाउँपालिकालाई पत्राचार गर्यौं र बोद्धार्थको रुपमा प्रहरी, वन लगायत सबै निकायलाई दियौं,’ खरेलले भने ‘गाउँपालिकाको प्रारम्भिक बैठकमा पनि यो कुरा चल्यो, त्यसपछि दोस्रो बैठकबाट निर्णय गरेर हामीहरु कडाईका साथ प्रस्तुत भएका हौं ।’ 

गाउँपालिकाले निर्णय गरेकै दिन दुई वटा जेसिबीलाई नदीबाटै नियन्त्रणमा लिन सफल भएको उनले सुनाए । ‘हामी जनप्रतिनिधी हौं, हाम्रो काँधमा जिम्मेवारी छ, हामी रहँदा सम्म गाउँपालिका र वडामा सुशासन कायम गर्छौ,’ खरेलले भने ।

गाउँपालिकाका समग्र जनप्रतिनिधीले यसलाई साझा अभियानका रुपमा अगाडी बढाएका छन् । उक्त अभियानमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारी एक ढिक्का देखिन्छन् ।

उनीहरुको यो सक्रियताले गाउँपालिका क्षेत्रभित्र रहेका नदी, खोलाको दिर्घकालिन रुपले ब्यवस्थापन हुने र गाउँपालिकाको आन्तरिक स्रोत ह्वात्तै बृद्धि हुने अनुमान गरिएको छ । गाउँपालिकाले थालेको अभियानप्रति राप्ती सोनारीका स्थानीय बासिन्दाले प्रशंसा समेत गर्न थालेका छन् । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्